Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेकपाको नियमावलीलाई सचिवालयले टुङ्गो लगाउने

काठमाडौँ, २१ असार।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ ।

पार्टी एकतापछि आज बसेको स्थायी कमिटी दोस्रो बैठकमा पार्टीका मातहत र जनसंगठनका कमिटी तथा पदाधिकारी संख्या र समावेशिताका बारेमा सुझाव प्राप्त भएको र त्यसलाई ध्यान दिएर सचिवालय बैठकले टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी ४५ सदस्यीय छ ।

उहाँले सचिवालयको बैठक छिट्टै बस्ने बताउँदै नियमावली पारित भएपछि मातहतको संगठनबीच एकता कार्य हुने जानकारी दिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकता घोषणामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन र मातहतका कमिटीको एकता गरिने जनाइएको थियो ।\"\" प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता सम्मिलित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले समसामयिक राजनीतिक स्थिति तथा आफ्नो हालैको चीन भ्रमणका उपलब्धिबारे अवगत गराएका थिए । प्रधानमन्त्री ओलीले चीन र भारतका भ्रमणबाट ती मुलुकसँग नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा राम्रो र प्रभावकारी सम्बन्ध विकास भएको तथा आपसी हितमा सम्झौता भएको बताएका थिए । तीनै तहका सरकारको समग्र समीक्षा गरी कामलाई प्रभावकारी बनाउने बारेमा स्थायी कमिटीको अलग्गै बैठकसमेत तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending