Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘रोटरी मुसहर नमूना बस्ती’ हस्तान्तरण

चितवन । चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा निर्माण भएको ‘\"\"’ शनिबार हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको हो । गएको माघ १२ गतेबाट उक्त बस्ती निर्माण शुरु भएको थियो । घर निर्माण भए पनि अन्य बगैँचा र सामुदायिक भवन निर्माणको काम भने बाँकी नै छ । बस्ती हस्तान्तरण कार्यक्रममा रोटरियन अनिलकुमार थपलियाले राहत वितरणका लागि आउँदा ओत लाग्ने ठाउँ नभएको देखेपछि अभियान चलाएर बस्ती निर्माण गरिएको बताए । रु ५८ लाख ३४ हजार लागतमा निर्माण भएको नमूना बस्तीको आधा खर्च भने हस्तबहादुर भट्टराई प्रतिष्ठानले बेहोरेको निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्य विभिन्न संघसंस्था, रोटरियन र नगरपालिकाबाट पनि सहयोग प्राप्त भएको छ । अझै सो क्षेत्रमा आउने बाटो निर्माणका लागि आधा रकम बेहोर्ने प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराईले बताए। पहिलो चरणमा १२ परिवारका लागि घर निर्माण भएको छ । पुन १२ घर निर्माण गर्ने योजना रोटरीको छ । एउटा घरमा भान्सासहित तीनवटा कोठा र शौचालय बनाइएको छ । बाल उद्यान, सामुदायिक भवनसमेत निर्माण गरिने र हरेक घरका लागि एक एक वटा ट्यूवबेल निर्माण गरिएको छ । चितवनको सौराहा नजिकै रत्ननगर–७ मा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाइएको हो । बस्ती हस्तान्तरणमा मुसहर आफ्नो पोषाकमा सजिएर खुशी मनाएका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चेपाङ र मुसहरलाई स्नातकोत्तरसम्म पढ्नका लागि नगरपालिकाले सहयोग गर्ने जानकारी दिए। मुसहर बस्तीकी अगुवा भगवन्ती मुसहरले एउटै घरमा दुई तीन परिवार बस्न बाध्य भएको अवस्थामा घर निर्माण भएपछि सहज भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending