Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

चिनियाँ राष्ट्रपति सिसँग किन गरे प्रधानमन्त्री ओलीले भारतको चर्चा ?

काठमाडाैं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले अर्को छिमेकी भारतको प्रसङ्ग समेत उप्काउँदै यी दुवै विशाल मुलुकबीच सहकार्यका लागि आह्वान गरेको परराष्ट्रमन्त्रीले बताएका छन् ।

नेपाल दुईमध्ये एकसँग निकट भएको देखिँदा बेइजिङ र दिल्ली दुवै सशङ्क हुने गरेको बुझाइमाझ ओलीको त्यस्तो आग्रहलाई यी उदीयमान महाशक्तिबीच सन्तुलन मिलाउने प्रयासका रूपमा कतिपयले अर्थ्याएका छन् । ओलीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली पक्षको आग्रहप्रति चीनको नेतृत्व तहले सकारात्मक प्रतिक्रिया जनाएको र नेपाल, भारत तथा चीनबीच त्रिदेशीय साझेदारीमा जोड दिएको पनि जनाए । सामान्यतया द्विपक्षीय भेटवार्तामा तेस्रो मुलुकको प्रसङ्ग विरलै उठाउने गरिन्छ । अझ नेपाल-चीनको हकमा त्यो विषय झन् संवेदनशील मानिने गरेको छ । प्रधानमन्त्रीका रूपमा ओलीले दुई वर्षअघि गरेको पहिलो चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सि जिनपिङ स्वयंले भारत र चीनको विकासबाट लाभ लिन नेपाललाई आग्रह गर्नुका साथै त्रिदेशीय साझेदारीका विषय उठाएका थिए । नाकाबन्दीपछि भएको उक्त भ्रमणमा चिनियाँ पक्षबाट उठाइएको प्रसङ्ग अर्थपूर्ण मानिएको थियो । यसपालि स्वयम् ओलीले नेपालसहित समग्र दक्षिण एशियाली क्षेत्रका लागि चीन र भारतको सहकार्य फलदायी हुने धारणा चिनियाँ पक्षसमक्ष राखेको बताइएको छ । त्यसको पुष्टि गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङबाट बीबीसीसँग भने, \"पछिल्लो समयमा भारत र चीनबीच जुन किसिमको भेटवार्ता र समझदारी बढ्दै गएको छ, त्यसको हामी स्वागत गर्छौँ । र, त्यस्तो खाले सहकार्यले समग्र दक्षिण एशियाली क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।\" उनका अनुसार त्यसैले नेपाली पक्षले भारत र चीनबीच प्रतिस्पर्धा होइन, सहयोग रहेको हेर्न चाहेको चीनको नेतृत्वलाई बतायो । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दुवै जनासँगको भेटवार्ता उक्त प्रसङ्ग उठाइएको बताइएको छ । यसमा चिनियाँ पक्षको प्रतिक्रिया कस्तो रह्यो त ? जवाफमा फेरि परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, \"उहाँहरूले पनि समझदारी अन्य मुलुकका लागि पनि लाभकारी हुन्छ र हामीले सहकार्य अघि बढाउँदै जाँदा त्रिदेशीय साझेदारी र क्षेत्रीय साझेदारीमा त्यसले सहयोग पुर्‍याउँछ भन्ने धारणा राख्नुभयो ।\" भारत \'अनिच्छुक\' तर त्रिदेशीय साझेदारीमा भारतले रुचि देखाएको पाइँदैन । चीनसँग नेपालको बढ्दो निकटता दिल्लीलाई बिझाउने गरेको जानकारहरूको धारणा पाइन्छ । दुई विशाल छिमेकीबीच सन्तुलनको चर्चा गर्ने प्रधानमन्त्री ओलीले के भारत-चीन सहकार्यको कुरा गरेर दिल्ली र बेइजिङलाई आश्वस्त पार्न खोजेका हुन् त ? जवाफमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका जानकार डा. खड्ग केसी भन्छन्, \"कूटनीतिक रूपमा त यो विषय ठिक देखिएला। तर एउटा सार्वभौम मुलुकको हैसियतमा भारतसँग पछिल्लोपटक विश्वासको सम्बन्ध देखिएका बेला अझै पनि भूराजनीतिक अप्ठ्याराहरू रहेको सङ्केत पछिल्लो आग्रह हो ।\" ती अप्ठ्याराबारे डा. केसीले व्याख्या नगरेक पनि चीनसँगको सम्बन्धलाई लिएर नेपालले दिल्लीको प्रत्यक्ष वा परोक्ष दबाब झेलिरहेको भन्ने मान्यतालाई उनले सङ्केत गरेको प्रतीत हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending