Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

मुस्ताङ दुर्घटनाः मजदूरको शव जिल्ला अस्पतालमा

रोल्पा। मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ । जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका छन् । तीमध्ये थबाङ गाउँपालिकाका सात र सुनछहरी गाउँपालिकाका दुई जना छन् । दुर्घटनामा परी निधन भएकामध्ये तीन जनाको शव पोखरामा रहेका आफन्तले बुझेको र बाँकीको शव रोल्पा ल्याइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी निधन भएका थबाङ गाउँपालिका–५ उवा रोल्पाका राष्ट्रे रोका, महेश रोका र सिर्जना रोका तथा थबाङ– १ का सुकमान रोका, सुनछहरी– १ का रामकुमार पुन र सोन्तु घर्तीको शव रोल्पा ल्याइएको हो । यसैगरी थबाङ– ५ रोल्पाकी जीतमाया घर्ती र जीतकुमारी पुन तथा थबाङ– १ का मौसम घर्तीको शव भने आफन्तले पोखरामै बुझेका छन् । सडक निर्माणका लागि मुस्ताङ पुगेका रोल्पाका नौ मजदूरले टिपर दुर्घटनामा परी शुक्रबार ज्यान गुमाएका थिए । रोल्पा ल्याइएका शवको परीक्षण गरिसकिएको र आफन्तलाई बुझाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीले जानकारी दिए । उनका अनुसार दुई शव बुझ्का लागि आफन्त जिल्ला अस्पताल आइपुगेका छन् भने अन्य आफन्तलाई शव बुझ्का लागि खबर गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE