Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

नेकपाले स्थानीय तहमा पनि संसदीय दल बनाउँदै, को बन्छ दलको नेता ?

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहमा पनि पार्टी संसदीय दल बनाउने भएको छ । केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो । अाजको नयाँ पत्रिकामा खबर छ-‘तीनवटै तहमा सरकार भएकाले सबैमा पार्टीको संसदीय दल गठन गर्ने गरी पार्टीको विधान बनेको छ,’ विधान निर्माणमा संलग्न नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले भने, ‘स्थानीय तहमा पनि संसदीय दल बनेपछि पार्टी नीतिअनुसार अझ प्रभावकारी कार्यसम्पादन हुने विश्वास गरिएको छ ।’ स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय तह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ । को बन्छ दलको नेता ? पार्टीका तर्फबाट निर्वाचित, मनोनीत, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू रहने गरी स्थानीय तह संसदीय दल गठन हुनेछ । सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला कमिटीले स्थानीय तहको प्रमुख वा उपप्रमुख वा उपाध्यक्ष र सो पनि नभए वरिष्ठ सदस्यलाई दलको नेता तोक्ने विधानले प्रस्ताव गरेको छ । त्यस्तै, दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने विधानको प्रस्ताव छ । स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको लगाम नेकपाले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सरकारको तर्फबाट कार्यसम्पादन गर्दा पार्टीप्रति जवाफदेही बनाउने गरी विधान तयार गरेको छ । पार्टी जिल्ला कमिटीले स्थानीय तहको दलको नियमावली निर्माण गरेर अनुमोदन गरेपछि त्यस आधारमा स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम गर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तह दलका सदस्यहरूले पार्टी जिल्ला कमिटी र सम्बन्धित कमिटीले तोकेको जिम्मेवारी पूरा गर्नुपर्नेछ । सदस्यहरूले सम्बद्ध पार्टी कमिटीले तोकेको कार्यक्षेत्र एवं आफू निर्वाचित भएको निर्वाचित क्षेत्रमा कार्य गर्नुपर्ने बाध्यकारी व्यवस्था विधानमा प्रस्तावित छ । स्थानीय तहमा पनि संसदीय बोर्ड त्यस्तै, स्थानीय तहको कामलाई प्रभावकारी बनाउन पार्टी विधानमार्फत स्थानीय तहमा पनि संसदीय बोर्ड गठन गर्ने प्रस्ताव गरेको छ । स्थानीय तहको संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्यहरू रहनेगरी बोर्ड गठनको प्रस्ताव गरिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending