Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

यी ठाउँहरुमा बिरोध गर्न पाइन्छ, अन्त गरे कारबाहि (नामसहित)

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित स्थानहरु तोकको छ । सरकारले तोकेको स्थानबाहेक विरोध प्रदर्शन गर्न नपाईने र गरेमा कानुनअनुसार कारबाही हुने पनि गृह मन्त्रालयले जनाएको छ । अाजको कान्तिपुरमा खबर छ-गृहले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। गृहले साउनबाट लागू हुने गरी ७५ वटै जिल्लामा विरोध प्रदर्शन स्थल तोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। धार्मिक, सांस्कृतिक र सामाजिक कामहरु गर्न रोक नलगाइने तर त्यस्ता गतिविधि गर्दा सार्वजनिक यातायात अवरोध हुन नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले अब पहिले जस्तो जहाँ पायो त्यही विरोध प्रदर्शनगर्न नपाइने बताए। गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्नका निम्ति विरोध प्रदर्शनका निश्चित स्थान तोकिएको तर्क गरे। हिजोका दिनमा तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शनगर्नुभयो अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हिजोको कुरा वेग्लै थियो। अब विधिको शासन चल्छ।’ उनले शान्ति र सुव्यवस्था खलबलाउन नदिन आफूहरुले विरोध प्रदर्शनको निश्चित स्थान तोक्नु परेको बताए। यी हुन विरोध प्रर्दशनका निम्ति तोकिएका स्थानहरु : काठमाडौंमा खुलामञ्च कोटेश्वरको तीनकुने खुल्ला चौर पेप्सीकोला खेल मैदान सानो गौचरन फुटबल मैदान लैनचोरको समाज कल्याण परिषद् अघिको खुल्ला स्थान गौशालाको सिफल चौर भूईखेल, भगवानपाउ ललितपुरमा च्यासल खेल मैदान बज्रबाराही मन्दिर अघिको खुला ठाउँ गोदावरी बसपार्कको छेउ भैसेपाटी च्यासीकोटको खुला स्थान लुभु ससमुच लामाटार धोबीघाट मुहान पोखरीको छेउ भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending