Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ठेक्काको समयावधि बढाउँदै छौँः मन्त्री महासेठ

काठमाडौँ, २५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण ठेक्काको विद्यमान व्यवस्थालाई संशोधन गरेर ठेक्कापट्टाको समयावधि तीनदेखि पाँच वर्षसम्म रहने व्यवस्था गरिने तयारी भएको जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएकाे प्रश्नको आज जवाफ दिने क्रममा उहाँले विगतमा एकदेखि तीन वर्षको समयावधिलाई संशोधन गरी अवधि बढाउँदा निर्माण कार्यको गुणस्तरमा स्तरोन्नति हुने विश्वास व्यक्त गरे ।

जापानको सहयोगमा कोटेश्वरमा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै उनले उपत्यकामा दैनिकरुपमा हुने सडक चापलाई समाधान गर्ने गरी योजना ल्याउन लागिएको जानकारी दिए । तोकिएको समयमा निर्माण कार्य पूरा नगर्ने निर्माण व्यावसायीलाई सार्वजनिक सूचना जारी गरी कारबाही गरिरहेको बताउँदै उहाँले निर्माण क्षेत्रमा ढिलाइ गर्ने र गुणस्तर कायम नगर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

यातायात क्षेत्रमा मिलेमतो खारेज भएसँगै ठूला यातायात व्यावसायीबाट रुट अनुमति इजाजत लिन आइरहेको जानकारी दिँदै मन्त्री महासेठले २४५ र २७२ वटा यातायात समितिको बैंक खाता रोकी सम्पत्ति शुद्धीकरण विभाग छानबिन गर्न दिइएको बताए । उनले भने, “सिन्डिकेट पुनः फर्कने हल्लामात्र हो, कुनै पनि हालतमा सिन्डिकेट नफर्काउने गरी काम अगाडि बढेको छ ।” मन्त्रालयलाई प्राप्त बजेट सन्तुलितरुमपा बाँडफाँड गरिएको भन्दै उनले बजेट भएर पनि काम नगर्ने व्यावसायीलाई ठेक्का सम्झौताबमोजिम कारबाही अगाडि बढाइएको छ । मन्त्री महासेठले हिल्सा–सिमिकोट सडक यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने सोच बनाइएपनि पनि सम्पन्न हुन नसकेको बताए । उनले जलस्रोत, सञ्चार र भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने तयारी गरिएको भए पनि मुआब्जाको विवाद अदालतमा रहेकाले काम अगाडि बढाउन नसकिएको जानकारी दिए । हुलाकी राजमार्गका विषयमा हालमा दुई लेनको निर्धारण भए पनि चार लेनमा जाने गरी सोच बनाएको उल्लेख गर्दै मन्त्री महासेठले पूर्व–पश्चिम राजमार्गको विस्तारको काम शुरु भई बोलपत्र भइसकेकाले छिटै निर्माण कार्य शुरु हुने बताए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: