Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कांग्रेस सभापतिहरूको प्रश्न: ट्रम्प र किम मिल्न सक्ने हाम्रा नेता मिल्न नसक्ने ?

काठमाडाैं । हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए । भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिए । अाजको नयाँ पत्रिकामा खबर छ-कतिपयले देशका दुई ठूला कम्युनिस्ट शक्ति मिलेको दृष्टान्त दिँदै एकै पार्टीका दुई नेता मिल्न नसकेकोमा आलोचना गरे । अधिकांश सभापतिले ट्रम्प र किमको मिलाप तथा नेपालकै दुई कम्युनिस्ट शक्तिको एकतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दुई शीर्ष नेतालाई एक हुन दबाब दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सबैजसो सभापतिले देउवा र पौडेलबीच भएका तिक्तता भेलामै मेटाएर काठमाडौं फर्किन पनि आग्रह गरेका छन् । बुधबार बोल्ने सभापतिहरूकै धारणा बिहीबार बोल्नेहरूले पनि दोहो¥याए । विधानअनुसार पार्टी र नेतृत्व चल्नुपर्ने, राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुपर्ने, जिल्लालाई प्रभावकारी बनाउनुपर्ने, सरकारको कमीकमजोरी पहिल्याएर प्रतिवाद गर्नुपर्नेजस्ता धारणा अधिकांशले राखे । ‘हेटौँडा घोषणा’ जारी गरेर भेला आज सकिँदै ‘हेटौँडा घोषणा’ जारी गर्दै शुक्रबार सकिँदै छ । सभापति देउवासहित केही शीर्ष नेताले बोलेपछि घोषणा जारी गर्दै भेला सक्ने तयारी छ । तीन दिनसम्म जिल्ला सभापतिहरूले दिएको राय सुझाबका आधारमा घोषणापत्र तयार गरिएको छ । सरकार निरंकुश बन्दै गएको, कार्यकारी प्रमुखका लागि संविधानविपरीत अव्यावहारिक लबिङ गरेकोजस्ता विषय समेटेर घोषणापत्र ल्याउन लागिएको नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले बताए । सरकारले चार महिनाभित्रै मूल्य वृद्धि गर्दा जनताको ढाड सेकिएको, बजेटबाट धेरै कार्यक्रम खोसेको, भूकम्पपीडितलाई दिने भनिएको एक लाख कटौती गरिएको, वृद्धभत्ता ६५ वर्षमा दिने भन्ने व्यवस्था हटाएकोजस्ता विषयमा पनि कांग्रेसले आफ्नो चासो बाहिर ल्याउने भएको छ । त्यस्तै, पार्टीलाई सबै तहका नेता कार्यकर्ताको सहमतिमा एक भएर अगाडि बढाउने संकल्प गर्ने, पार्टीमा जागरणका कार्यक्रम गर्नुपर्ने, विधान संशोधन गर्दै संघीय ढाँचाअनुसार बनाउने, तीन महिनाभित्र तल्लो तहका अधिवेशन गर्न सुझाब दिने विषय घोषणापत्रमा समेट्ने केसीको भनाइ छ । जो घोषणापत्र तयारीमा मध्यरातसम्मै जुटे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संयोजन गर्ने गरी केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, रमेश लेखक, काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, स्याङ्जाका कमलप्रसाद पंगेनी, इलामका हिमालय कर्माचार्य, कञ्चनपुरका हरि बोहोरा, रोल्पाका अमरसिंह पुन, रुकुमका प्रेमप्रकाश वलीसहितका सभापति भेलाको घोषणापत्रका लागि जुटेका छन् । मध्यरातसम्म उनीहरू होटेल एभोकाडोमा घोषणापत्र लेखनका लागि जुटे । नेतृत्वप्रति आलोचना बिहीबार ३४ जिल्ला सभापतिहरूले धारणा राखे । पार्टीमा गुटबन्दी मौलाउँदा हार्नुपरेको, सरकारमा हुँदा गलत कामको असर निर्वाचनमा परेको र पार्टी विधान र पद्धतिअनुसार नचलेको धारणा राखे । गुटगत आधारमा सभापतिहरू तीन खेमामा भए पनि उनीहरूले सभापतिहरूका साझा समस्या उठाएका थिए । पार्टीले केन्द्रमा प्रभावकारी रूपमा कार्यसम्पादन नगर्दा यसको असर तल्लो तहसम्मै परेको उनीहरूको गुनासो थियो । निर्वाचनमा टिकट प्रभावकारी रूपमा नबाँडिएको, परिवार, उद्योगी व्यापारीलाई दिइएको, इमानदार नेता कार्यकर्तालाई छायामा पारेकोजस्ता आरोप लगाएका थिए । कसले के भने ? देउवा र पौडेलले अब विश्राम लिनुपर्छ कर्ण मल्ल (डडेल्धुरा) शेरबहादुर देउवा हाम्रो सभापति हुनुहुन्छ । सभापतिहरूबाट देशभर उहाँलाई के चिजको अप्ठ्यारो भएको छ ? कहाँबाट के कमजोरी भएको छ त्यो प्रस्ट भन्नुप-यो । नेता रामचन्द्र पौडेललाई कहाँ के अप्ठ्यारो भएको हो ? त्यो पनि प्रस्ट भन्नुप-यो । नेता–कार्यकर्तामा उत्साह भर्न के गर्नुपर्छ उहाँहरू दुवैले भन्नुपर्छ । अब १४औँ महाधिवेशनमा दुवै नेताले अभिभावकत्व लिनुपर्छ । उहाँहरूकै प्रस्तावमा दोस्रो, तेस्रो पुस्ता ल्याउन सके मात्र कांग्रेसले नयाँ ऊर्जा पाउँछ । हीराजस्ता नेता–कार्यकर्तालाई जोत्न सकिएन उज्ज्वलप्रसाद बराल (सिन्धुली) कांग्रेसमा हीराजस्ता नेता–कार्यकर्ता छन् । तर, हामीले नेता–कार्यकर्तालाई जोत्न सकेनौँ । हामी लोकतन्त्र, देश र जनताका लागि जोतिन चाहन्छौँ । खारिन चाहन्छौँ । यसका लागि पार्टी निरन्तर योगदान गरेका, जेलनेल भोगेका, क्षमता भएका निष्ठावान् साथीहरूलाई समेट्नुपर्छ । सरकारमा हुँदा गरेका गलत कामले हा-यौँ सुरेन्द्र आचार्य (कपिलवस्तु) सरकारमा जाँदा पार्टी नेतृत्वले गरेका गलत कामकै कारण हामी कमजोर बन्यौँ । आइजिपी काण्ड, गृहमन्त्रीले राजीनामा दिएको नाटक अनि पैसामा राजदूत बनाउनेजस्ता गतिविधिले हामीलाई कमजोर बनायो । सरकारमा जाँदा कमजोरी भयो अमरसिंह पुन (रोल्पा) हाम्रो सभापति प्रधानमन्त्री हुँदा जसरी एकपछि अर्को विवादास्पद निर्णय र घटना भए यसको असर निर्वाचनमा देखियो । सरकारमा हुँदा जेसुकै निर्णय भयो, जसले पार्टीलाई घाटा लगायो । मंसिरभित्र तल्लो तहको निर्वाचन गरौँ मधु आचार्य (काभे) अब टिके प्रणालीबाट पार्टी चलाउने सिलसिला बन्द गरौँ । बाँकी अवधिका लागि अब मंसिरभित्र ७७३ स्थानीय तह र नयाँ थपिएका वडाको निर्वाचन गर्नुपर्छ । यसले नै पार्टीलाई रक्तसञ्चार गर्छ । भद्रगोल, बेमेल र गुटबन्दीले पार्टीलाई कहीँ पनि पु-याउँदैन । विधानअनुसार नचल्नु सभापतिको गल्ती दिपनकुमार श्रेष्ठ (संखुवासभा) विधानअनुसार पार्टी चलाउन नसक्नु सभापतिको गल्ती हो । कार्यसम्पादन समिति पनि विधानविपरीत गठन भयो । यसको असर निर्वाचनमा प-यो । सभापतिले संसदीय दलको नेता आफू नबनेर अरूलाई बनाएको भए राम्रो सन्देश जान्थ्यो । सबै तहका सभापतिलाई बलियो बनाउनुपर्छ इन्द्र बानियाँ (मकवानपुर) सभापतिलाई मात्र दोष दिएर पार्टी बलियो हुँदैन । सभापतिलाई बलियो बनाउनुपर्छ । सभापति बलियो नभई पार्टीले कसरी काम गर्न सक्छ ? सभापतिलाई कमजोर बनाएर पार्टीले प्रभावकारिता हासिल गर्दैन । वडादेखि केन्द्रसम्म सबै तहका सभापतिलाई बलियो बनाउनुपर्छ । परिवारको झगडा पार्टीको झगडा नबनाउँ प्रदीप देउवा (डोटी) नुवाकोटको झगडा पार्टीको झगडा होइन । केसी–महतको लडाइँ हो । पारिवारिक झगडालाई पार्टीको बनाएर कसरी हुन्छ ? केसी र महतका परिवारलाई टिकट चाहिने । साला, साली, दाजुभाइ, इष्टमित्रलाई टिकट दिनुपर्ने, अनि निर्वाचनमा हारेपछि उनीहरूको पारिवारिक लडाइँलाई पार्टीको बनाउने ? हारेपछि दोष सभापतिलाई दिन मिल्दैन । जब हुम्ला सभापतिले देउडा भाका हाले ‘नभनौँ भनाउँदा छौँ, भन्या कुटिन्या छौँ, गुट मिलाउनलाई कांग्रेस भुटिन्या छौँ’ हुम्ला सभापति जयपति रोकायाले यो देउडा भाका भट्याउँदा हलमा केन्द्रीय सभापतिदेखि, पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूमा हाँसोको फोहोरा नै छुट्यो । ‘नभने पनि भन्नैपर्ने भयो । भने पनि दबाब दिनहुन्छ । गुट मिलाउनलाई कांग्रेस नै सक्ने हुनुभयो’ भन्ने रोकायकोजस्तो अभिव्यक्ति त सबैजसो सभापतिहरूले दिएकै हुन् । तर, उनको भाका मिलेको, भन्ने शैलीले हललाई आकर्षित ग¥यो । रोकायाले पार्टी केन्द्रको गुटबन्दीको असर तल्लो तहसम्मै परेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending