Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

हेलो सरकारमा गुनासाः राष्ट्रपति र प्रधानमन्त्री राजा–महाराजा भए

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा चीनदेखि काठमाडौंसम्म रेल ल्याउने सम्झौता गरिरहँदा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारमा भने आधारभूत आवश्यकताका विषयमा उजुरी पर्ने गरेका छन् । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको तथा उपभोग्य वस्तु दूषित र अस्वस्थ भएकोजस्ता गुनासा र उजुरीको चाङ हेलो सरकारमा बढ्दै गएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-सरकारले आर्थिक समृद्धिको बहस गरिरहँदा नागरिकले आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तु सही मूल्यमा स्वस्थ उपलब्ध गराउन माग गरेका हुन् । सम्बन्धित निकायमा गुनासा पठाइदिन्छौँ, तर कार्यान्वयन हुँदैन  प्रद्युम्न उपाध्याय प्रमुख, हेलो सरकार इकाइ अधिकांशले शुद्ध खानेपानी र स्वस्थ दूधका लागि सरकारले ग्यारेन्टी नगरिदिएको गुनासो गरका छन् । त्यस्ता गुनासा हामीले खानेपानी तथा सरसफाइ मन्त्रालय, कृषि विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाउने गरेका छौँ । राष्ट्रपति र प्रधानमन्त्रीको सवारीबारे आउने गुनासा उहाँहरूको निजी सचिवालय र सल्लाहकारलाई टिपाउने गरिएको छ । यातायात र सडकसम्बन्धी धेरै गुनासा भौतिक योजना तथा यातायात मन्त्रालयमा पठाएका छौँ । तर, जनताको गुनासो सुन्ने र समाधान खोज्ने हेलो सरकारको आफ्नै गुनासो छ । सम्बन्धित निकायले जनताका गुनासा सम्बोधन नै गर्दैनन् । अनि हामीसँग जनतालाई दिने जवाफ हुँदैन । विद्युत् काटिने, हाफ लाइन आउनेजस्ता उजुरी र गुनासालाई भने विद्युत् प्राधिकरणले जतिसक्दो छिटो सम्बोधन गर्ने गरेको छ । प्रधानमन्त्री कार्यालयमा यस्ता गुनासा पानी र दूध  सेवन गर्नै त्रास भयो प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ । ‘अनुगमनबाट दूधमा अखाद्य वस्तु मिसावटको समाचार आयो, तर त्यस्तो मिसावट गर्नेलाई के कारबाही गरियो र अब दूधको गुणस्तर कस्तो छ भन्ने गुनासा धेरै छन्,’ हेलो सरकार इकाइका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले भने । सरकारी कार्यालयका फोन उठ्दैनन् सरकारी कार्यालयका अधिकांश फोन नउठ्ने गरेको गुनासा पनि उत्तिकै छन् । कार्यालयको वेबसाइटमा राखिएको नम्बरमा फोन गर्दा नउठ्ने र उठाउँदा पनि स्पष्ट सूचना नदिने गरेको गुनासो दर्ता भइरहेका हुन् । राष्ट्रपति र प्रधानमन्त्री राजा–महाराजा हुन् ? हेलो सरकारमार्फत कतिपय नागरिकले राष्ट्रपति र प्रधानमन्त्रीमाथि पनि प्रश्न उठाएका छन् । राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधारणदेखि एम्बुलेन्सलाई समेत रोक्ने गरेको र घन्टौँ जाममा राख्ने गरिएको गुनासा दर्ता भएका छन् । ‘राष्ट्रपति, प्रधानमन्त्रीको सवारीमा सर्वसाधारणका साथै बिरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स पनि रोकेर घन्टौँ जाममा राखिन्छ, हेलो सरकारमार्फत धेरैले उहाँहरूलाई सोध्ने गरेका छन्, तपाईंहरू पहिलाको राजा–महाराजाजस्तै हो ?’ प्रद्युम्न उपाध्यायले भने । हावादारी समाचारले अन्योलमा परियो अनलाइन तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिने जथाभावी ‘फेक’ समाचारले अन्योल र त्रास बढाएको गुनासा पनि हेलो सरकारमा परेका छन् । यसलाई नियन्त्रण गर्न माग गरिएको छ । निजी स्कुलले भौतिक मापदण्ड मानेनन् निजी विद्यालयहरूले साँघुरा घर भाडामा लिएर स्कुल चलाएर भौतिक मापदण्ड उल्लंघन गरेको गुनासा पनि छन् । केटाकेटीका लागि स्कुलमा उचित खेल मैदान नभएकाले अनुगमन तथा नियमन गर्न सरकारसँग माग गरेका छन् । मूल्यवृद्धिले जीवन चलाउनै गाह्रो भो बजेट भाषणलगत्तै मूल्यवृद्धिसँग सम्बन्धित गुनासा बढेका छन् । उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा दोब्बरसम्म मूल्यवृद्धि भएको गुनासा दर्ता गराएका छन् । तत्काल बजार अनुगमन गरेर सही मूल्यमा कारोबार गर्न लगाउन सरकारसँग जनताको माग छ । सार्वजनिक यातायातमा कोचाकोच भयो सार्वजनिक यातायातमा भोग्नुपरेको सास्तीसँग सम्बन्धित गुनासा उत्तिकै परेका छन् । सवारीसाधनमा सिटभन्दा धेरै यात्रु राख्न नपाउने व्यवस्था गरे पनि नियम पालना नभएको गुनासा पनि छन् । नियम बनाउने, तर कार्यान्वयन नगर्ने स्थिति भयो भन्ने गुनासा पनि सम्बोधन भने हुन सकेको छैन । यस्तै, फुटपाथमा जथाभावी पार्किङ गरिँदा हिँड्ने ठाउँ नभएको गुनासा पनि छन् । बौद्ध जाने बाटो खेतजस्तो भयो बर्खा लागेसँगै बौद्ध जाने सडकको अव्यवस्थालाई लिएर धेरै गुनासा हेलो सरकारमा परेका छन् । हिलैहिलो हुँदा गाडी नै चल्न नसकेको गुनासाको चाङ लाग्ने गरेको उपाध्यायले बताए । यस्तै सडकको धुलोले बढेको प्रदूषणलाई लिएर पनि धेरैको गुनासो छ । यातायातमा लाइसेन्स लिँदा खेप्नुपर्ने समस्यादेखि सडकका खाल्डाखुल्डीको पीडा पनि हेलो सरकारमा थुप्रिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending