Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सूचना प्रविधि अध्ययनमा यस वर्ष एक करोड ८३ लाख छात्रवृत्ति

विराटनगर। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप–२०७५ प्रदान गर्न लागिएको बताइएको छ । क्यान तथा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनद्वारा शनिबार साँझ यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात प्रदेशबाट सात छात्रालाई छात्रवृत्तिअन्तर्गत काठमाडौँमा रहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत बिएस्सी आइटी विषयको अध्ययन गराइने छ । उक्त छात्रवृत्तिअन्तर्गत फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चारजना, आइसिटी मेरिट स्कलरसिपबाट तीनजना गरी एक प्रदेशबाट सातजना र सात प्रदेशबाट ४९ जनालाई रु एक करोड ८३ लाख ३६ हजार ५०० बराबरको छात्रवृत्ति उपलब्ध गराइने छ । छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीयस्तरको छात्रवृत्ति छनोट समितिसमेत गठन गर्नेछ भने समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी ठेगाना, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसलगायतका आधारमा विद्यार्थी छनोट गर्नेछ । पत्रकार सम्मेलनमा लर्ड बुद्ध एजुकेशनका पंकज जलानले आगामी वर्ष छात्रवृत्ति विद्यार्थी संख्यामा थप गर्ने बताए । क्यान महासंघ, प्रदेश नं १ का अध्यक्ष देवकुमार सुब्बा क्यानका जिल्ला संस्थापक अध्यक्ष सन्तोष दाहाल, चन्दन कुण्डलियालगायतले सूचना प्रविधि विषयलाई शिक्षा मन्त्रालयले विद्यालयस्तरीय पाठ्यक्रममा राख्नुपर्ने तथा सूचना प्रविधि विषयको अध्ययनको शुल्क महँगो भएकाले कम गराउनुपर्नेमा जोड दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending