Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सिन्डिकेट गयो, अराजकता आयो

घटना १ : १८ दिनअघि चितवनको भरतपुरमा धर्मराज नेपाल टिपर दुर्घटनामा घाइते भए । दुई टिपर जुध्दा चालक धर्मराज घाइते भएका थिए । उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइयो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भयो । तर, अस्पताल प्रशासनले उनको शव परिवारलाई दिएको छैन । कारण हो, उपचारमा लागेको खर्च बुझाउन नसक्नु । ‘अस्पतालमा तीन लाखजति बुझायौँ । अाजको नयाँ पत्रिकामा खबर छ-अझै १७ लाख तिर्नु छ, कहाँबाट ल्याउनु ?’ मृतकका भाइ (काकाका छोरा) कृष्णप्रसाद नेपालले दुखेसो पोखे, ‘दाइ मरे भनेर रुनु कि लास छुटाउन पैसाका लागि भौँतारिनु ? पैसा नतिरी अस्पताल लाससमेत दिन मान्दैन ।’ घटना २ : १८ जेठमा पाल्पाको तानसेनबाट स्थानीय सहकारीका पदाधिकारी बोकेर भ्रमणका लागि रामपुरतर्फ गुडेको गाडी दुर्घटनामा प-यो । १४ यात्रुको ज्यान गएको सो दुर्घटनामा नौजना घाइते भए । उपचारपछि सातजना घर फर्किसकेका छन् भने गम्भीर दुई घाइते अझै अस्पतालमै छन् । तानसेनका शान्तम बज्राचार्यको काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमै उपचार भइरहेको छ । तर, छोराको उपचार खर्च जुटाउन नसकेर बुवा नरेन्द्र बज्राचार्य तनावमा छन् । ‘छोराको स्पाइनल कर्डलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ, तीनवटा अप्रेसन भइसक्यो,’ बज्राचार्यले पीडा पोखे, ‘उपचार गर्दा २१ दिनमा १५ लाखजति खर्च भइसक्यो, थप उपचारका लागि आवश्यक पैसा छैन । कहाँबाट जुटाउनु ?’ अहिलेसम्मको खर्च पनि साथीभाइ र आफन्तहरूबाट जुटाएको उनले बताए । घटना ३ : ११ जेठमा चितवनको राप्ती नगरपालिका–४ भण्डारामा मोटरसाइकल दुर्घटनामा रमेश हुमागाईं गम्भीर घाइते भए । गाडीको ठक्करबाट घाइते उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि ग्रान्डी अस्पताल ल्याइयो । रमेशको टाउकोमा गम्भीर चोट लागेकाले अप्रेसन गर्नुप-यो । ‘देब्रे गोडा घुँडामुनि काटेरै फाल्नुप-यो, तीन ठाउँमा भाँचिएको दाहिने गोडाको पनि अप्रेसन गर्नुप-यो,’ रमेशका दाइ अर्जुन हुमागाईंले भने, ‘१० लाखजति खर्च भइसक्यो । अझै अस्पतालमा कति राख्नुपर्छ थाहा छैन, खर्च बढेकोबढ्यै छ, तर आफूसँग छैन । कहाँबाट जुटाउने तनाव छ ।’ सरकारले यातायातमा सिन्डकेट अन्त्यको घोषणा गरेपछि भएका दुर्घटनाका केही प्रतिनिधि घटना हुन् यी । सबै घाइतेका परिवारको गुनासो एउटै छ, ‘उपचारमा लाखौँ रुपैयाँ सकियो, थप उपचार गर्न पैसा छैन । न यातायात समितिले दिन्छ, न सरकारले पीडा देख्छ ।’ सिन्डिकेट जस्ताको तस्तै २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा ग-यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा यात्रुको कोचाकोचदेखि अव्यवस्थित रुट र छुट्ने समयको मनलाग्दीसम्म उस्तै छ । असार मसान्तसम्म सम्पूर्ण यातायात समितिलाई कम्पनीमा दर्ता भई व्यवसाय गर्न निर्देशन दिएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभाग, त्यसपछि गर्नुपर्ने जिम्मेवारीमा गम्भीर देखिएका छैनन् । सिन्डिकेट अन्त्यको घोषणापछि दुर्घटनामा घाइते हुने र मृतकका आफन्त सबैभन्दा समस्यामा परेका छन् । आफ्ना समितिहरू खारेज भएपछि यातायात महासंघले दुर्घटनामा घाइते भएकाको उपचार खर्च आफ्नो जिम्मेवारीमा नभएको बताएको छ । सरकार पनि कानुनले दिएको बिमाबाट पाउने खर्चबाहेक थप केही गर्न नसक्ने तर्क गरिरहेको छ । मर्कामा घाइते र मृतकका आफन्त परेका छन् । विगतमा दुर्घटनामा घाइते भएकाको सम्पूर्ण उपचार खर्च यातायात समितिले बेहोर्थे । तर, सरकारले यातायात सिन्डिकेट अन्त्य गरेसँगै ती समिति खारेज भइसकेका छन् । उनीहरूको बैंक खाता पनि सरकारले रोक्का गरिदिएको छ । न सरकारले चासो दिन्छ, न यातायात समितिले  अर्जुन हुमागाईं घाइते रमेशका दाइ आर्थिक अभावले भाइको उपचारमा समस्या भएको कुरा यातायात व्यवसायी समिति र सरकारी निकायलाई पटक–पटक अपिल गरेँ । बल्लबल्ल २०–२५ दिनपछि यातायात समितिले अस्पताललाई एउटा पत्र लेखिदिएपछि थप पैसा जम्मा गर्न अस्पतालले भनेको छैन । तर, समितिको पत्रमा के छ हामीलाई थाहा छैन । खर्च बेहोरिदेला भन्ने आशा छ । कृष्णप्रसाद नेपाल मृतक धर्मराज नेपालका भाइ १७ लाख तिर्न नसक्दा दाइको शव अस्पतालले नदिएको गुनासो प्रहरी प्रशासनदेखि यातायात समितिसम्म गरियो । तर, उपचारका क्रममा कसैले चासो दिएनन् । दाइको मृत्यु भएको खबर गरेपछि पर्सा यातायात व्यवसायी समितिले अस्पतालबाट शव छुटाउन भन्दै दुईजना पठाएको रहेछ । उहाँहरू पनि कर्मचारी हुनुहुँदो रहेछ । तर, अस्पतालले पैसा नबुझाई शव लान दिँदैनौँ भनिदियो । सरकार वा यातायात समितिले अस्पतालमा लागेको खर्च नदिए दाइको शव लगेर अन्तिम संस्कार गर्नसक्ने अवस्था छैन । मंगलबार १२ बजेसम्म शव छुटाइदिन्छौँ त भनेका छन्, हेरौँ के गर्छन् । नरेन्द्र बज्राचार्य घाइते शान्तम बज्राचार्यका बाबु पाल्पाका प्रमुख जिल्ला अधिकारीले हेलिकोप्टरमार्फत सबै घाइतेलाई काठमाडौं पठाइदिनेबाहेक सरकारले कुनै चासो र सहयोग गरेको छैन । श्रीनगर यातायात व्यवसायी संघ पाल्पाका प्रमुख भवीन्द्र गौतमले पनि समितिले सरकारी बिमामार्फत आउने तीन लाख मात्र बेहोर्ने र उपचारमा थप खर्च भए आफूले केही गर्न नसक्ने जवाफ दिएका छन् । सरकारले जिम्मा लिनुपर्छ  योगेन्द्र कर्माचार्य अध्यक्ष, राष्ट्रिय यातायात व्यवसायी महासंघ दुर्घटनामा घाइते सबै यात्रुको सम्पूर्ण उपचार खर्चको जिम्मा सरकारले लिनुपर्छ । सरकारले सबै बस व्यवसायी समितिको खाता बन्द गरिदिएको छ, त्यसैले चाहेर पनि हामीले केही गर्न सक्ने अवस्था छैन । सबै यातायात व्यवसायी संघले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई यो जनाकारी गराइसकेका छन् । कानुनले तोकेबाहेक केही गर्न सक्दैनौँ तुल्सीराम अर्याल प्रवक्ता, यातायात व्यवस्था विभाग घाइतेको उपचारमा कानुनले व्यवस्था गरेको तीन लाख रुपैयाँको बिमा रकमभन्दा बढी सरकारले दिन सक्दैन । कानुनले तोकेभन्दा बढी अहिलेलाई केही गर्न सक्दैनौँ । रकम अभावमा घाइतेको उपचार नै नहुने वा उपचारपछि रकम चुक्ता गरेर घर जान नसक्ने, शव बुझ्न नपाएको अवस्था हो भने यसको जवाफ अहिले मसँग पनि छैन । तपाईंले भनेर यस्ता समस्या जानकारी भयो, म मेरो माथिल्लो निकायमा भोलि नै जानकारी गराउँछु । उपचार खर्च तिर्न नसक्ने घाइतेलाई अस्पतालमै होल्ड गरेका छौँ उज्ज्वल रेग्मी सहायक प्रबन्धक, ग्रान्डी अस्पताल उपचारको पूरै पैसा नलिई बिरामीलाई छाड्ने कुरै हुँदैन । सिन्डिकेट अन्त्यपछि ग्रान्डीमा मात्रै ३० भन्दा बढी घाइतेको उपचार भएको छ । पैसा जुटाउन नसक्ने घाइतेलाई १२ दिनसम्म पनि अस्पतालमै होल्ड गरेर राखिएको र पूरै पैसा तिरेपछि मात्रै जान दिएको उदाहरण पनि छ । पहिले यातायात समितिले उपचार खर्च बेहोर्थे, समस्या हुन्थेन । अहिले समितिले हामीलाई उपचार खर्च दिँदैन । त्यसैले बिरामीका आफन्तले बुझाएपछि मात्रै जान दिने गरेका छौँ । सवारी दुर्घटनामा घाइते भएकाहरूको उपचारबापतको चार करोडजति त उठाउनै पर्नेछ । न घाइतेलाई उपचार, न मृतकका आफन्तलाई क्षतिपूर्ति उपचार खर्च पहिला : सवारी दुर्घटना घाइते हुने यात्रुको सम्पूर्ण उपचार खर्च सम्बन्धित यातायात व्यवसायी समितिले व्यहोथ्र्यो । घाइतेलाई अस्पताल पु-याउनेदेखि कुरुवा खर्चसमेत समितिले दिन्थ्यो । अहिले : सिन्डिकेट अन्त्यको घोषणासँगै सरकारले देशभरका सबै समितिको बैंक खाता बन्द गरिदिएको छ । समितिले घाइतेको उपचार खर्च व्यहोर्न नसक्ने जनाएका छन् । सरकारले पनि दिन मानेको छैन । दुर्घटनाका घाइते यात्रुका परिवार उपचार खर्च व्यहोर्न नसकेर भौँतारिँदै छन् । अस्पतालले उपचार खर्च भुक्तानी नगरेको भन्दै अस्पतालमै होल्ड (अघोषित बन्दी) गर्ने गरेको छ । मृत्युपछि क्षतिपूर्ति पहिला : सवारी दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई बिमाले व्यहोर्ने पाँच लाखबाहेक समितिले पीडित परिवारसँगको समझदारीमा १० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिँदै आएका थिए । अहिले : मृतकको शव अस्पतालबाट छुटाउन नसकेर आफन्तहरू रुवाबासी गर्दै छन् । बिमाले दिनेबाहेक रकम मृतक परिवारले पाउँदैनन् । गाडीको परिचालन पहिला : समितिले दैनिक ट्रिप शुल्कको नाममा लोकल गाडीसँग एक/दुई सय र लामो दूरीमा चल्नेसँग एक हजारसम्म उठाउँथ्यो । गाडी दुर्घटना भए सम्पूर्ण मर्मत खर्च समितिले नै व्यहोरेर दुरुस्तै बनाइदिने गथ्र्यो । अहिले : सिन्डिकेट अन्त्यसँगै समितिले गाडीधनीसँग रकम उठाउन छोडेका छन् । सम्बन्धित समितिले बिमाको रकम मात्र उठाइरहेका छन् । बिमाले गाडी मर्मतको सबै खर्च व्यहोर्दैन । गाडीको मूल्यांकनअनुसार जतिको बिमा गरेको छ सोहीअनुसार क्षति हेरेर रकम दिने हुँदा बिमाको रकमले गाडी बन्दैन । यात्रु कोचिएरै यात्रा गर्न बाध्य, सास्ती उस्तै सरकारले यातायात सिन्डिकेट औपचारिक अन्त्यको घोषणा गरे पनि यात्रुले महसुस गर्ने गरी कुनै परिवर्तन भएको छैन । यातायात व्यवसायीहरूले पुरानै रुटमा निर्वाध रूपमा गाडी कुदाइरहेका छन् । उनीहरूले पहिलेजस्तै आफ्ना समितिअन्तर्गतको गाडीलाई आलोपालो प्रथा कायमै राखेका छन् । यात्रु कोचिएरै यात्रा गर्न बाध्य छन्, सास्ती उस्तै छ । बसहरू समयमै नछुटे, गन्तव्यसम्म नपुगे कसले कारबाही गर्ने भन्ने टुंगो छैन । संक्रमणकालका लागि भन्दै यातायात व्यवस्था विभागले नयाँ बसपार्कको टिकट काउन्टरबाट लोत्से बहुउद्देश्यीय प्रालिको ब्यानरमा टिकट काट्ने छुट दिएको छ । यातायात साधन दुर्घटनामा परी घाइते भएका यात्रुको बिचल्ली भएको छ । उपचार खर्च तिर्न नसक्दा केही घाइते अस्पतालमै थुनिनुपरेको छ भने मृतकको शव छुटाउन नसकेर आफन्तमा रुवावासी छ । बिमामार्फत मात्र घाइतेले तीन लाख उपचार खर्च र मृतकका आफन्तले पाँच लाख पाएका छन् । सरकारले यातायातलाई व्यवस्थित गर्ने भन्दै कार्यदल गठन गरेको छ । यातायात व्यवसायीहरूले कम्पनी, फर्म र सहकारीअन्तर्गत आफ्नो व्यवसाय दर्ता गर्ने क्रम जारी छ । हालसम्म विभागमा ३१० व्यवसायीले दर्ता गराएका छन् भने १४ अञ्चलका यातायात कार्यालयबाट दर्ता गर्ने क्रम चलिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending