Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

इंग्ल्याण्ड भर्सेस स्वीडेनः कसले मार्ला बाजी ?

मस्को । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप जिती सकेको छ । उसले १९६६ मा आफ्नै राष्ट्रमा जितेको थियो । त्यसयता उसले उपाधी जित्न सकेको छैन । यस्तै, स्वीडेनले भने अहिलेसम्म उपाधी जित्न सकेको छैन । १९५८ मा उपविजेता भएको स्वीडेन त्यसयता फाइनलमा प्रवेश गर्न सकेको छैन । यस्तै, १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ र सेमिफाइनल प्रवेशका लागि आज रुसको सामारा एरिनामा इंग्ल्याण्डको सामना गर्न तयार छ । इंल्याण्ड हरेक विश्वकपमा दावेदार टोलीका रुपमा रहन्छ । तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संस्करणदेखि सहज बन्न सकेको छैन । सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ । इंग्लिस डिफेण्डर जोन स्टोन्स विश्वकप उपाधिको सपना देखिरहेका छन् तर उनले बुझेका छन् कि सामारा एरिनामा सेमिफाइनल प्रवेशका लागि हुने खेलमा स्विडेनले उनको टोलीलाई ठूलो चुनौती पेश गरेको छ । जेनी एण्डरसनको टोलीले मंगलबारको पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–० ले हराएर अन्तिम आठमा स्थान बनाएको हो । इमिल फोर्सबर्गले विश्वकपमा आफ्नो पहिलो गोल दोस्रो हाफमा गरेपछि स्विडेनले खेल जितेको हो ।पछिल्लो पटक सन् १९९० को विश्वकपमा सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले स्विडेनविरुद्धको १३ खेलमा मात्र ३ जित हासिल गरेको छ । यद्यपि केही समर्थकहरु सोच्छन कि स्वीडेन कमजोर प्रतिस्पर्धी हो । स्विडिस कप्तान आन्द्रेस ग्रान्क्भिस्टले भनेका छन्, ‘यसबारे मैले कतै पढेका थिएँ, इंग्लिस पत्रिकाहरुले ९९ प्रतिशत जितको दावी गरिरहेका छन् । उनीहरुको यो महत्वाकांक्षा हेर्न लायक छ । हेरौँ खेलमा के हुनेछ ।’ एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies