Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

असारे झरीसँगै सुरू भयो उपत्यकाका नदी र चक्रपथ सफाइ

\"\"काठमाडौँ। असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६७ औं हप्तामा कोटेश्वर महादेव मन्दिर अघिको नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाजलगायत १८ संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइका क्रममा जन्मदिन र वैवाहिक उत्सव पर्ने अभियन्ताको उत्सव यसरी मनाउन शुरु गरिएको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेलले बताए । सफाइमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, सचिव दीपेन्द्रनाथ शर्मा, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी हुनुभयो । मन्त्री राईले सफाइ महाअभियानमा सरकार साथमै रहने प्रतिबद्धता जनाए । सचिव शर्माले उपत्यकाका नदी र चक्रपथ सफाइले जनचेतना जगाउने काम गरेकामा प्रशंशा गरे । वाग्मती सफाइ २६८ औँ हप्ताको कार्यक्रम असार १६ गते शनिबार जोरपाटीस्थित नारायणटार पुल क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ । आलोकनगर क्षेत्रमा सफाइ गर्दै आएको मातृशक्ति समूह मीनभवन क्षेत्रबाट सफाइ गर्दै कोटेश्वर महादेव मन्दिर अघि पुगी वाग्मती सफाइ महाअभियानमै समाहित भएको संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिए । सफाइ अभियानले एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२८ औं हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिका–७ र ८ को सीमास्थित माकालबारी क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल वडा नं– ७ का अध्यक्ष केशव गुरुङ, वडा नं– ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, महिला समूह, विभिन्न विद्यालयका विद्यार्थी लगायत ७५० भन्दा बढी अभियन्ताको उपस्थिति थियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । सफाइसँगै जनचेतनामूलक नारा नदी र किनारमा फोहर फाल्नेलाई कानूनी कारबाहीको दायरमा ल्याइने जानकारी गराइयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाको महिला जागरण समूहले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो । गोठाटार पुल क्षेत्रमा पनि सफाइ गरी जापानिज स्कुल एशोसियसन नेपालको सहभागितामा साकुरा बगैँचा पनि गोडमेल गरियो । सफाइमा वाग्मती सुन्दरता सरोकारमञ्च, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटी, लगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो । रुद्रमती सफाइको २२२ औं हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वर–सम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिए । विष्णुमती सफाइ अभियानको १९४ औं हप्तामा टोखा नगरपालिका– ११ स्थित नदी क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी विद्यार्थी र अभियन्ता गरी २५० भन्दा बढी व्यक्तिको सहभागिता थियो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन लामाले राससलाई जानकारी दिनुभयो । सफाइमा वडा नं ११ का अध्यक्ष उत्तम अधिकारी लगायतको सहभागिता थियो । वाग्मतीको तिलगंगा क्षेत्र सफाइ अभियानको १६९ औँ हप्तामा तिलगंगा आँखा अस्पताल अघिको नदी किनारमा जनचेतनामूलक सफाइ गरियो । सफाइमा वाग्मती सरोकार मञ्च, काठमाडौँ महानगरपालिका– ८ र ९ का सदस्यको पनि सहभागिता थियो । सफाइका क्रममा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ६३ औं हप्तामा बालाजुचोकबाट वनस्थलीसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, लगायत संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । आजको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बुटवलको तिनाउ नदी सफाइ अभियान पनि आजैदेखि शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ९५ स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष समेत घोषणा गरेको छ । वाग्मती सफाइ महा अभियानले २०० वर्ष प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणा पत्र नै जारी गरेको थियो । सफाइ अभियानलाई स्वयंसेवी कामका रुपमा देशभर विस्तार गर्ने सन्दर्भमा छलफल भइरहेको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending