Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण

\"\" । भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । ‘सुन्दर बस्ती’ नाम दिइएको उक्त नयाँ बस्तीमा भूकम्प पीडितहरु बिहीबारदेखि बस्न थालेका छन् । यहाँ एकै थलोमा १७ घर निर्माण गरिएको छ । बस्तीकै घरहरुमध्ये सुमना तामाङको घरमा ‘गृह प्रवेश’ गरेर नयाँ घरमा स्थानीयहरु बस्न थालेका हुन् । छरिएको घरहरुलाई एकै स्थानमा निर्माण गरेर नयाँ टोल नै खडा भएपछि खुशी लागेको सुमनाले बताउनुभयो । ‘टहरामा बस्दै आएका थियौँ । सरकार र संघसंस्थाको सहयोगमा राम्रो बस्ती नै खडा भएको छ । यसले हामीलाई खुशी बनाएको छ । सुरक्षित घरमा बस्न पाएका छौँ’ उनले भने । सेभ द चिल्ड्रेन र सामुदायिक विकास केन्द्रको प्राविधिक तथा आर्थिक सहयोग र तारकेश्वर गाउँपालिकाको समन्वयमा निर्माण गरिएको बस्तीको गृह प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले एकिकृत बस्तीको अवधारणालाई भूकम्पपछि सरकारले पर्याप्त स्थानमा निर्माण गर्न नसकेको बताए । उहाँले भौगोलिक रुपमा विकट स्थानमा एकिकृत बस्ती निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । संघसंस्थाले नुवाकोटमा धेरै घर निर्माण गरेपछि यसरी एकिकृत बस्ती यहाँमात्र निर्माण गरेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताए । एकिकृत बस्ती अवलोकन गर्न आउनु भएका सामाज कल्याण परिषद्का सदस्य–सचिव डिल्लीप्रसाद भट्टले गाउँपालिकाले आफ्ना क्षेत्रमा संभव भएसम्म एकिकृत बस्तीको विकास गराउन ध्यान दिनुपर्ने बताउ । सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले जिल्लामा २३० घर निर्माणमा सहयोग गरेको सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायण नेपालले बताए । संस्थाले तारकेश्वर–१ दाङसिङमा ९३ घर, तारकेश्वर–५ गोस्र्याङमा १३७ घर र तारकेश्वर २ र ३ तारुकामा एक सय घर निर्माणमा सहयोग गरेको छ । सरकारले दिने रु तीन लाख अनुदान बाहेक संस्थाले ढुवानी, खानेपानी, उद्यान निर्माणको लागि छुट्टै रकम खर्च गर्नका लागि ‘कामका लागि नगद’ कार्यक्रमसमेत सञ्चालन गरेर भूकम्प पीडितहरुलाई आर्थिक जोहो गर्नसमेत सघाएको बस्ती निर्माण समितिका संयोजक होमबहादुर तामाङले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending