Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

अल्लो प्रशोधनप्रति महिला आकर्षित

\"\"कालीकोट। कुनै जमानामा गाईभँैसीको आहार हुने गरेको अल्लो अहिले ग्रामीण जनताको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ । यस जिल्लामा महिलाले अल्लोबाट कपडा बनाउन थालेपछि अल्लो आयआर्जन माध्यम बनेको हो । शुभकालिका गाउँपालिका– १ छाति (साविकको भर्ता गाविस)मा चार वर्षअघि जनजाति महिलाले सञ्चालन गरेको अल्लो प्रशोधन उद्योगबाट शुरु भएको यो अभियानमा अहिले जिल्लाका विभिन्न क्षेत्रका महिला पनि समाहित हुन थालेका छन् । हाल सान्नित्रिवेणीको मुम्रा, नरहरिनाथको कुमालगाउँ, तिलागुफाको चिल्खायालगायतका क्षेत्रमा अल्लोको कपडा बनाउन महिला सक्रिय भएका छन् । तीन महिनासम्म तालीम सिकेर ती महिलाले अल्लो प्रशोधन गरी कपडा बनाउन थालेका हुन् । जिल्लाको सबैभन्दा बढी अल्लो पाउने नरहरिनाथ गाउँपालिकाको रुप्साका महिला यो सीप सिक्न दत्तचित्त भएर लागेका छन् । नरहरिनाथ गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग शाखा कार्यालय कालीकोटको समन्वयमा तीन महिने अल्लो प्रशोधन तालीम पाएका महिला स्वयंले अहिले अल्लोको संरक्षण गर्छन् । सीप सिकेर आफ्नो खुट्टामा उभिनसक्ने भएको बताउने कुमालगाउँ निवासी मयसरा बुढाले अहिले अल्लो लोप हुने क्रममा रहेकाले यस बारेमा ध्यान दिनुपर्ने खाँचो औँल्याउछन् । तालीममा सहभागी भएका थुप्रै महिलाले अहिले उद्योग सञ्चालनमा ल्याएका छन् । पाल्पाबाट अल्लो प्रशोधनको तालीम दिन केही मानिस गाउँमा आउँदा के नै फाइदा होला र भनेर बेवास्ता गरेका शुभकालिका गाउँपालिका–१ निवासी पानसरा रोकामगरले आफूले उत्पादन गरेको अल्लोको कपडा जिल्ला बाहिर बिक्री हुने गरेकामा सन्तोष मान्छन् । उनी अल्लोको कपडा उत्पादन गरेर काठमाडौँ लगायतका ठाउँमा बिक्रीका लागि पठाउने गर्छन् । एकमिटर अल्लोबाट उत्पादित कपडाको रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुने गरेको रोकामगरको भनाइ छ । उनी अहिले प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्छन् । अल्लो भनेर हेलाँ गर्नु भन्दा अल्लोको प्रयोगका बारेमा बुझ्नुपर्ने पानसरा रोकामगरको भनाइ छ । नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले आफूले सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गर्छन् । गाउँपालिकाले चेतना अभिवृद्धिमा भन्दा पनि महिलाका लागि सीप सिकार दक्षता हासिल गर्न दिन योजना तथा बजेटको व्यवस्था गरेको उनी बताउछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending