बुटवल, २३ असार । रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।
आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पु¥याइएको थियो । समीक्षाको शरीरमा बाबु तेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्केर आगो लगाएर हत्या गरिएको आरोप उनकी आमा माया थापाले लगाएकी थिइन् ।
समीक्षाको मृत्युपश्चात मृतककी आमा माया थापाले इलाका प्रहरी कार्यालय सालझण्डीमा ३४ वर्षीय बाबु तेजबहादुर, हजुरआमा ६४ वर्षीया हरिकला र बुटवल उपमहानगरपालिका– २ बस्ने फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिए ।
उनीहरुमध्ये मधु घटनाको राति मृतक माइतीमा बसेकी थिइन् भने अमृता भने नरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उनलाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल बुटवल हुँदै मिसन अस्पताल पाल्पा र अन्तमा कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा यही असार २० गते बिहान ज्यान गएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक समीक्षा जन्मिएको नौ महिनामा आमा मायाले दोस्रो विवाह गरेपछि उनी आमासँग र मावलीमा बस्दै आएकी थिइन् । उनी विगत ६ महिनाअघि मात्र आफ्ना परिवारसँग बस्न थालेकी हुन् । उनी स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत् थिइन् । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: