Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

प्रहरीको टार्गेटमा रहेका १९० डनहरूको सूची तयार (नामसहित)

काठमाडाैं । उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । प्रहरीका अनुसार कपनका फुपू भनिने ३७ वर्षीय फुपुछिरिङ शेर्पा, सोल्टिमोडका ३७ वर्षीय वसन्तकुमार भुसाल, बालाजूका ३४ वर्षीय कान्छा भनिने दीपेन्द्र प्याकुरेल, काभ्रेका ३३ वर्षीय स्याल भनिने सञ्जीव लामा, रातोपुलका २४ वर्षीय आशिष राई, सोलुखुम्बूका २७ वर्षीय कृष्ण खड्का निगरानीमा छन् । त्यस्तै, गोंगबूका ३८ वर्षीय काले भनिने साजन महर्जन, चाँगु नारायणका फिस्टे भनिने ३५ वर्षीय रामेश्वर गौतम, सर्लाहीका ३१ वर्षीय श्याम मोक्तान, संखुवासभाको दिदिङ–१ का ३३ वर्षीय दुर्गाबहादुर राई, सामाखुसीका ३२ वर्षीय नेरू लामा, भक्तपुरका ५४ वर्षीय नवीन विष्ट, ठमेलका ४९ वर्षीय दीपक मनांगे भनिने राजीव गुरुङ, बसुन्धराका ३३ वर्षीय निरे भनिने रिजन पौडेल र महाराजगन्जका चक्रे मिलन भनिने ४५ वर्षीय मिलन गुरुङ यो सूचीमा छन् । उच्च निगरानीकै सूचीमा नयाँ बानेश्वरका ३६ वर्षीय उमेश लामा, बौद्धका केसी भनिने २८ वर्षीय प्रवीण खड्का, बौद्धकै दावा भनिने ३४ वर्षीय जितेन्द्र तामाङ, स्वयम्भूका २८ वर्षीय कारोतो गुरुङ र स्वयम्भूकै ३८ वर्षीय कर्मा घले पनि छन् । आक्रामक अप्रेसन यसमध्ये, दीपक मनांगे उर्फ राजीव गुरुङ र स्याल भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् । प्रदेश ४ का सांसदसमेत रहेका मनांगे अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा स्वयम्भूबाट पक्राउ परेका थिए । लामालाई भने बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । त्यसबाहेक काभ्रेका चर्चित डन गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामै छन् । गणेश हातहतियार मुद्दामा पक्राउ गरिएको थियो भने अशोकलाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो । काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले गुण्डागर्दीविरुद्ध प्रहरी आक्रामक ढंगले लागेको बताए । उनले भने, ‘गुण्डागर्दी नियन्त्रणका लागि हामीले विशेष कार्यविधि बनाएका छौँ । जसअनुसार राजधानीका डन भनिनेहरूको सबै लिस्ट उतारेका छौँ । चालचलनका आधारमा वर्गीकरण गरेर केही पक्राउ परिसकेका छन् । केही उच्च निगरानीमा छन् ।’ महानगरीय अपराध अनुसन्धान महाशाखा पनि गुण्डागर्दी नियन्त्रणमा आक्रामक ढंगले लागेको छ । अशोक लामामाथि गोली प्रहार गर्नु र डनले लिएका लाइसेन्स प्राप्त हतियार जफत गर्नु यसका उदाहरण हुन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढंगले लागेको छ ।’ गुण्डागर्दी नियन्त्रण अभियानकै क्रममा अशोक लामालाई पक्राउ र वीरेन्द्रलाल श्रेष्ठ, बले भनिने बलराम सापकोटा, आङकाजी शेर्पा र रगुनाथ पुरीको लाइसेन्स प्राप्त हतियार जफत गरिएको सिंहले बताए । डनहरुको सूची: \"\" \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending