आषाढ़ १२ गते, २०७५ मगलवार 26th June, 2018 Tue११:०६:५३ मा प्रकाशित
बाँके । १ बाँके जिल्लाको डुडुवा गाउँपालिका–१ होलिया छिटाइपुर्वाका अग्निपीडितलाई राहत वितरण गरिएको छ ।
२०७४ वैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो । डुडुवा गाउँपालिका विपद् व्यवस्थापन कोषबाट अग्निपीडित ३२ परिवारलाई नगद रु दुई हजारका दरले वितरण गरिएको छ ।
आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, वडाध्यक्ष पटेश्वर कुर्मी, वडादस्य सुष्मा यादवले सो रकम प्रदान गरे ।
आगलागी भएको एकवर्ष बितिसक्दा पनि कुनै निकायबाट सहयोग नभएपछि गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । २०७४ साल वैशाख १५ गते भएको आगलागीबाट छिटाइपुर्वा गाउँका ३२ घर जलेर नष्ट भएका थिए ।
बाढीपीडितका लागि आश्रयस्थल
यसैगरी, गाउँपालिका–१ मा बाढीपीडितका लागि दुईवटा आश्रयस्थलको निर्माण भइरहेको छ । वर्षेनी बाढीबाट पीडित उक्त क्षेत्रका नागरिकका लागि उचित आश्रयका लागि दुईवटा भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उहाँका अनुसार होलियाको छिटाइपुर्वा र चौफेरी पाँजामा रु पाँच लाखको दरले दुईवटा भवन निर्माण थालिएको हो ।
राप्ती नदीको बाढी तथा डुबानले सो क्षेत्रका नागरिक वर्षेनी डुबानमा परी मानवीय क्षति तथा धनमाल नष्ट हुने गरेको अवस्थामा यो भवनले सो घटनाबाट जोगाउने विश्वास लिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: