Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मन्त्रिपरिषद् निर्णय कार्यान्वयन हेर्न अलग्गै शाखा

काठमाडौं । मन्त्रिपरिषद्‌बाट भएका निर्णय कार्यान्वयनबारे मन्त्रालयहरूलाई घच्घच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलग्गै शाखा गठन भएको छ । मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखाअन्तर्गत ‘मन्त्रिपरिषद् निर्णय कार्यान्वयन अनुगमन शाखा’ गठन गरिएको हो । अाजको कान्तिपुरमा खबर छ-शाखाले फागुन ३ पछिका निर्णयको अवस्थाबारे सबै मन्त्रालयसँग ‘अपडेट’ माग गरिएको छ। शाखाको जिम्मेवारीमा उपसचिव बुद्धबहादुर गुरुङ छन्। शाखा गठनसँगै केपी ओली नेतृत्वको सरकारले फागुन ३ पछि गरेका मन्त्रिपरिषद् निर्णय कार्यान्वयनबारे सरोकारवाला मन्त्रालयले पछिल्लो अवस्थाबारे लिखित जानकारी गराएका छन्। फागुन ३ को पहिलो बैठकले प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहित रंगशाला बनाउने निर्णय गरेको थियो। शाखाले उक्त निर्णयको कार्यान्वयनको अवस्थाबारे जानकारी मागेकामा युवा तथा खेलकुद मन्त्रालयले यसै साता जवाफ लेखेको छ। खेलकुद मन्त्रालयका अनुसार प्रदेश १ को इटहरी, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र ७ को धनगढीमा रंगशाला निर्माणका लागि जग्गा पहिचान भइसकेको छ। यस्तै, आगामी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ र प्रदेश ७ का लागि बजेटसमेत विनियोजन गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै, फागुन ३ कै मन्त्रिपरिषद्ले ‘प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम स्थापना गर्ने’ निर्णय गरेको थियो। त्यसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनको अवस्थाबारे शाखालाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार उद्योग ग्राम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा तयार गर्नुका साथै सात वटै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग प्रदेशभित्रका स्थानीय तहमा स्थापना हुने वा हुन सक्ने औद्योगिक ग्रामको विवरण माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन अवस्थाबारे सबै मन्त्रालयसँग जानकारी माग गरिएको बताए। ‘फागुनपछि भएका मन्त्रिपरिषद् निर्णयमा अपडेट पठाउन ताकेता गरिएको छ,’ कुँवरले भने, ‘साथै सबै मन्त्रालयलाई मन्त्रिपरिषदका निर्णय कार्यान्वयन अवस्था हेर्ने नोडल अफिसर तोक्नसमेत भनिएको छ।’ कर्मचारीलाई बस्ने ठाउँ भएनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १ सय ९८ रहेको कर्मचारी दरबन्दी ३५ थपेर २ सय ३३ बनाइएपछि कार्यालय व्यवस्थापन हुन सकेको छैन। बस्ने ठाउँ अभाव भएपछि थप गरिएका शाखामा कार्यसम्पादनमा समस्या भएको छ। तीन महिनाअघि नै कर्मचारी थप गरिए पनि अहिलेसम्म बस्ने ठाउँ उपलब्ध गराइएको छैन। अर्थ मन्त्रालय मातहत रहेका राजस्व अनुसन्धान विभाग (भन्सारबाहेक), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभाग र कानुन मन्त्रालयअन्तर्गत रहेको महान्यायाधिवक्ता कार्यालयलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको छ। त्यससँगै थपिएका कर्मचारीका लागि समयमै कार्यालय व्यवस्थापन नहुँदा सम्पादनमा समस्या भएको एक सहसचिवले बताए। ६ सहसचिव रहने प्रधानमन्त्री कार्यालयमा अहिले ११ सहसचिव छन् भने उपसचिवको दरबन्दीसमेत बढेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending