Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

नारायणगढ–मुग्लिन सडक: ‘भौगर्भिक अध्ययनै नगरी स्तरोन्नति’

काठमाडौं । स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्ययन नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविद्हरूले बताएका छन् । तीन वर्षअघि सडक स्तरोन्नति सुरु भएसँगै पहिरोको जोखिम बढेको हो । अाजको कान्तिपुरमा खबर छ-‘कति पहाड कटान गर्न मिल्छ भनेर भौगर्भिक अध्ययन गराएर मात्र स्तरोन्नति गर्नुपथ्र्यो,’ त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले भने, ‘इन्जिनियरहरूले मात्र डिजाइन गरे, बिना अध्ययन निर्माण थालिएकाले यो समस्या आएको हो ।’ उनले यो सडकमा अझै ५/७ वर्ष पहिरोले दु:ख दिन सक्ने खतरा रहेको औंल्याए । २०१५ अप्रिल २० मा सुरु स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । पिच गर्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । तर वर्षा सुरु भएसँगै पहिरो खस्नेक्रम बढेपछि दैनिक सवारी आवागमन प्रभावित छ । पहिरोका कारण बर्सेनि मानवीय क्षति हुने गरेको छ भने गुडिरहेका सवारी साधन पुरिने गरेका छन् । यो सडकमा अहिलेसम्म २५० घनमिटरभन्दा ठूला ३ सय २० पहिरो खसिसकेका छन् । ३ हजार घनमिटरभन्दा ठूला ५४ पहिरो गएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । अहिले सबैभन्दा बढी समस्या भालुढुंगा, चारकिलो र ३३ किलोमा छ । ‘सडक स्तरोन्नति गर्नुअघि विकल्प खोजी गर्नुपथ्र्यो,’ भूगर्भविद् पौडेलले भने, ‘त्रिशूलीको दाहिनेपट्टिबाट मुग्लिनदेखि नारायणगढसम्म जाने २ लेनको बाटो बनाएर स्तरोन्नतिको काम थालिएको भए उपयुक्त हुन्थ्यो ।’ पहाडी र बढी भिरालो भएको ठाउँमा फराकिलो बाटो बनाउनेबित्तिकै धेरै समस्या आउने उनले बताए । उनका अनुसार कालीखोलादेखि घुमाउनेसम्मको क्षेत्रमा बढी जोखिम छ । ‘त्यो बाटो म पनि धेरै हिँडेको छु, विस्तार गर्न खनेको पनि देखेको छु,’ उनले भने, ‘एकजना डोजर ड्राइभरको भरमा बाटो खनिन्छ, न त्यहाँ अनुगमन गर्ने इन्जिनियर भेटिन्छन् न जिओलोजिस्ट हुन्छन् ।’ उनले मनलाग्दी सडक खन्ने गरिएको र पहाडको माथि के भइरहेको छ भन्ने कसैले अनुगमन नगरेको पनि बताए । ‘केही ठाउँमात्र पहिरोको जोखिममा छ,’ उनले भने, ‘जोखिम भएको क्षेत्रको अध्ययन गरेर पहिरोलाई स्थिर गराउने प्रणाली अपनाइनुपर्छ ।’ आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल भने भौगर्भिक अध्ययन गरेर नै निर्माणको सुरु गरेको दाबी गर्छन् । ‘समस्या डिजाइनले गर्दा भएको हो, सुरुमा डिजाइनले गर्दा धेरै खर्च आयो, पछि धेरै कुरा हटाएर निर्माण सुरु गरिएको हो,’ खनालले भने, ‘खर्च धेरै भएपछि पहिरो रोकथामको खर्चसमेत कटाउनुपर्‍यो ।’ स्तरोन्नतिको क्रममा पहाड कटाइ बढी भएको तर्क भूर्गविद्हरूको छ । उनीहरूका अनुसार कटाइ गरेर लामो समय यत्तिकै छोड्दा समस्या आउँछ । ‘पहाड काट्नेबित्तिकै तलबाट रिटेनिङ वाल लगाउनुपथ्र्यो’ उनीहरूको भनाइ छ । ‘वैकल्पिक बाटो छैन, यो व्यावसायिक रूपमा पनि महत्त्वपूर्ण सडक हो,’ इन्जिनियर खनालले भने, ‘पहिला विकल्प खोजेर निर्माण थाल्नुपथ्र्यो, त्यो हुन सकेन ।’ आयोजनाका भूप्रविधि इन्जिनियरिङ विशेषज्ञ टुकलाल अधिकारीले अहिले पहिरोको जोखिममा रहेका क्षेत्रमा सुरक्षाको उपाय अपनाइनसकिएको बताए । सडक निर्माणमा भूगर्भविदको सहभागिता कम भएको उनले स्विकारे । यो सडकमा दैनिक करिब ८ हजार सवारीसाधन गुड्छन । स्तरोन्नति थालेदेखि ११८ दुर्घटना भएका छन्, ९० जनाको ज्यान गएको छ भने २८९ जना घाइते भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending