सेनाबाट उहांको घर घेराउ गरियो जुन प्रशिक्षक कार्यक्रमका लागि मोहन बैद्य (किरण), रामबहादुर थापा (बादल), सिपी गजुरेल, पोष्टबहादुर बोगटीलगायतका नेताहरु थिए । उहांले आफु र आफ्नो परिवारको ज्यान जोखिममा राखेर घरको भित्ता फोडेर ती नेताहरुलाई सिमा पार गराउनु भएको थियो जुनकुरा अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । निषेधित सामाग्रीहरु उहांको घरमा राखेको कुरा सेनाले थाहा पाउँदा थप्रै दुब्यबहार भोग्नूपरेको थियो ।उनैलाई भेट्न गत भदौको एकाबिहानै नेकपाका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ उहाँको कैलाली अत्तरियास्थित निवासमा पुग्दा उनले आफ्नो आँसु थाम्न सकेनन् । जून परिस्थितिमा प्रचण्ड पनि अति भावुक हुनुभयो किनभने दुबैजना एक अर्कालाई धेरै माया र सम्मान गर्दछन् । अध्यक्ष प्रचण्डलाई आशिबार्द दिदै उहांले नेपालको कार्यकारी राष्ट्रपति हुनु र आफ्नो पार्टीलाई असल र जनताको पार्टीको रुपमा स्थापित गराउनु भान्जा मेरो अबको अन्तिम ईच्छा यहि हो भन्नूभयो र अध्यक्ष प्रचण्ड भाव विह्ल हुदै मामा हजुरले आर्शिवाद दिएजस्तै हुनेछ भन्नुभयो । तत्कालिन माओवादी पार्टी बृत्तमा सबैका प्रिय मामा भनेर उहां (दीर्घराज ओझा) चिनिुनुहुन्छ । प्रायः सबै जसो शीर्ष नेताहरु उहांसंग नजिक हुनुहुन्थ्यो तरपनि १० बर्षे जनयुद्धपछि उहां किन गुमनाम बनाईए, यसको उत्तर सायद उहांसंग पनि छैन होला । जनयुद्ध अघि होस वा जनयुद्ध कालमा होस, सूदुर पश्चिममा हूने माओवादीका धेरै जसो कार्यक्रमहरु उहांकै निवासमा हुने गर्दथे । यसै प्रशिक्षककै शिलशिलामा एक दिन सेनाबाट उहांको घर घेराउ गरियो जुन प्रशिक्षक कार्यक्रमका लागि मोहन बैद्य (किरण), रामबहादुर थापा (बादल), सिपी गजुरेल, पोष्टबहादुर बोगटीलगायतका नेताहरु थिए । उहांले आफु र आफ्नो परिवारको ज्यान जोखिममा राखेर घरको भित्ता फोडेर ती नेताहरुलाई सिमा पार गराउनु भएको थियो जुनकुरा अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । निषेधित सामाग्रीहरु उहांको घरमा राखेको कुरा सेनाले थाहा पाउँदा थप्रै दुब्यबहार भोग्नूपरेको थियो । ज्यानको जोखिम मोलेर औषधि गर्ने बहाना बनाई भारतमा नेताहरुलाई लुकलुकि भेटघाट तथा आर्थिक सहयोगका लागि जाने गरेको उहांको मानसपटलमा ताजै छन् । पञ्चायत कालदेखि नै कम्युनिष्ट सिद्धान्तलाई अंगालेका उनी डा. बाबुराम भट्टराई अध्यक्ष रहेको तत्कालिन संयूक्त जनमोर्चाका किसान संगठनमा पनि आबद्ध भई उम्मेदबार पनि बनाईएका थिए । यसै चुनाबी सिलसिलामा बूथ क्याप्चर गरेको आरोपमा उनलाई पक्राउ पूर्जी (वारेन्ट) जारी गरिएको थियो । यी कम्युनिष्ट आन्दोलनका गूमनाम यात्रीले कहिल्यै पदको लालसा राखेनन्, त्यसैले सायद गूमनाम यात्री...। हामी जस्ता कम्युनिष्टका सिपाहीको कदर किन हुन सकेन भन्ने अध्यक्ष प्रचण्डसंग थूपै गुनासाहरु हुँदा हुँदै पनि उहांलाई राष्ट्र नायक र राजनेता भएको हेर्न चाहन्छन यी गुमनाम यात्रीले । यहीबीचमा उहांको परिवारमा एउटा दर्दनाक घटनाले गर्दा वहां बिक्ष्प्ति हुनुभयो । यो लेखि रहँदा पीडाबोध भएको छ । भन्नु र लेख्नु थूपै्र कुराहरु छन् वहांको बारेमा । सायद अगाडी नै आउनूपर्ने यी कूराहरु अहिले पनि स्थनीय स्तरमा उहांको योगदान र आदर्शको उच्च सम्मान गरिन्छ । प्रचण्डसँग उहांको भेटघाट ९ बर्षपछिको अन्तरालमा हुँदा यो प्रसंग उठेको हो ।
प्रतिकृया लेख्नुहोस्: