Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

पनामा पेपर्स-२ सार्वजनिकः अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म, कर छलिमा राष्ट्रपति पनि

काठमाडौं । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ । विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भनेर पनामा पेपर्स खुलासा भएको दुई वर्षपछि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आइसिआइजे) ले बुधबार राति अर्को खुलासा गरेको छ । २०७३ वैशाख २७ गते आइसिआइजेले पहिलोपल्ट पनामा पेपर्स सार्वजनिक गरेको थियो । अाजको नागरिकमा खबर छ-मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आइसिआइजेले पाएको विवरणअनुसार चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीहरु अवैध सम्पत्ति राखेको र कर छली गरेको प्रकरणमा जोडिएका छन् । आइसिआइजेले विश्वभरका एक सयभन्दा बढी सञ्चारमाध्यमसँग मिलेर सार्वजनिक गरेको ‘पनामा पेपर्स–२’ खुलासामा चर्चित फुटबल खेलाडी मेस्सी र उनका पिता गोर्खे होरासियो मेस्सी पनि ट्याक्स हेभनमा अवैध सम्पत्ति राखेको मामिलामा जोडिन पुगेका छन् । आइसिआइजेको विवरणअनुसार पनामामा खोलिएका ‘अफसोर’ कम्पनीहरुको प्रयोग गरी अर्बौं डलर कर छली गरेको खुलासा भएको हो । कर छली गर्न सुरक्षित मुलुक मानिने पनामामा लियोनल मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ गोप्य कम्पनीमार्फत कारोबार गरेर कर छलिरहेको उल्लेख छ । आइसिआइजेले पहिलोपल्ट पनामा पेपर्स सार्वजनिक गरेलगत्तै मेस्सीले उनको नाम जोडिएको मेगास्टार इन्टरप्राइजेज ‘पूरै निष्क्रिय’ कम्पनी रहेको दाबी गरेका थिए । तर, उनले यो कम्पनी सक्रिय राखी अहिले पनि कर छली गरिरहेको थप विवरण बुधबार राति आइसिआइजेले सार्वजनिक गरेको छ । ‘मोसेक फोन्सेकाको आन्तरिक इमेलको अभिलेखले मेसीको दाबीमाथि प्रश्न खडा गरिदिएको छ,’ आइसिआइजेले भनेको छ । कर छलीको अघिल्लो खुलासा सार्वजनिक भएपछि मेस्सीलाई स्पेनिस कोर्टले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर (करिब २४ करोड रुपैयाँ) जरिबाना गर्ने सजाय सुनाएको थियो । तर, बिबिसीका अनुसार ‘स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नुु नपर्ने व्यवस्थाका कारण’ उनी जेल बस्नु परेन । दूई वर्षअघिको पनामा पेपर्स खुलासामा आइसिआइजेले २० नेपालीको समेत नाम सार्वजनिक भएको थियो । आइसिआइजेले अवैध सम्पत्ति राखेको र कर छली गरेको भनेर एक पटक १३ र त्यसपछि ७ नेपालीको नाम सार्वजनिक गरेको थियो । यसबारे नेपालका सरकारी निकायले अहिलेसम्म कुनै छानबिन तथा कारबाही अघि बढाएको सार्वजनिक जानकारीमा छैन । कर छलीमा अर्जेन्टिनी राष्ट्रपति पनामा पेपर्स–२ खुलासामा अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की कर छलीमा फेरि मुछिएका छन् । आफ्नो स्वामित्वमा रहेको बाहमासस्थित ‘फ्लेग ट्रेडिङ कम्पनी’ स्थापना भएको मिति परिवर्तन गरेर म्यार्की चोखिन खोजेका थिए । यो कुरा पनामास्थित मोसेक फोन्सेकाको केन्द्रीय कार्यालय र उरुग्वेस्थित शाखाबीचमा सन् २०१६ को सेप्टेम्बर र अक्टोबरमा भएको इमेल कुराकानीले पुष्टि गरेको आइसिआइजेले जनाएको छ । बाहमासमा रहेको ‘फ्लेग ट्रेडिङ कम्पनी’ र पनामाको मोसेक फोन्सेकाबीच सम्बन्ध भएको तथ्य लुकाउन पहिल्यैको मिति राखेर कागजात बनाउने मोसेक फोन्सेका कम्पनीका कर्मचारीले प्रयास गरेका थिए । कर छली लुकाउन फोन्सेकाका लेखापालले सन् २०१६ मा एउटा हस्तलिखित कागज तयार पार्न खोजेका थिए, जसमा कम्पनी स्थापना भएको वास्तविक मिति परिवर्तन गरेर अर्को मिति लेख्ने प्रयास गरिएको थियो । तर लेखापालले मिति परिवर्तन गर्नु ‘एकदमै जोखिमपूर्ण’ हुने र कुनै पनि क्यालिग्राफर (कलात्मक हस्तलेखन गर्ने व्यक्ति) ले पत्ता लगाउन सक्ने जोखिम ठानेर पछि हटेका थिए । उनीहरुबीचको यो असफल प्रयासको कुराकानी इमेलबाटै खुलेको छ । ‘ती लेखापालले जोखिम लिन चाहेनन्,’ इमेलमा भनिएको छ, ‘किनकि त्यहाँ अर्जेन्टिनाका राष्ट्रपति जोडिएका थिए ।’ एसियाली देश पनि पनामा पेपर्स–२ ले अवैध रुपमा अर्बौं रकम लुकाएको र कर छली गरेको भनेर मलेसिया, कुवेत र रूसका राजनीतिज्ञको नाम सार्वजनिक गरेको छ । विवरणअनुसार मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकका भाइ मोहम्मद निजाम विन अब्दुल रजाकले ब्रिटिस भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता गरेका थिए । इभर ब्राइट युनिभर्सल होल्डिङस लिमिटेड कम्पनीका नाममा अमेरिकामा समेत उनको केही सम्पत्ति छ । २०१७ मेमा भएको संसदीय निर्वाचनबाट सत्ताच्युत भएका रजाकले आफ्नो कार्यकालमा राज्यको लगानी कोषबाट अर्बौं डलर (खर्ब रुपैयाँ) हिनामिना गरेका थिए । आइसिआइजेले लेखेको छ, ‘रजाकको बैंकखातामा १६ लाख अमेरिकी डलर ट्रान्सफर भएको छ ।’ तर पूर्वप्रधानमन्त्री रजाकले भने यो आरोप अस्वीकार गर्दै आएका छन् । तर, पानामा पेपर्सले रजाकका छोरा मोह्द नजिफुद्दिन बिन मोह्द नजिबका नाममा दुईवटा ‘अफसोर’ कम्पनी दर्ता भएको खुलासा गरेको छ । मोसेका फोन्सेकाले दर्ता गरेको एउटा कम्पनीको स्वामित्व कुवेतको सामाजिक सुरक्षा प्रणाली हेर्न एजेन्सीका पूर्वप्रमुख फहदअल–रजानसँग छ । रजानले हुँदै नभएको व्यक्तिका नाममा ३९ करोड अमेरिकी डलर (साढे ४२ अर्ब रुपैयाँ) अपचलन गरेका थिए । रजानको स्वामित्व टावनी रियल इस्टेट्स लिमिटेडमा छ । रूसका धनाढ्य व्यापारी तथा राजनीतिकर्मी विटाली मल्किनले पनि स्रोत नखुलेको अर्बौं डलर विदेशमा लगानी गरेको भेटिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्मलाई उद्धृत गर्दै आइसिआइजेले लेखेको छ, ‘मल्किन अउड्रे होल्डिङ्स ग्रुप लिमिटेड र टप मेट्रिक्स होल्डिङ्स लिमिटेडका नाममा दुई ब्रिटिस भर्जिन आइल्यान्डस कम्पनीका मालिकका रुपमा देखा परेका छन् ।’ अउड्रे होल्डिङस ग्रुप लिमिटेडका नाममा स्विस बैंकको खातामा २० करोड अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँ) रहेको देखिएको छ । काजकस्थानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभ पनि ब्रिटिस भर्जिन आइल्यान्डसको कम्पनीकी लगानीकर्ता देखिएकी छन् । विश्वका चर्चित राजनीतिकर्मी, सेलिब्रेटी, अपराधीलगायतको नाम पनि पनामा पेपर्स–२ ले सार्वजनिक गरेको छ । पनामामा मुख्य कार्यालय रहेको मोसेक फोन्सेका नामको बिचौलिया कम्पनीले दर्ता गराइदिएका हजारौं सक्रिय कम्पनी अवैध सम्पत्ति लुकाउने र कर छलीको विवादमा तानिएका छन् । ब्रिटिस भर्जिन आइल्यान्डसमा सक्रिय २८ हजार ५ सय कम्पनीमध्ये ७० प्रतिशत कम्पनीका मालिकका बारेमा मोसेक फोन्सेका आपंmै जानकार छैन । पनामामा दर्ता भएका १० हजार ५ सय सक्रिय छाया कम्पनीमध्ये ७५ प्रतिशत कम्पनीका मालिकका बारेमा पनि मोसेका फोन्सेका बेखबर छ । ‘आफ्ना ग्राहकलाई चिन’ भन्ने स्थापित मान्यताविरुद्ध कुनै जानकारी नै नभएका हजारौं छाया कम्पनीहरुलाई दर्ता गर्ने मोसेक फोन्सेकाको व्यवहारले सम्पत्ति शुद्धीकरण र आतंकवादलाई सघाउ पुुग्ने विज्ञहरुले बताएका छन् । ‘मोसेक फोन्सेका जस्तो कम्पनीले एउटा मात्र छाया कम्पनीको मालिक नचिन्नु स्वीकार्य हुनु हुँदैन,’ अमेरिकास्थित कर छली तथा सम्पत्ति शुद्धीकरण विज्ञ ज्याक ब्लमले भने, ‘यसले नक्कली व्यापारको अवस्था कस्तो हुँदै गइरहेको भन्ने देखाउँछ ।’ पनामामा मुख्य कार्यालय रहेको फोन्सेकाको प्रमुख शाखा कार्यालय बाहामास, ब्रिटिस एंगुुइला, पनामा, अमेरिकाको सामोआ र सेसल्समा छन् । युरोप, ल्याटिन अमेरिका र एसिया महादेशका दुुई दर्जनभन्दा बढी मुलुकमा उसका प्रतिनिधि र सम्पर्क कार्यालयहरु रहेको खुलेको छ । कालो धन सेतो बनाइदिने र कर छलीका लागि मध्यस्थता गर्ने बारेमा विश्वभर समाचार सार्वजनिक भएपछि फोन्सेकाले तीन महिनाअघि फर्म बन्द गर्ने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending