Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

हत्या आरोपित सार्वजनिक

रोल्पा, गत बैशाख १९ गते पश्चिम रोल्पाको इरिबाङ ३ सुकिदह भन्ने स्थानको जंगलको बीचमा रहेको गोठमा मृत भेटिएका दुई युवकहरुको हत्याका आरोपितहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । तालाबाङ निवासी वर्ष १९ का दिनेशकुमार घर्तीमगर र सोही ठाउँ निवासी २४ वर्षका दिनेश घर्तीमगरलाई हत्या गरी फ्याँकेर फरार रहेका आरोपितहरुलाई प्रहरीले पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । हत्याका मुख्य योजनाकार दाङ तुलसीपुर नगरपालिका ५ घर भई बिजौरी ६ हापुर बस्ने ३५ वर्षीय राजेश खड्का भनिने राजेश गुप्ता, हत्यामा संलग्न रहेका रुपन्देही तिलोत्तमा नगरपालिका १८ बस्ने ३४ वर्षीय ऋषिकुमार श्रेष्ठ, जिल्ला नवलपरासी अमरौड गाविस वडा नं ९ स्थायी ठेगाना भई भैरहवा बस्ने २३ वर्षीय गुमान सिंह गुरुङ, रोल्पा तालाबाङ ६ बस्ने ३१ वर्षीय हिमाल पुन भनिने गणेश कुमार घर्तीमगर र रुपन्देही बुटवल उपमहानगरपालिका ६ बस्ने ३५ वर्षीय बीरबहादुर सुनारलाई सोमबार रोल्पा प्रहरीले सार्वजनिक गरेको हो । यो गम्भीर अपराध गर्नका लागि आर्थिक प्रलोभननै मुख्य कारण रहेको प्रहरी नायव उपरीक्षक रमेश थापाले बताए । घटनाका मुख्य योजनाकार राजेश गुप्ताले यसअघि पनि थुप्रै अपराधिक क्रियाकलाप गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाई छ । गम्भीर प्रकृतिको घटना घटाउनका लागि योजनाकार गुप्ताले अन्य विभिन्न स्थानका ५ युवाहरुलाई समेत आफ्नो योजना अनुरुप प्रयोगमा ल्याएका छन् । हत्याको पूर्व योजना अनुसार ११ गते राति जडिबुटी र पुराना सामान देखाउन भनी बीरबहाद्ुर सुनारलाई हिमाल पुन, गणेश कुमार घर्तीमगर र राजेश खड्का लगायतले मोटरसाईकलद्वारा बन्धक बनाई घटनास्थलतर्फ लगेको बताईएको छ । राजेश खड्काले १४ गते ऋषिकुमार श्रेष्ठ र ग्ुमानसिंह गुरुङलाई र अर्कोदिन दिनेश कुमार घर्तीमगरलाई मोटरसाईकलमा लगेर बन्धक बनाई राखेको खुल्न आएको छ । १६ गते बिहान पीडित कहलिएका ३ जना ईप्रका ओहबाङमा आएर घटनाको बारेमा जानकारी गराउँदै आफु अन्यायमा परेको बताएका थिए । २५ गते लिखित किटानी जाहेरी दरखास्त दिएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धान गर्दै जानेक्रममा आफू पीडित बनेर आएकाहरु नै घटनामा संलग्न रहेको आशंका प्रहरीले गरेको थियो । अनुसन्धान गर्दैजाँदा घटनामा संलग्न रहेका ती आरोपित हत्याराहरु रोल्पा छाडेर भाग्न थालेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । यसरी एक अर्कामा चलखेल गरेर योजना बनाई सुकिदह जंगलको बिचभागमा रहेको गोठमा लगी हत्या हुनुअघि ती दुइ युवकहरुलाई बन्धक बनाईएको थियो । घटनामा प्रयोग गरी लुकाईराखेका २ ओटा मोटरसाईकल, एउटा ईरिबाङबाट र अर्को भिँग्री ९ सयमुरी भन्ने स्थानबाट बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार १ तोला ४६ लालको सुनको सिक्रि एक थान भालुबाङमा रहेकी गायत्री केसीको घरबाट ऋषिकुमार श्रेष्ठलाई आरोपित पुष्टी गर्ने प्रमाण फेला पारिएको थियो । नगद रु १० हजार, प्रतिवादीले प्रयोग गरेको मोबाईल ३ थान, सिमकार्ड ६ थान बरामद गरेको छ । यस्तै राजेशबाट ५ हजार २ सय १० रुपैंया नगद र हिमाल पुन बाट ५ हजार नगद रुपैंया बरामद गरेको छ । यसरी विभिन्न तवरले मुख्य योजना बनाई ती दुई युवाहरुबाट करौडौं रुपैंया असुल्ने र उनीहरुको हत्या गर्ने योजना बनाएका योजनाकार सहित हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कर्तब्यज्यान मुद्धा सम्बन्धीको कारवाहीको प्रक्रिया थालेको छ । हत्या गरिएको स्थानबाट प्रहरीले ३ ओटा काठको लठ्ठी, एकथान आर्मी कलरको झोला, काठको मुङ्ग्रो, चप्पल एक जोर, जलेको काठको दाउरा एक थान फेला पारेको हो । त्यस्तै मृतक दिनेश कुमार घर्तीको साथबाट पुराना सिक्काहरु ५ थान, मोटरसाईकलको सवारी दर्ता किताब एक थान, पल्सर मोटरसाईकलको चाबी एक थान, नगद रु ९ हजार १ सय ३० रुपैंया समेत फेला पारेको छ । तस्करी गर्ने, पुराना सामानहरुको किनमेल गर्ने, विभिन्न अवैध कारोबार गर्ने गरेका ती युवाहरुले पैसाकै लागि हत्या जस्ता जघन्य अपराधिक क्रियाकलाप गरेको प्रहरीले सार्वजनिक गरेको छ । यस घटनामा एकजना मुख्य योजनाकार ४ जना हत्यालाई परिणाम दिने सहयोगी रहेका छन् । युवाहरुको यस प्रकारको अपराधिक क्रियाकलापले २ युवाहरुको विभत्स हत्या भएको छ भने स्थानीय त्रसित एवम आतंकित बनेका छन् । पैसाको लोभमा मान्छेको हत्या गर्नेसम्म पछि नपर्ने यस्ता युवाहरुलाई कडाईका साथ कारवाही गर्नुपर्नेमा मृतकका आफन्तको माग रहेको छ । यसैबीच मदिराका कारण अपराधिक क्रियाकलाप तथा घरेलु हिंसा बढ्ने गरेको तथ्याङ्क सार्वजनिक भइरहँदा रोल्पा प्रहरीले छड्के अनुगमन गरेको छ । जिल्ला सदरमुकाम लिबाङमा सोमबार गरिएको छड्के अनुगमनका क्रममा विभिन्न होटेल, नास्ता पसल तथा मदिरा उत्पादन हुने भट्टीहरुबाट २ सय लिटर रक्सी र ४ सय केजी मदिरा उत्पादन हुने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ । प्रहरी नायव उपरीक्षक रमेश थापाको नेतृत्वमा बरामद गरिएको मदिरा पत्रकारको रोहबरमा नष्ट गरिएको छ । अवैध रुपमा घरेलु मदिरा विक्रिवितरण भइरहेको र त्यसबाट सरकारले राजश्व पनि नपाउने उल्टै घरेलु हिंसा तथा मानव हत्याजस्ता जघन्य अपराध समेत भइरहेकोले यस्तो कदम चालिएको रोल्पा प्रहरी प्रमुख रमेश थापाले बताए । बैशाख १३ गतेदेखि नै यो अभियान चलाउने छलफल राजनीतिक दलहरुसँग भएको भए पनि विनाशकारी भूकम्पका कारण ढिलो हुन गएको थापाले बताए । सोमबारबाट थालिएको यो अभियान छड्के रुपमा निरन्तर चलाइने समेत उनले जानकारी दिए । यता व्यवसायीहरुले भने एक्काशी गरिएको छड्के अनुगमन राम्रो नभएको प्रतिक्रिया दिएका छन् । यसरी जबर्जस्ती भन्दा पहिलो कुरा खाँदा बेफाइदा हुन्छ भन्नेकुरालाई बुझाउन लाग्नुपर्ने उनीहरुको भनाई छ । ‘प्रहरीले नै बेलुकीपख लठ्ठीएर हिड्छन्’ एक होटेल व्यवसायीले भने ‘ती प्रहरीले पैसा तिरेर खान्छन् कि त्यसै ?’ प्रहरी नायव उपरीक्षक रमेश थापाले पैसामा बेच्ने र व्यवसाय नै त्यही गर्नेहरुकोमा मात्र अनुगमन गरिने स्पष्ट पारे । ‘हामीले गाउँमा गएर कसैको घर खोलेका छैनौं’ थापाले भने ‘मदिरा वेचविखन गरेका ठाउँहरुमा मात्र अनुगमन गर्छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies