Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मन्त्रालयको 'एक्सन': सोर्सफोर्सका कर्मचारीको हाजिरी पुस्तिका बन्द

काठमाडौ‌ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोर्सफोर्स लगाएर विभिन्न बहानामा अतिरिक्त समूहमा रहने कर्मचारीका लागि व्यवस्था गर्दै आएको हाजिरी पुस्तिका बन्द गरेको छ । मन्त्रालयले अब त्यस्तो सोर्सफोर्सका आधारमा कसैलाई पनि अतिरिक्त समूहमा नराख्ने निर्णय गरेको छ । अाजको अन्नपूर्णमा खबर छ-विभिन्न दुर्गम र विकट ठाउँमा सरुवा भएका तथा दुर्गममा नै दरबन्दी रहेर पनि ती निकायमा नगई कर्मचारी सोर्सफोर्स लगाएरै अतिरिक्त समूहमा बस्दै आएका थिए । मन्त्रालयले त्यस्ता सोर्सफोर्सधारी कर्मचारीलाई हजिर गराउनकै लागि ५ वटा हाजिरी पुस्तिका बनाएको थियो । उक्त पुस्तिकामा केही महिना अघिसम्म सयांै कर्मचारीले हाजिर गर्दै आएका थिए । हाजिर गर्ने, गफगाफ गर्ने र घर जानेमा नै ती कर्मचारीको दिनचर्या बित्ने गरेको थियो । मन्त्रालयले अतिरिक्त समूहमा रहेका कार्यालय सहयोगीदेखि सहसचिवस्तरका झन्डै सय कर्मचारीलाई विभिन्न निकायमा सरुवा गर्दै उनीहरूले गर्दै आएको हाजिरी पुस्तिका बन्द गरेको मन्त्रालयका उपसचिव होम लुइँटेलले जानकारी दिए । मन्त्रालयमा अतिरिक्त समूहका लागि हाजिर गर्ने काम पूर्ण रूपमा बन्द गरिएको र त्यस्तो रजिस्टर नै हटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयमा कुनै पनि व्यक्तिलाई अतिरिक्त समूहमा नराख्न र सबैलाई काम एवं जिम्मेवारी दिन निर्देशन दिएपछि मन्त्रालयले अतिरिक्त समूहमा रहेका सबैलाई जिम्मेवारी दिएर विभिन्न निकायमा पठाइएको उपसचिव लुइँटेलले बताए । विगतमा मन्त्री, उच्च राजनीतिक नेतृत्व तथा प्रशासक निकटका कर्मचारीकै लागि यस प्रकारको सहज व्यवस्था थियो । कानुनअनुसार कारबाहीमा परेका र विदेशमा अध्ययन गर्न गएका कर्मचारीलाई अतिरिक्त समूहमा राख्ने गरिन्छ । तर पछि यो प्रावधानलाई दुरुपयोग गर्दै सोर्सफोर्सधारीले व्यक्तिगत स्वार्थपूर्ति गराउन यस्तो व्यवस्थाको उपयोग गर्न थालेको छ । अतिरिक्त समूहमा राख्ने कानुनी व्यवस्थाको व्यापक दुरुपयोग भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । कुनै बेला यो समूहमा पाँच सयभन्दा बढी कर्मचारी थिए । उनीहरूले मन्त्रालयमा आएर हाजिर गर्ने फर्कने, तलब बुझ्ने काम मात्रै गर्ने गर्थे । सामान्यमा आएर हाजिर गरी फर्केर उनीहरु आफ्नो व्यक्तिगत हीत हुने काममा सक्रिय हुने गरेका थिए । वर्षौ सम्म कर्मचारीहरु त्यसरी अतिरिक्तमा रहदा समेत सरकारले उनीहरुलाई कार्वाही र व्यवस्थापन गर्न सकेको थिएन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending