Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेइमारले पछि पारे मेसी र रोनाल्डोलाई, ब्राजिलले बनायो यस्तो रेकर्ड

मस्को । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको पाँचौं प्री-क्वारफाइनलमा मेक्सिकोलाई हराउँदै ब्राजिल विजयी भएको छ । यो सँगै ब्राजिलले विश्वकपमा सबैभन्दा बढि गोल गर्ने टिमको रेकर्ड बनाएको छ । १९३० देखि शुरु भएको विश्वकपमा हालसम्म २२८ गोल गरिसकेको छ । ब्राजिलपछि सबैभन्दा बढि गोल गर्ने टिम जर्मनी छ । उसले २२६ गोल बनाएको छ । मेक्सिकोले हिजो पनि इतिहासमा नयाँ रेकर्ड बनाउन सकेन । उसले लगातार प्री-क्वाटरफाइनलमा ७ पटक हार बेहोरेको छ । हिजो भएको पहिलो खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको ५१औं मिनेटमा गोल गर्दै ब्राजिलका स्ट्राइकर नेइमारले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । नेइमारको यो ७५औं अन्तर्राष्ट्रिय र जारी विश्वकपमा दोस्रो गोल हो । ब्राजिलका लागि ८८औं मिनेटमा फर्मिनोले दोस्रो गोल गरे । दुई मिनेट अघिमात्र फिलिप काउटिन्होको स्थानमा मैदान छिरेका फिरमिनोले नेईमारले दिएको क्रसमा ट्यापिङ गर्दै गोल गरेका हुन् । ब्राजिलले अब क्वाटरफाइनलमा बेल्जियमसँग भिड्ने छ । ब्राजिल २००२ यता विश्वकप जित्ने प्रयाशमा छ। नेइमार, मेसी-रोनाल्डोभन्दा अगाडी ब्राजिलका स्ट्राइकर नेइमारको हिजोको खेलसँगै जारी विश्वकपमा दोस्रो गोल हो । साथै, अहिलेसम्म उनले विश्वकमा अवधिभर ६ गोल गरिसकेका छन् । ६ गोल गर्न नेइमारले अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोभन्दा कम सट प्रहार गरे । मेसीले जारी विश्वकपमा ६७ र रोनाल्डोले ७४ शट लगाएका थिए । जबकि नेइमारले भने केवल ३८ शटमै ६ गोल गरेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending