Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यी चार टीममध्ये को कति बलियो ?

मस्को । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार हुने दुवै क्वार्टरफाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको व्यक्तिगत क्षमताले पनि दुवै खेललाई फाइनलको ‘रिहर्सल’ (पूर्वाभ्यास) भन्दा फरक नपर्ला । शुक्रबार साँझ निझ्नी नोभगोरोद रंगशालामा हुने पहिलो क्वार्टरफाइनलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । काजन रंगशालामा शुक्रबार राति हुने दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । जारी विश्वकपमा बाँकी रहेका चारमध्ये तीन पूर्वविजेता शुक्रबार नै मैदानमा ओर्लंदै छन् । पक्कै पनि विश्वभरका करोडौं फुटबल पारखीका लागि यी खेलले छुट्टै आनन्द दिनेछन् । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा उत्रने निश्चित भइसकेको छैन । उनको अनुपस्थितिमा पनि उरुग्वेसँग क्षमतावान खेलाडीको कुनै कमी छैन । यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहनेछ । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ । लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता प्रभावशाली खेलाडीको बहिर्गमनपछि ब्राजिली स्ट्राइकर नेमार प्रतियोगितामा बाँकी रहेका थोरै स्टार खेलाडीमध्ये एक हुन् । नेमारबाहेक पनि जारी प्रतियोगितामा ब्राजिली टोलीका हरेक खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् । यसैगरी सधैं उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसकेको बेल्जियमले यसपटक सफलता चुम्ने हरसम्भव प्रयास गर्नेछ । फिफा वरीयताको तेस्रो स्थानमा आसिन बेल्जियम यस्तो टोली हो, जो सधैं उच्च लयमा रहन्छ । समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्रुन, थिबउट कर्टाेइज, मिची बात्सुईजस्ता विश्व फुटबलमा स्थापित खेलाडीको साथ पाएको बेल्जियम कुनै पनि टोलीलाई कठिन चुनौती दिन सक्षम छ । त्यसैले पनि शुक्रबार यी चार टोलीबीच हुने दुई क्वार्टरफाइनल प्रतिस्पर्धा कुनै दृष्टिकोणबाट फाइनलभन्दा कम हुने छैनन् बरु फाइनलभन्दा पनि रोचक नै हुने अपेक्षा गर्न सकिन्छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies