Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारतले रक्तचन्दन फिर्ता नलिएपछि ११ वर्षदेखि नेपालमै ‘डम्प’

काठमाडाैं । भारतबाट विभिन्न समयमा अवैध रूपमा नेपाल भित्र्याउने क्रममा नेपाल प्रहरी र अन्य निकायले नियन्त्रणमा लिएको रक्तचन्दन भारतले फिर्ता लिन नमानेपछि ११ वर्षदेखि नेपालमा ‘डम्प’ भएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पति व्यापार महासन्धि (साइटिस)अनुसार एक देशको रक्तचन्दन अर्को देशमा बिक्री गर्न नमिल्ने र भारतले फिर्ता लिन नमानेपछि सो रक्तचन्दन नेपालमै थन्किएको हो । अाजको नयाँ पत्रिकामा खबर छ-सरकारले निर्णय नै गरेर रक्तचन्दन भारतलाई फिर्ता लिन आग्रह गर्दा पनि लिन नमानेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले बताए । ‘हामीले नेपालमा बरामद गरेको रक्तचन्दन प्रयोग गर्न वा बिक्री गर्न नपाउने भएपछि भारतलाई चारपटकभन्दा बढी फिर्ता लिन आग्रह गरिसकेका छौँ,’ पौडेलले भने, ‘भारतले फिर्ता लिन नमानेपछि विकल्प खोज्ने तयारीमा छौँ ।’ रक्तचन्दनका विषयमा छिट्टै एउटा निर्णयमा पुग्ने पौडेलले बताए । उक्त रक्तचन्दन धुल्याउने वा कुनै धार्मिक प्रयोजनमा दिन सकिने विज्ञहरूले बताउँदै आएका छन् । अन्तिमपटक वन तथा भूसंरक्षण मन्त्रालयले जेठ महिनामा पत्र लेखेर भारतीय दूतावासलाई फिर्ता लिन अनुरोध गरेको वन विभागले जनाएको छ । २४ घन्टै पहरा बरामद रक्तचन्दन देशका २० जिल्लामा ११ वर्षदेखि ‘डम्प’ गरिएको छ । अहिलेसम्म २ लाख २९ हजार ३ सय ४६ किलो रक्तचन्दन बरामद गरी राखेको वन विभागले जनाएको छ । काठमाडौंसहितका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २४ घन्टै रक्तचन्दनलाई सुरक्षा दिइराखेका छन् । भारतले रक्तचन्दन नलिँदा सुरक्षा खर्च बढ्दै आएको छ । भारतमा पाइने रक्तचन्दन तस्करले नेपाल हुँदै तेस्रो मुलुक पु-याउँछन् । विगतमा नेपाल–चीन नाका तातोपानी र केरुङबाट धेरै रक्तचन्दन तस्करी हुँदै आएको थियो । कति फिर्ता गरियो ? दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)को प्रावधानअनुसार तस्करी गरी बरामद गरेको वस्तुलाई सम्बन्धित देशमा फिर्ता गर्ने व्यवस्था छ । यस्तो अवस्थामा नेपाल सरकारले औपचारिक रूपमा निर्यात गरी सम्बन्धित देशलाई फिर्ता गर्नुपर्छ । सोही कारण २ माघ ०६५ मा बसेको मन्त्रिपरिषद् बैठकले ५४ हजार १ सय १२ किलो रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर, ३६ हजार ९ सय २८ किलो रक्तचन्दन मात्र फिर्ता गरियो । यसैगरी, १२ फागुन ०७१ मा बसेको मन्त्रिपरिषद् बैठकले २७ हजार १ सय ६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । तर, भारतले एक किलो रक्तचन्दन पनि नलगेको वन विभागले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending