Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

भारतले पानी नछाड्दा मानो रोपेर मुरी फलाउने दिन यतिकै गयो

वीरगञ्ज। भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बेर्ना राख्न पाएका छैनन् । बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ । “गण्डक नहरमा पानी नछाड्दा धानको बेर्ना लगाउन सकिएको छैन,” पश्चिमी पर्सा जगरनाथपुरका हरि देवले भने, “आकाशे पानीको भरमा लगाइएको बेर्ना सुक्न थालेको छ ।” गत वर्ष साउन अन्तिम साता आएको बाढीले भारतीय क्षेत्रमा गण्डक नहर क्षतिग्रस्त बनाएपछि हालसम्म सो संरचना निर्माण नगरेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुवरीका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताए। पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धान खेती गर्दै आएका छन् । सिँचाइ अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा किसानले हालसम्म करीब ५० प्रतिशत मात्र धानको बीउ राख्न पाएका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । “गण्डक नहरमा समयमा पानी नछाड्दा यस वर्ष धान खेती प्रभावित हुने अवस्था छ,” उनले भने । गण्डक नहरबाट पर्सा, बारा र रौतहटको ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ । गत वर्ष साउनमा आएको बाढीले भारतीय भूभागमा रहेको नहरको ठाउँठाउँमा क्षति पु¥याए पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन । गत वर्ष पानीको अभावमा पर्सा, बारा र रौतहटको ७६ हजार ५०० हेक्टरमा लगाइएको गहुँबाली प्रभावित भएको थियो । गण्डक नहरको पानी पश्चिमी पर्साको जानकी टोलबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको बागमती नदीमा गएर मिसिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ । अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटमा सिँचाइ अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारत माथिको परनिर्भता बढ्दै गएको छ । चालु आवको असार १३ गते सम्मको तथ्यांक हेर्दा भारतबाट रु तीन अर्ब ४७ करोड मूल्य बराबरको एक लाख २६ हजार ४३६ टन धान नेपाल आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए । उर्वराभूमि, पर्याप्त जनशतिm र सिँचाइको ठूलो स्रोत हुँदा हुँदै सिँचाइ अभावमा समयमै धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको छ । सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा वर्षा नहुँदा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुडी फलाउने काम सपना जस्तो भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies