Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

‘म एउटा भगवान् खोजिरहेछु’

[caption id=\"attachment_192062\" align=\"alignleft\" width=\"507\"]\"\" धर्मनाथ पासवान[/caption] काठमाडौं । साउदीको राजधानी रियादबाट ३ सय १८ किमि टाढा पर्छ, अलहासा । साउदीको पूर्वी क्षेत्रमा पर्ने अलहासास्थित किङ फाहद अस्पतालमा धनुषाका धर्मनाथ पासवान मुुलुक फिर्ने दिन पर्खिरहेका छन् । जबसम्म धर्मनाथले उपचारमा लागेको एक लाख ८५ हजार रियाल (करिब ५१ लाख ८० हजार रुपैयाँ) अस्पताललाई बुझाउँदैनन्, तबसम्म मुलुक फिर्ने बाटो खुल्दैन । गत मार्चमा अस्पतालले उपलब्ध गराएको बिल हो यो । तर उनले तिर्नुपर्ने रकम हरेक दिन बढिरहेको छ । अाजको कान्तिपुरमा खबर छ-‘म एउटा भगवान् खोजिरहेको छु,’ धर्मनाथले रुँदै भने, ‘यति ठूलो रकम तिर्न सक्ने मेरो क्षमता छैन ।’ अस्पतालमा बस्न–खान समस्या छैन । पैसा नतिरेको निहुँमा अस्पताल प्रशासनले उनलाई धेरै तनाव पनि दिएको छैन । तर, उनलाई सधैं भन्ने गरिएको छ, ‘तिमीले पैसा भुक्तानी नगरेसम्म यहाँबाट बाहिर जानचाहिँ मिल्दैन ।’ धर्मनाथका स्पोन्सर (रोजगारदाता) ‘अब्दुल्ला सइद अल गाम्दी’ हुन् । साउदीको श्रम कानुनअनुसार कामदारको स्वास्थ्य उपचारको जिम्मेवारी स्पोन्सरको दायित्वभित्र पर्छ । तर, धर्मनाथको स्पोन्सरले यसबाट उन्मुक्ति पाएका छन् । किनकि धर्मनाथ घटना हुनुअघि नै स्पोन्सरले ‘हुरुप’ (आफूसँग नरहेको जानकारी दिने) लगाइदिइसकेका थिए । *** धर्मनाथका ६५ वर्षीय बुबा धनुषामा रिक्सा चलाउँछन् । उनका चार छोरी र एक छोरा छन् । ११ मे २०१४ मा उनी साउदी पुगेका थिए । साउन्ड लाइन्स म्यानपावरका एजेन्ट चन्डेश्वर मण्डललाई बिना रसिद ९० हजार रुपैयाँ बुझाए । १३ सय रियाल र ८ घण्टा काम गर्नुपर्ने सर्त थियो । तर, रोजगारदाताले दैनिक १२ घण्टा काम गर्दा पनि एक हजार रियालभन्दा बढी दिएनन् । सर्तअनुसार सेवासुविधा नपाएको गुनासो धर्मनाथले चन्डेश्वरलाई सुनाउँथे । एजेन्टको सिधा पहुँच रोजगारदातासँग थिएन । साउदी गएदेखि नै उनको साथमा राहदानी थिएन । रोजगारदाताले इकमा (परिचय) पत्र पनि दिएन । उक्त कम्पनीमा ९ महिना काम गरेपछि उनी अलहासा सल्मानियास्थित एउटा वर्कशपमा काम गर्न गए । वर्कशप मालिकले दुई हजार रियाल दिने सर्तमा धर्मनाथले पहिलो रोजगारदाता छोडेका थिए । दोस्रो मालिकले दुई हजारको सट्टा १५ सय मात्रै दिए । दोस्रो मालिकले नै इकामा नवीकरण गरिदिने अश्वासन दिई राखे । इकामा नवीकरण हुने आशामा उनले आममाफीको पनि सदुपयोग गरेनन् । २६ फेबु्रअरी २०१७ को राति ३:१५ बजे सडक पार गर्नेक्रमा सल्मानियामा उनलाई गाडीले ठक्कर दिएर भाग्यो । धर्मनाथको टाउकोमा गम्भीर चोट लाग्यो । ढाड र हातखुट्टा भाँच्चिए । ठक्कर दिने गाडी पत्ता लागेन । उनलाई प्रहरीले सरकारी अस्पताल किङ फाहदको इमर्जेन्सीमा भर्ना गरिदियो । अस्पतालले उनको कानुनी हैसियत नहेरी उपचार गरिदियो । ‘अस्पतालले मलाई त बचायो । तर यत्रो उपचार खर्च कसरी जुटाउने ? कसले ब्यहोरिदिन्छ भन्ने एकदमै चिन्ता छ,’ उनले भने, ‘घरबाट पनि दिनहुँजसो फोन आइराख्छ । उनीहरू कहिले आउने भनेर सोध्छन् । मसँग जवाफ नै हुँदैन ।’ अहिले उनी विस्तारै हिँडडुल गर्न सक्ने भएका छन् । *** अस्पतालले एक वर्षअघि नै धर्मनाथलाई डिस्चार्ज गर्ने बताएको थियो । डिस्चार्ज हुने खबर पाएपछि गैरआवासीय नेपाली संघ साउदी अरबले २४ जुन २०१७ मा मुलुक पठाउने भनेर टिकटसमेत काटिदिएको थियो । तर, अस्पतालले उपचार खर्च दाबी गरेपछि त्यो टिकट पनि खेर गयो । उपचार खर्च मिनाहा गर्न रियादस्थित नेपाली दूतावासले अस्पताल प्रशासनलाई अनुरोध गरेको थियो । अस्पतालका प्रमुखलाई भेटेर उपनियाेग प्रमुख आनन्दराज शर्माले मिनाहा गर्न अनुरोध गरे । ‘निकै ठूलो रकम भएकाले मिनाहा गर्न नसक्ने बताए,’ शर्माले भने । दूतावासले परराष्ट्र मन्त्रालय हुँदै स्वास्थ्य मन्त्रालयसँग पनि कुराकानी गरेको थियो । स्वास्थ्य मन्त्रालयले पनि दूतावासको प्रस्ताव स्वीकार गरेन । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपूतले पूर्वी क्षेत्र हेर्ने गभर्नरलाई भेटेर उपचार खर्च मिनाहा गर्न आग्रह गरे । गभर्नर सकारात्मक भए पनि हालसम्म कुनै औपचारिक जवाफ आएको छैन । साउदी सरकारबाट मिनाहा हुने सम्भावना नदेखेपछि रकम पठाइदिन दूतावासले नेपाल सरकारलाई समेत आग्रह गरेको छ । एनआरएन साउदीका अध्यक्ष नारायण पासवानले कुनै उपाय नलागे एनआरएनले समुदायस्तरबाट पैसा उठाउने अभियान सञ्चालन गर्ने बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies