Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सडक नबनाएपछि चक्का जाम

काठमाडौँ। चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान गरिएको चक्का जाम समापन भएको छ । सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप क्षेत्र संरक्षित स्मारकबाट समेत हट्न सक्ने खतरा भएर बाध्य भई आज बिहान चक्का जाममा उत्रनुपरेको समता मानव अधिकार तथा नागरिक समाजले जनाएको छ । वर्षौंदेखि सडक नबन्दा यो मार्गबाट आवागमन गर्ने यात्रु वर्षामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् । नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल, स्तूपा सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थामा बिरामी पु¥याउन हिँडेका एम्बुलेन्स सडकमा जमेकोे पानीको दहमा फस्दा बिरामीले सास्ती व्यहोर्नुपरेकाले सडकको स्तरोन्ततिका लागि स्थानीयवासीले निरन्तर दबाबमूलक विरोधका कार्यक्रम गर्दै आएका हुन् । जनताले दुःख पाएकैले सरोकार भएका निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले राससलाई जानकारी दिए । सडकका ठाउँमा बनेका ठूला खाल्डामा पानीको दह जम्दा सवारी साधन र पेटीमा यात्रा गर्ने पैदल यात्रुले समेत सास्ती खेप्दै आएका छन् । स्थानीय दबाब समूहले यसअघि सडकमै विरोधसभा, सडक रोपाइँ, कवि गोष्ठीलगायतका कार्यक्रमसमेत गर्नुका साथै अब सरोकार भएका निकायमा घेराउ गर्ने योजना रहेको समाजले जनाएको छ । चक्काजामका कारण आज बिहान सबै यात्री पैदल यात्रा गर्न बाध्य भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending