Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ईश्वर पोखरेलसहित दर्जन नेताले किन गरेनन् पार्टी एकतामा हस्ताक्षर ?

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित एक दर्जन नेताले अझै हस्ताक्षर गरेका छैनन् । पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ । एकताजस्तो ऐतिहासिक निर्णयमा हस्ताक्षर छुटाएको भन्दै पोखरेलसहितका नेताहरूलाई प्रक्रिया पूरा गर्न सुझाउँदै पार्टी केन्द्रीय कार्यालयले ताकेता गरिरहेको छ । तर, तत्कालीन एमाले केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले भने लगभग सबै केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेको दाबी गरे । ‘हस्ताक्षर गर्नुपर्ने विषयमा सबैलाई खबर भइसकेको छ,’ श्रेष्ठले भने, ‘खासै छुटेको छैन, लगभग सबैको हस्ताक्षर छ ।’ यी हुन् एकताको निर्णयमा हस्ताक्षर नगर्ने नेता तत्कालीन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, तत्कालीन एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, तत्कालीन माओवादी केन्द्रको अनुशासन आयोगका अध्यक्ष अमिक शेरचनले एकताको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् । त्यस्तै, विदेशमा रहेका कारण तत्कालीन एमाले केन्द्रीय सदस्यहरू चूडामणि जंगली र रचना खड्का तथा उपत्यकाबाहिर रहेका कारण भैरव श्रेष्ठको पनि हस्ताक्षर छुटेको छ । यीबाहेक अरू केही केन्द्रीय सदस्यले पनि एकताको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न छुटाएको स्रोतले जनायो । केहीको हस्ताक्षरविनै निर्वाचन आयोगमा पार्टी दर्ता नेकपामा ४ सय ४१ जना केन्द्रीय सदस्य छन् । तर, निर्वाचन आयोगमा सबैको हस्ताक्षरविनै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता भएको छ । तत्कालीन पार्टी एमाले र माओवादी केन्द्रको बेग्लाबेग्लै र संयुक्त केन्द्रीय कमिटी बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेपछि पार्टी दर्ता भएको थियो । सबै केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ पार्टी गठन गर्नुपर्ने प्रावधान नरहेका कारण पनि अपुरो हस्ताक्षरसहित नेकपा दर्ता भएको हो । ‘निर्वाचन आयोगले सबैको हस्ताक्षर नखोजे पनि यो नैतिक प्रश्न पनि हो, उहाँहरूले बुझ्नुभएकै छ, ताकेता गर्दै सम्झाइएको पनि छ, एक सचिवालय सदस्यले भने, ‘सम्भवतः उहाँहरूले लामो समयपछि भए पनि हस्ताक्षर गर्नुहुनेछ ।’ पटक–पटकको बैठकपछि पनि गरेनन् हस्ताक्षर ३ जेठमा एकीकरणका लागि केन्द्रीय कमिटी बैठक बस्दा हस्ताक्षर छुटाउने अधिकांश नेता सहभागी थिए । त्यस्तै, ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी मनोनयलगत्तै दोस्रोपटक हस्ताक्षर र नागरिकता संकलन प्रयोजनकै लागि केन्द्रीय कमिटी बैठक बस्यो । योबीचमा तीनपटक केन्द्रीय सचिवालय र एकपटक स्थायी समिति बैठकसमेत सम्पन्न भइसकेको छ । तर, बैठकमा उपस्थित भएर पनि प्रभावशाली नेताहरूले नै एकताको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् । तत्कालीन माओवादी केन्द्रका अनुशासन आयोगका अध्यक्ष अमिक शेरचनले भने आफू काठमाडौंबाहिर रहेका कारण एकताको निर्णय पुस्तिकामा हस्ताक्षर छुटेको बताए । किन गरेनन् पोखरेलसहित प्रभावशाली नेताले हस्ताक्षर ? पार्टी एकताप्रति असहमतिभन्दा पनि व्यक्तिगत असन्तुष्टिका कारण नेताहरूले हस्ताक्षर नगरेका हुन् । तत्कालीन एमाले उपाध्यक्ष शाक्यले आफूलाई केन्द्रीय सचिवालयमा नपारिएकोप्रति प्रत्यक्ष–अप्रत्यक्ष असन्तुष्टि जनाउँदै आएकी छिन् । उनले बैठकमै नेतृत्वमा सामन्ती र पितृसत्तात्मक चिन्तन हाबी भएको भन्दै त्यस्तो प्रवृत्तिविरुद्ध लड्ने बताउँदै आएकी छिन् । ‘अहिले हाम्रो पार्टीमा सामन्ती, पितृसत्तात्मक चिन्तन हाबी हुँदै गएको छ,’ शाक्यले भनिन्, ‘हिजो जसरी हामीले पार्टीभित्र पनि वैचारिक संघर्ष गरेर महिलाहरूको अधिकार सुनिश्चित ग-यौँ, त्यस्तो चिन्तनविरुद्ध अबका दिनमा पनि ठूलो वैचारिक संघर्ष गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ उता, तत्कालीन एमालेमा दुईपटक महासचिव भएका पोखरेलले आफूसँग परामर्श नै नगरी तत्कालीन उपमहासचिव विष्णु पौडेललाई महासचिव बनाइएको विषयमा सञ्चारमाध्यममै खुलेआम असन्तुष्टि पोखेका छन् । पार्टी एकताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरेलसँग असन्तुष्ट थिए । सरकारको जिम्मेवारीमा पनि रहेका कारण दैनिक कामकाज र पार्टी सञ्चालनका लागि दुई अध्यक्षको रोजाइमा तत्कालीन एमाले उपमहासचिव विष्णु पौडेल परे र पार्टी एकतासँगै उनलाई महासचिव बनाउने निर्णय भयो । एकताको निर्णयलाई बेवास्ता गर्दै हस्ताक्षर नगरेकामा उनलाई केन्द्रीय कार्यालयले प्रक्रिया पूरा गर्न ताकेता गरिरहेको स्रोतले जनाएको छ । उता, अनुशासन आयोगका अध्यक्षद्वय अमृत बोहरा र अमिक शेरचन भने नवगठित पार्टीमा आमन्त्रित स्थायी समिति सदस्य मात्र बनाइएको तथा आयोगलाई केन्द्रीय कमिटी मातहत बनाइएकोमा असन्तुष्ट छन् । दुवैले लिखित हस्ताक्षरसहित असन्तुष्टिपत्र अध्यक्षद्वयलाई बुझाइसकेका छन् । बोहराले आफूमाथि अपमान भएको भन्दै बैठकमै एक घन्टासम्म बोलेर प्रतिवाद गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । शेरचन भने एकताको निर्णय प्रक्रियादेखि अहिलेसम्म कुनै पनि बैठकमा सहभागी छैनन् । झुक्किएकाले गरिनँ, अब हस्ताक्षर गर्छु : शाक्य मैले पार्टी एकताको निर्णय पुस्तिकामा झुक्किएका कारण हस्ताक्षर नगरेको हुँ । तर, अरू बैठकमा उपस्थित हुँदा हस्ताक्षर गरेको छु । एकताको निर्णय पुस्तिकामा पनि हस्ताक्षर गर्नेछु । सबै खुसी हुँदा म रमाउन नपाउनु ? :बोहरा मैले २ जेठयताको कुनै पनि निर्णयमा बैठकमा उपस्थित भए पनि हस्ताक्षर गरेको छैन । नवौँ महाधिवेशनबाट निर्वाचित पदेन स्थायी समिति सदस्यलाई आमन्त्रित बनाइएकोमा लिखित ध्यानाकर्षण गराएको छु । महाधिवेशन र राष्ट्रिय परिषद्प्रति जवाफदेखि आयोगलाई नयाँ विधानमार्फत केन्द्रीय कमिटी मातहत बनाउन खोजिएको छ । यी सबैबारे मौखिक प्रतिवाद पनि गरेको छु । म यो पार्टीको संस्थापक हुँ । ०२२ देखि नै अविछिन्न संघर्ष गरेर योगदान गरेको छु । राजतन्त्रविरोधी संघर्षमा जेलनेल खेपेको छु । पटक–पटक कार्यबाहक प्रमुख बनेको छु । तर, एकतापछि मलाई नियतवश आमन्त्रित सदस्यमा कृपा गरिएको छ । म विधिका लागि लड्दै आएँ, भोलि पनि लड्छु, तर अनुशासन आयोगमाथि नै आक्रमण किन ? पाँच घन्टा अध्यक्षसँग छलफल गरेर ध्यानाकर्षण गराएको छु । एकताबाट सबै खुसी छन्, के मैले रमाउन नपाउने ? मेरो केही रिर्जभेसन छ : अमिक शेरचन पार्टी एकता हुँदा म काठमाडौंबाहिर भएका कारण उपस्थित भइनँ । एकताका क्रममा र त्यसपछिका कतिपय निर्णयका विषयमा मेरा केही रिजर्भेसन छ । त्यो सम्बोधन गर्नुपर्छ भन्ने मेरो माग छ । पेरिसडाँडामा सचिवालयको पहिलो छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सचिवालय सदस्यहरूले छलफल गरेका छन् । कार्यबाहक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा समसामायिक परिस्थितिबारे सचिवालय सदस्यहरूले अनौपचारिक छलफल गरेका हुन् । सचिवालयको कार्यालय धुम्बाराहीमा भए पनि प्रधानमन्त्रीको चीन भ्रमणको उपलब्धि र समसामायिक परिस्थितिबारे छलफल गर्न कार्यबाहक अध्यक्ष नेपालले पेरिसडाँडास्थित कार्यालयमा अनौपचारिक बैठक बोलाएका थिए । ‘बैठक बसेको होइन, सचिवालय सदस्यहरूबीच समसामयिक परिस्थिति, प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सम्झौता, उपलब्धि र परिस्थितिको जानकारी आदान–प्रदान गर्नका लागि छलफल भएको हो,’ महासचिव विष्णु पौडेलले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending