Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

अब छिट्टै आउने भो मेलम्ची, पाइप परीक्षणको काम सुरू

सुन्दरीजल  । मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ । सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सुरु भएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो । \"\"पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेपछि पिआईडीले सुन्दरीजलस्थित बागमतीबाट पानी ल्याएर परीक्षण सुरु गरेको हो । निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार, पाइपबाट ल्याइएको बागमतीको पानी सुन्दरीलजस्थित संकलन केन्द्रमा संकलन तथा प्रशोधन गरेर मुख्य पाइपमा पठाउने काम भइरहेको छ । \"\"‘पाइपको प्रेसर तथा पाइपभित्र जमेको फोहोर पनि सफा (फ्लसिङ) गर्ने काम हुँदै छ । मुख्य पाइपको परीक्षण सकिनेबित्तिकै अन्य पाइपको परीक्षण सुरु हुन्छ ।’ \"\"निर्देशक खत्रीका अनुसार, मुख्य र शाखा पाइपको परीक्षण सकिएपछि जडान गरिएका धाराहरूको पनि चेकजाँच गरिनेछ । ६१ किमि लामो मुख्य पाइप लाइनमध्ये ५८ किमिमा पाइप बिछ्याइसकिएको छ । कलंकीकाे अन्डरपास वेकाे काम सम्पन्न नभएकाेले ३ किमि क्षेत्रमा पाइप  बिछ्याउन बाँकी छ । \"\"शाखा पाइपअन्तर्गत पनि ७ सय ८३ मध्ये ७ सय ३५ किमि क्षेत्रफलमा  पाइप बिछ्याउने काम सम्पन्न भएकाे छ । मेलम्चीको पानी अाउनु अगावै बागमतीकाे दैनिक ४ कराेड लिटर पानी काठमाडाैं उपत्याकावासीकाे धारामा झार्ने याेजनासहित पाइप परीक्षण फ्लसिङकाे काम  सुरू भएकाे बताउनु हुन्छ निर्देशक खत्री । \"\"उहाँले भन्नुभयाे, ‘एक्कासी बागमतीकाे पानी ल्याउने कुराले मेलम्चीकाे पानी तत्काल नअाउने हाे  कि भन्ने लाग्ला । मेलम्चीकाे पानी छिट्टै काठमाडाैं उपत्यका ल्याउनका लागि नै याे पूर्व तयारी भएकाे हाे । बिछ्याइएका पाइपकाे परीक्षाण तथा फ्लसिङकाे काम सम्पन्न भएकाे खण्डमा मेलम्चीकाे पानी सुन्दरीजल अाउने  बित्तिकै प्रयाेग गर्न सकिने अवस्थामा पठाउन सकिन्छ ।’ कूल ७० हजार ८ सय ८५ हजार खानेपानीको धारामध्ये ५४ हजारभन्दा बढी जडान गर्ने काम सम्पन्न भएकाे छ । पानी संकलन तथा वितरणका लागि रिङराेडका बाँसबारी, महांकाल चौर र बालाजुलगायतका अाठ वटा स्थानमा नयाँ पानीपाेखरी निर्माण गरिएकाे निर्देशनालयले जनाएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending