Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

को हुन् प्रहरी इन्काउन्टरमा मारिएका युवा ?

गौर । अत्याधुनिक एसएमजी बन्दुक बोकेर मोटरसाइकलमा सवार एक व्यक्ति प्रहरीसँगको भिडन्तमा मारिएका छन्न । केही दिनदेखि राजदेवी नगरपालिका–४ गडहियास्थित बागमती नदीको बाँधमा हातहतियारसहित केही व्यक्ति ओहारदोहोर गरेको सूचनाका आधारमा गस्तीमा निस्केको प्रहरीसँग गोली हानाहान भएको थियो । अाजको अन्नपूर्णमा खबर छ-बिहीवार राति करिब १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल चेक गर्ने क्रममा प्रहरीतर्फ गोली हानिएपछि जवाफी फायर गर्दा ती युवक गोली लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । मोटरसाइलमा सवार नाम ठेगाना नखुलेका करिब २६ वर्षका युवा प्रहरीको कारबाहीमा मारिएका हुन् । प्रहरीले घटनास्थलबाट अत्याधुनिक हतियार एसएमजी एक थान र त्यसमा प्रयोग हुने गोली ४ तथा पड्किएको गोलीको खोका दुई थान बरामद गरेको जनाएको छ । तीनजनाको सख्यामा रहेकामध्ये अन्य दुईजना भने बन्दुक पड्काउँदै भारततर्फ भागेको प्रहरीले उपलव्ध गराएको प्रेस नोटमा उल्लेख गरेको छ । मृतकको खुट्टा र पेट नजिकै गोली लागेको गौर अस्पतालका चिकित्सकहरुले जनाएका छन् । मृतक युवक नेपाली या भारतीय हुन् भन्ने खुलेको छैन । घटनास्थल नजिकै रहेका स्थानियबासीले भने भिडन्त नभएको दाबी गरेका छन । प्रहरीले ती युवकलाई पक्राउ गरी जीपमा राखेर बागमती नदी किनारमा ल्याएर गोली हानी मारेको  आरोप स्थानीयले लगाएका छन । घटनास्थलबाट करिब एकसय मिटर टाढा घर भएका स्थानीयबासी अहिले त्रसित छन् । राति नै गाउँलेले प्रहरीलाई घेराउ समेत गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यलय गौरबाट प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको थियो । घटनास्थल सदरमुकाम गौरबाट करिब १० किलोमिटर उत्तर–पूर्बस्थित बागमती किनारमा पर्दछ । प्राथमिक विद्यालय गडहियाको चौर नजिकै गोली चलेपछि शुक्रवार विद्यालय समेत बन्द भएको छ । विद्यालय नजिकै गोली चलेर मान्छे मारिएपछि त्रसित भएर शुक्रवार शिक्षक र विद्यार्थी नआएको गाउँलेले बताएका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending