Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अभियोग ३ अर्ब ठगीको, धरौटी १० लाख

काठमाडौं । विदेश जाने कामदारबाट झन्डै तीन अबै रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा चलाइएका प्रतिवादीलाई जिल्ला अदालतले जम्मा १० लाख रुपैयाँ धरौटी रकममा तारिखमा छाडेको भन्दै जाहेरवाला उच्च अदालत पाटन पुगेका छन्। अाजको अन्नपूर्णमा खबर छ-सामान्य धरौटी रकममा छाड्ने ‘दूषित’ आदेश भएको भन्दै जिल्ला अदालतको गत जेठ ३० गतेको आदेश उल्ट्याएर थुनामा राख्न माग राखेर जाहेरवाला उपभोक्ता हित संरक्षण मञ्च नेपालका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका हुन्। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ ठगीको अभियोगसहित मुद्दा चलाइएका ‘भीएलएन’ नामक संस्थाका अध्यक्ष रामप्रसाद श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा तारेखमा छाड्ने आदेश दिएको थियो। जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले थुनामा नबसी तारिखमा रहेर मुद्दा लड्न पाउने गरी धरौटीको सुविधा दिएको थियो। मलेसिया जाने युवाहरूसँग सरकारले तोकेभन्दा बढी रकम लिएर ठगी गरेको जाहेरीका आधारमा श्रेष्ठसहित विभिन्न संस्थाका ४० जना पक्राउ परेका थिए। पक्राउ अन्य कतिपय व्यवसायी पनि अदालतको आदेशअनुरूप धरौटीमा मुक्त भएका थिए। जिल्ला न्यायाधीश बस्नेतको इजलासले कुन व्यक्तिबाट केकति रकम लिएको हो भनेर नखुलेको तथा गोश्वारा रूपमा बिगो दाबी लिएकाले ठगी गरेको बिगो कसलाई भराउने भन्ने जस्ता प्रश्न खडा गर्दै श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। काठमाडौं अदालतको आदेशपछि श्रेष्ठलाई पुनः पक्राउ गरी यस्तै प्रकृतिको अर्को ठगी मुद्दामा कारबाहीका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको थियो। ललितपुरले पनि १२ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। मुद्दामा जाहेरवाला रहेका तिमल्सिनाले भने प्रहरीमा दिएको जाहेरी दरखास्त, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति जेठ ११ को प्रमाण र प्रहरी प्रतिवेदनको अध्ययन नगरिएको भन्दै आदेशको व्यहोरा नै तथ्यहीन र बेरीतिको रहेको दाबी गरेका छन्। मलेसिया जाने प्रतिकामदार तीन हजार दुई सय रुपैयाँ लिएको, उक्त रकम लिन नेपाल सरकारले अनुमति प्रदान नगरेको, हालसम्म दुई वटा कम्पनीका नाममा झन्डै नौ लाख सात हजार कामदारबाट उक्त दरमा रकम असुलेर ठगी गरेको व्यहोरा प्रस्ट उल्लेख भए पनि प्रमाणको मूल्यांकन र विश्लेषण नगरिएको भनाइसमेत निवेदनमार्फत प्रस्ट्याइएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending