Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

बारामा मात्रै ६८ करोडबराबरको आँप उत्पादन

\"\"कलैया। यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए । उत्पादनभएका आँपमध्ये बम्बै रु ७५, माल्दा रु ७०, दशहरी रु ५० कृष्णाभोग रु ४० र अन्य आँप रु ३० देखि ३५ सम्ममा कलैया बजारमा बिक्री हुँदै आएको छ । गत वर्ष २०७३/७४ मा कुल एक हजार २२५ हेक्टर क्षेत्रफलमा जमिनमा रु ८४ करोड तीन लाख ५० हजारबराबरको एक हजार २०५ मेट्रिक टन आँप उत्पादन भएको थियो । वडाध्यक्षद्वारा नगरपरिषद् बहिष्कार कलैया उपमहानगरपालिकाको दोस्रो नगरसभाको तेस्रो दिन आज अधिकांश वडाध्यक्षले सभा बहिष्कार गरेका छन् । नगरप्रमुख राजेशराय यादवले सभालाई व्यवस्थित नगरेको आरोपमा ती वडाध्यक्षले सभा बहिष्कार गरेको उपमहानगरपालिकाका प्रवक्ता विक्रम यादवले पत्रकार सम्मेलनमा जानकारी दिए । आर्थिक वर्ष २०७४/७६ सालको रु ९१ करोड ९२ लाखको बजेटको हिसाब किताब दिन नमानेपछि आफूहरुले नगर परिषद् बहिष्कार गरेको वडा नं ४ का वडाध्यक्ष जटाशंकर सहजनीले बताए। नगरस्तरीय बजेट रु ११ करोड २२ लाखमा नगरप्रमुख यादवले नेपाली काँग्रेसका कार्यकर्तालाई पाल्ने काम गरेको आरोप वडा नं ३ का वडाध्यक्ष ज्लाउदिन मन्सुरले लगाए । पोषण भत्ता, नगरपालिकाको गाडी दुरुपयोग, तेलमा मनोमानीपूर्ण वितरण गरेको उनको भनाइ थियोे । यस विषयमा नगरप्रमुख यादवसँग प्रतिक्रिया लिँदा उनले विरोध गर्ने अधिकार सभामा उपयोग गर्नुपर्नेमा केही वडाध्यक्षले बिना कारण सभा छोडेर हिँडेको बताए । मधेशीको अधिकार कसैले रोक्न नसक्ने– पूर्वाधार मन्त्री सोनल प्रदेश नं २का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मधेशीको अधिकार कसैले रोकेर रोक्न नसक्ने बताएका छन्। आज आयोजित राष्ट्रिय जनता पार्टीको क्षेत्रीय सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मधेशको अधिकारका लागि जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने जानकारी दिए । कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ का सांसद एकवाल मिया, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, उपप्रमुख पवनकुमार ब्याहुत, प्रसौनी गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, शिक्षा सेवा आयोगका पूर्व सदस्य योगेन्द्र राउत कुर्मी, देवताल गापा अध्यक्ष चन्दन सिंह, महिला नेत्री पिन्की यादव, नेताहरु जयप्रकाश साह, महेन्द्र राउतलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies