Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेइमार किन आलोचित हुन्छन् ? यस्ता छन् कारण

मस्को । ब्राजिललाई जिताउन सोमबारको खेलमा नेइमारको प्रदर्शन उत्कृष्ट रह्यो । उनले दोस्रो हाफको ५१ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा पुर्याउने सम्भावना बढाए । यति मात्रै होइन दोस्रो गोल गर्न पनि सहज बनाइदिए । खेल जिताए पनि उनको आलोचना पनि अहिले तिव्र भइरहेको छ । अनावश्यक व्यवहारका कारण खेलको कलालाई उत्कृष्ट हुन नदिएको भन्दै उनको आलोचना भइरहेको हो । उनको देश ब्राजिलका पत्रिकाहरुले नै उनको पैदर्शन राम्रो रहे पनि अनावश्यक व्यवहार गरेको भन्दै लेखेका छन् । ब्राजिलको पत्रिका ग्लोबोले त ‘नेइमार ह्याज चार्मड ब्राजिल, बट एनोइड होल वर्ल्ड’ भन्ने शीर्षकमा समाचार नै छापेको छ । अर्जेन्टिनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो घर फर्किएपछि यो विश्वकपमा बाँकी रहेका एक मात्र सुपर स्टार खेलाडी हुन् नेइमार । विश्वका महँगा खेलाडी र उनको राम्रो प्रदर्शन, टिमको जितका बाबजुद नेइमार फुटबल प्रेमीमा आफ्नो छापा पार्न असफल देखिएका छन् । त्यसको कारण उनी अनावश्यक ठाउँमा बढी प्रतिक्रिया देखाइरहेका छन् । सोमबार रातिको खेल सकिन मात्रै २० मिनेट बाँकी थियो । त्यो बेलासम्म नेइमारले गोल गरिसकेका थिए । मेक्सिकोका फुल–ब्याक मिगुएल लायुनले बल नियन्त्रणमा लिने क्रममा नेइमारको गोलीगाँठोमा छोए, तर त्यो बेस्सरी थिएन । उनले निकै सावधानी अपनाउँदा पनि छोइएको थियो । तर नेइमारले त्यसलाई ठूलो बनाए । मैदानमा लडे, बेस्सरी कराए । एक छिनपछि उठे । यसले नेइमारको अभिनय गर्ने बानी यो खेलमा पनि देखियो । नेइमारको यो बानीले सबैलाई अचम्ममा पार्‍यो, उनको टिमका, मेक्सिकन खेलाडी, रेफ्री र उनका सहयोगी, फोर्थ हफिसियल । सबै उनको वरिपरी आए । किनकी उनी नेइमार थिए । उनले मात्रै यस्तो गर्न सक्ने एक जर्मन पत्रकारले बताएका छन् । २६ वर्षका नेइमार खेलको म्यान अफ दि म्याच भए । खेल पछि नेइमार अन्तर्वाताका लागि तयार थिए । पत्रकारले त्यो घटनाका बारेमा सोधे । तर ब्राजिलका प्रशिक्षक टिटेले ओभर टेक गरेर भने, ‘उनीहरुले नेइमारलाई कुचेका थिए, मैले त्यो स्क्रिनमा देखेको थिएँ ।’ त्यसपछि नेइमारले थपे, ‘हेर्नुस्, त्यो मलाई अण्डरमाइन गर्ने प्रयास थियो । मलाई आलोचनाको त्यति ख्याल छैन, न प्रशंसाको । किनकी यसले व्यवहारलाई प्रभावित पार्न सक्छ । गएका दुई खेलमा मैले प्रेससँग बोलिन किनकी म चाहन्नथेँ, मलाई मात्रै खेल्नु छ, मेरा साथी खेलाडीलाई सहयोग गर्नुछ । टिमलाई सहयोग गर्नुछ ।’ तर मेक्सिकोका प्रशिक्षक आन कार्लोस ओसोरिओले भने नेइमारको व्यवहार राम्रो उदाहरण नरहेको बताएका छन् । उनले भने, ‘यो फुटबलका लागि लाजको कुरा हो, हामीले एक खेलाडीका कारण धेरै समय खेर फालेका छौँ ।’ यो विश्वकपमा नेइमार धेरै रोएको, लडेको र सानो कुरालाई ठूलो देखाउने गरी अभिनय गरेको आरोप लागेको छ । उनले यो विश्वकपमा अहिलेसम्म २३ पटक पोस्ट प्रहार गरेका छन् र त्यसमा १२ वटा सही निशानामा देखिएका छन् । उनले १६ पटक गोल गर्ने राम्रो अवसर सिर्जना गरेका छन् । यस्तै उनले ड्रिबल्स ४० पटक गरिसकेका छन् भने उनीमाथि २३ फउल भएका छन् । नेइमारले यो विश्वकपमा दुई गोल गरेका छन् । अहिलेसम्म उनले विश्वकपमा गरेको गोलको संख्या ६ पुगेको छ । यसका लागि उनले ३८ पटक प्रयास गरे । मेस्सीलाई ६ गोल गर्न ६७ तथा रोनाल्डोलाई ७४ पटक प्रयास गर्नु गरेको थियो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending