Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अब छिट्टै आउने भो मेलम्ची, पाइप परीक्षणको काम सुरू

सुन्दरीजल  । मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ । सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सुरु भएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो । \"\"पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेपछि पिआईडीले सुन्दरीजलस्थित बागमतीबाट पानी ल्याएर परीक्षण सुरु गरेको हो । निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार, पाइपबाट ल्याइएको बागमतीको पानी सुन्दरीलजस्थित संकलन केन्द्रमा संकलन तथा प्रशोधन गरेर मुख्य पाइपमा पठाउने काम भइरहेको छ । \"\"‘पाइपको प्रेसर तथा पाइपभित्र जमेको फोहोर पनि सफा (फ्लसिङ) गर्ने काम हुँदै छ । मुख्य पाइपको परीक्षण सकिनेबित्तिकै अन्य पाइपको परीक्षण सुरु हुन्छ ।’ \"\"निर्देशक खत्रीका अनुसार, मुख्य र शाखा पाइपको परीक्षण सकिएपछि जडान गरिएका धाराहरूको पनि चेकजाँच गरिनेछ । ६१ किमि लामो मुख्य पाइप लाइनमध्ये ५८ किमिमा पाइप बिछ्याइसकिएको छ । कलंकीकाे अन्डरपास वेकाे काम सम्पन्न नभएकाेले ३ किमि क्षेत्रमा पाइप  बिछ्याउन बाँकी छ । \"\"शाखा पाइपअन्तर्गत पनि ७ सय ८३ मध्ये ७ सय ३५ किमि क्षेत्रफलमा  पाइप बिछ्याउने काम सम्पन्न भएकाे छ । मेलम्चीको पानी अाउनु अगावै बागमतीकाे दैनिक ४ कराेड लिटर पानी काठमाडाैं उपत्याकावासीकाे धारामा झार्ने याेजनासहित पाइप परीक्षण फ्लसिङकाे काम  सुरू भएकाे बताउनु हुन्छ निर्देशक खत्री । \"\"उहाँले भन्नुभयाे, ‘एक्कासी बागमतीकाे पानी ल्याउने कुराले मेलम्चीकाे पानी तत्काल नअाउने हाे  कि भन्ने लाग्ला । मेलम्चीकाे पानी छिट्टै काठमाडाैं उपत्यका ल्याउनका लागि नै याे पूर्व तयारी भएकाे हाे । बिछ्याइएका पाइपकाे परीक्षाण तथा फ्लसिङकाे काम सम्पन्न भएकाे खण्डमा मेलम्चीकाे पानी सुन्दरीजल अाउने  बित्तिकै प्रयाेग गर्न सकिने अवस्थामा पठाउन सकिन्छ ।’ कूल ७० हजार ८ सय ८५ हजार खानेपानीको धारामध्ये ५४ हजारभन्दा बढी जडान गर्ने काम सम्पन्न भएकाे छ । पानी संकलन तथा वितरणका लागि रिङराेडका बाँसबारी, महांकाल चौर र बालाजुलगायतका अाठ वटा स्थानमा नयाँ पानीपाेखरी निर्माण गरिएकाे निर्देशनालयले जनाएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending