Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

निमित्तको भरमा स्थानीय तह चलाउनेको अधिकार रोक्का

काठमाडौं । स्थानीय तहका अध्यक्ष र मेयरले विभिन्न स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका उपसचिव तथा शाखा अधिकृत तहका कर्मचारी फिर्ता गरी निमित्त रहेका नायव सुब्बाबाटै काम चलाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यस्ता स्थानीय तहको आर्थिक अधिकार रोक्का गर्न थालेको छ। अाजको अन्नपूर्णमा खबर छ-ती स्थानीय तहका प्रमुख÷उपप्रमुखले दरबन्दीअनुसार प्रशासकीय अधिकृत साउनअघि नपठाउन संघीयका अधिकारीमाथि दबाब दिन थालेपछि उनीहरूमाथि शंका उब्जिएको छ। त्यसमाथि केही स्थानीय तहका जनप्रतिनिधिले निमित्तकै भरमा स्थानीय तह चलाउन पाउनु पर्ने माग गर्दै संघीयमा डेलिगेसन नै आउन थालेका छन्। संघीय मामिला मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले निमित्त राख्न पाउनु पर्ने माग गर्दै जनप्रतिनिधि डेलिगेसन आउने क्रम बढ्नु आश्चर्यजनक भएको बताए। दरबन्दीअनुसार प्रमुख प्रशासक पठाउँदा राख्न नमान्ने र निमित्तका भरमा काम चलाउन खोज्ने स्थानीय तहको आर्थिक अधिकार कटौती गर्न थालिएको उनले जानकारी दिए। आर्थिक वर्षको अन्त्यमा गरिने ‘असारे विकास’ वापत् आउने कमिसन गुम्ने भयले स्थानीय तहका पदाधिकारी र निमित्तबीच ‘सेटिङ’ भएको संघीयका अधिकारीहरूको दाबी छ। ‘दरबन्दीअनुसार कर्मचारी पठाउँदा फिर्ता गर्न र केही समय रोक्न दबाब दिनुलाई शंकास्पद रूपमा हेर्न सकिन्छ’, उनले भने। मन्त्रालयका अनुसार निमित्तकै भरमा काम चलाउन खोज्ने बारा जिल्लाको आदर्श कोतवाला गाउँपालिका र रौतहटको राजपुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतको आर्थिक अधिकार फिर्ता गरिएको छ। मन्त्रालयले यसको जानकारी सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत दिएको छ।
 ‘दरबन्दीअनुसार कर्मचारी पठाउँदा फिर्ता गर्न र केही समय रोक्न दबाब दिनुलाई शंकास्पद रूपमा हेर्न सकिन्छ।’ -दिनेशकुमार थपलिया, सचिव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
मन्त्रालयले आदर्श कोतवालामा शाखा अधिकृत सूर्यप्रसाद आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाए पनि हाजिर गर्न पाएका छैनन्। गाउँपालिकाले निमित्त रहेका नासु महेन्द्रप्रसाद कुशवाहलाई नै यथावत् राख्न र सरुवा गर्नै पर्ने भए साउनपछि मात्र गर्न अडान राखेपछि आचार्यले काम गर्न पाएका छैनन्। रौतहटको राजपुर नगरपालिकामा पनि मन्त्रालयले शाखा अधिकृत गोपालनाथ श्रेष्ठलाई पठाए पनि नगरपालिकाका पदाधिकारीले निमित्तमा रहेका नासु जगतप्रसाद शाहलाई नै यथावत् राख्न मन्त्रालयसँग माग गर्दै आएका थिए। संघीयले यसअघि कर्मचारीको अभावमा तत्कालका लागि उपसचिव दरबन्दी भएको ठाउँमा शाखा अधिकृत र शाखा अधिकृतको ठाउँमा नासुलाई निमित्तमा पठाएको थियो। ‘नासुबाट काम लिने तर उपसचिव पठाउँदा असक्षम ठान्ने प्रवृत्तिले स्थानीय तहले कसरी विकास र समृद्धि ल्याउन सक्लान ? ’ सचिव थपलियाले प्रश्न गरे। संघीयले डेढ महिनायता विभिन्न उपमहानगरपालिकामा दरबन्दीअनुसार सहसचिव तथा नगरपालिकामा उपसचिव र अधिकृत गरी सयभन्दा धेरै कर्मचारीको सरुवा गरेको छ। प्रशासकीय अधिकृत पठाइएका तहका मेयर उपमेयरलगायतले आउनुअघि नै उनीहरूलाइ फोन गरेर साउनभन्दा पहिले नआउन र आए सम्बन्ध राम्रो नहुने भन्दै चेतावनी दिन थालेपछि सहसचिवहरू समेत त्यहाँ काम गर्ने नगर्नेमा दुविधामा परेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending