तीन सय हप्ता बित्यो वाग्मती सफाइ अभियान, कति परिवर्तन भयो ?
आषाढ़ २३ गते, २०७५ शनिवार 7th July, 2018 Sat१५:३५:१२ मा प्रकाशित
काठमाडौँ।उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता हुन लाग्दा पनि नदीको सफाइमा खासै परिवर्तन आएको छैन ।
विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ भने गर्छन् । सफाइ अभियानलाई फेसबुकमा सेल्फी खिच्नकै लागि शनिबार बिहान नदी किनारमा गएको आरोप लगाउनेको पनि कमी छैन ।
तर सफाइ महाअभियानले सामाजिक जागरण ल्याएकोमा भने आलोचक पनि सहमत छन् । जसका कारण हाल देशभर १०० स्थानमा सफाइ भइरहेको छ । सफाइमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले पटक ÷पटक दोहो¥याउने गरेको ‘वाग्मतीमा प्लाष्टिक टिपेर केही हुन्न, नटिपी पनि केही हुन्न’ भन्ने बाक्यांश भने महत्वपूर्ण छ ।
सफाइका बारेमा आएका नकारात्मक टिप्पणीलाई सम्बोधन गर्दै उनले नागरिकलाई जिम्मेवार बनाउन सफाइ अभियान शुरु गरिएको बताउए ।
उपत्यकाबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २६९ औँ हप्तामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको सीमास्थित वाग्मती नदीको हनुमानघाट क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गायत्री परिवार, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत २८ संस्थाका गरी ४३० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले राससलाई जानकारी दिए।
वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी थिए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३० औँ हप्ताको कार्यक्रम पनि आज यसै स्थानमा गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाको महिला जागरण समूहले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।
विश्व सहकारी दिवसका अवसरमा रोयल सहकारी लगायतले कोटेश्वर महादेव मन्दिर अघिको वाग्मती किनारमा समी, तेजपत्तालगायत २१ बिरुवा पनि रोपियो ।
रुद्रमती सफाइको २२४ औँ हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वर हुँदै सानो गौचरणसम्मको क्षेत्रमा जनचेतनामूलक अभियान गरी गोरखनाथ मन्दिर क्षेत्रमा सफाइ गरेर दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, महानगरपालिका–ं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिए ।
विष्णुमती सफाइ अभियानको १९६ औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ र तारकेश्वर नगरपालिका–१० स्थित मनमैँजु नयाँ पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र अभियन्ता गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन लामाले जानकारी दिए।
वाग्मती तिलगंगा खण्ड सफाइको १७१ औँ हप्तामा आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा दुई दर्जन बढी महिलाको सक्रिय सहभागिता रहेको संयोजक आशा पाण्डेले जानकारी दिए ।
वाग्मती नदी किनारस्थित सुन्दरीघाट सफाइ अभियानको ७९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८० जना अभियन्ताको सहभागिता रहेकोे अभियानकर्मी चित्र सुनुवारले जानकारी दिए ।
मनोहरा नदी सफाइको ६७ औँ हप्तामा जडिबुटीस्थित बिपी आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै नदी किनारमा उम्रिएका पाँच हजार बोट गाँजा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरीको नेतृत्वमा नष्ट गरिएको अभियानकर्मी चन्द्र दंगालले बताए ।
चक्रपथ सफाइको ६५ औँ हप्तामा वनस्थलीचोकबाट उत्तरतिर सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, लगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए। आजको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
आलोकनगर क्षेत्र सफाइको ६५ औँ हप्तामा त्यस स्थानमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मातृशक्ति समूहले आलोकनगर र मीनभवन क्षेत्रमा सफाइ गर्दै आएको छ । सफाइसँगै वृक्षरोपण र जनचेतनामूलक कार्यक्रम पनि गरिएको संयोजक प्रमिला पौडेलले भने ।
चक्रपथ बाफल खण्ड सफाइको ४७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी ताराबहादुर कुँवरले बताउनुभयो ।
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभर १०० भन्दा बढी स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ ।
फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।
अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष समेत घोषणा गरेको छ ।
वाग्मती सफाइ महाअभियानले २०० हप्ता प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणा पत्र नै जारी गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: