Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रेल काठमाडौं पुर्‍याउन चीन सहमत, यस्तो भयो सहमति

उत्तरी रेल काठमाडौं पुर्‍याउने विषयमा चीन र नेपाल सैद्धान्तिक रूपमा सहमत भएका छन् । तर, लगानी कसको हुने भन्ने विषयमा टुंगो आज मात्र लाग्नेछ । चीन भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटमा रेलको विषयमा पनि संवाद भएको थियो । तर, लगानी कसको भन्ने विषयमा टुंगो लागेको छैन । अाजको नयाँ पत्रिकामा खबर छ-रेल काठमाडौं पुर्‍याउन चीन सहमत छ । प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सीले भने, ‘बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठडमाडौं टाढा छैन, के गर्नुपर्छ, छलफल गर्न चीन तयार छ ।’ रेल काठमाडौं पुर्‍याउन चीनले सम्पूर्ण रूपमा अनुदान नदिने उनको भनाइले संकेत गरेको छ । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि रेल काठमाडौं पु¥याउन चीन सहमत भएको स्पष्ट पारेका छन्, तर लगानी कसको भन्ने विषयमा उनी आफैँ पनि अस्पष्ट छन् । ‘हामीले चीनसँगको सम्बन्धलाई महत्वमा राखेका छौँ, सहयोग त्यसपछिको कुरा हो,’ उनले भने, ‘पूर्वाधार, कनेक्टिभिटी, क्रसबोर्डर ट्रान्समिसन लाइन र उत्तर–दक्षिण रेलमार्गका विषयमा एकतर्फी परनिर्भरता हटे हुन्थ्यो भन्ने हिसाबले कुरा राखेका छौँ, हाम्रो भनाइलाई चिनियाँ राष्ट्रपतिले सकारात्मक रूपमा लिनुभएको छ ।’ मन्त्री ज्ञवालीका अनुसार रेलको पूर्व सम्भाव्यता अध्ययन अगस्टमा सक्नेगरी समझदारी हुँदै छ । त्यसपछिको डेढ वर्षमा डिपिआर तयार गर्ने र पाँच वर्षभित्र रेल काठमाडौं ल्याउने तयारी छ । नेपालको स्वतन्त्रतामा साथ छ नेपालले लिएको एक चीननीति स्वागतयोग्य छ । नेपालको राष्ट्रिय स्वतन्त्रताका लागि सहयोग रहन्छ । आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताका लागि लिने नीति तथा सामाजिक प्रणाली तथा विकासको बाटोमा नेपालको स्वतन्त्र नीतिको लागि चीन साथमा रहनेछ । हिमाली जडीबुटीलाई चिनियाँ बजारमा पहुँच दिन्छौँ नेपाली उत्पादन खासगरी हिमाली क्षेत्रमा उत्पादित जडीबुटीलाई चिनिया“ बजारमा पहु“च दिन्छौँ । आगामी नोभेम्बरमा हुने संघाई इम्पोर्ट एक्स्पोमा नेपाली उत्पादनलाई पह“ुच दिन सहयोग रहन्छ । हिमाली क्षेत्र मिलाएर विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ । साथै स्वतन्त्र व्यापारसम्बन्धी अध्ययनलाई छिटै टुंग्याएर कार्यान्वयनमा जान सकिन्छ । हाम्रो सम्बन्धले अरूलाई समस्या पर्दैन चीनले नेपालको सम्बन्ध अन्य सबै देशसँग राम्रो भएको हेर्न चाहेको छ । हामी नेपालको सम्बन्ध सबै देशस“ग राम्रो होस् भन्ने चाहन्छौँ । र, नेपाल–चीन सम्बन्ध मजबुत बन्दा अन्य देशलाई समस्या पर्दैन । रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिहाल्छौँः ज्ञवाली परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको क्रस बोर्डर रेलवेको चाहनालाई राष्ट्रपति सीले ‘इन्डोर्स’ गरेको बताए । आगामी केही महिनामा पूर्वसम्भाव्यता अध्ययन गरी डेढ वर्षमै डिपिआर सक्ने र पा“च वर्षभित्र रेल लैजाने अनुमान आफूहरूले गरेको ज्ञवालीले सुनाए । नेपालका हिमाली क्षेत्रमा ढुवानीका लागि नेपालले तिब्बतको हाइवे प्रयोग गर्ने विषयमा सहमति बन्न लागेको पनि ज्ञवालीले जानकारी दिए । यस्तै, मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजीमा पनि चीनले सहयोग गर्ने भएको छ । सीले प्रधानमन्त्रीस“गको भेटमा अनुकूल वातावरण बनेकाले नेपाल भ्रमण गर्ने पनि बताए । सम्झौता – गल्छी रातोमाटेदेखि चीनको केरुङसम्म दुवैतर्फ सीमातिर ८०–८० किलोमिटर सरदरमा १५९ किलोमिटर लामो चार सय केभीको क्रसबोर्डर ट्रान्समिसन लाइन बनाउन सम्भाव्यता अध्ययन गर्ने । ‘यो नेपाल–चीन सहयोगमा एउटा ल्यान्डमार्क हो, यसले नेपालमा चीनबाट विद्युत् ल्याउने र नेपालबाट चीनतिर बेच्ने माहोल बन्छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने । – नेपाल र चीनबीच ऊर्जा सहकार्यसम्बन्धी सम्झौता बिहीबार हुने । यो सम्झौतापछि नेपालमा ऊर्जा क्षमताको पनि अध्ययन गर्ने, सहयोगका विभिन्न मोडालिटी अध्ययन गर्ने, जलाधार प्रणाली बहावको अवस्था अध्ययन गर्ने ढोका खुल्ने । – बेइजिङ सानलिथुन रोडस्थित नेपाली दूतावासमा बुधबार चीन र नेपालका व्यवसायीबीच विभिन्न आठ सहकार्यका सम्झौता पनि भएका छन् । ऊर्जासम्बन्धी तीनवटा साझेदारीका सम्झौता, हजार मेगावाट ऊर्जा उत्पादनसम्बन्धी सम्झौता भएको छ । – त्रिशूली गल्छी हाइड्रोपावर प्रोजेक्टका लागि सिद्धकाली पावर लिमिटेड र दोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कोअपरेसनबीच १४७ मिलियन डलरको लगानी गर्ने सम्झौता भएको छ । – बुटवल पावर लिमिटेड र सिचुवान इन्भेस्टमेन्ट ग्रुपबीच ६ सय मेगावाटको मनाङमस्र्याङ्दी बनाउने सम्झौता भएको छ । – लगानी बोर्ड र हुवा सिन सिमेन्ट लिमिटेडबीच १४४ मिलियन डलरको लगानी गर्ने सम्झौता भएको छ । – नेपाली पस्मिनालाई चीनको बजार दिनेलगायत विषयमा पनि सम्झौता गरिएको छ । नेपाल चीन बिजनेस फोरमलाई प्रधानमन्त्रीको सम्बोधन प्रधानमन्त्री ओलीले बुधबार बिहान नेपाल चीन बिजनेस फोरमलाई सम्बोधन गरेका छन् । नेपालमा लगानीका लागि अवसरको राम्रो वातावरण बनेको भन्दै नेपाल र चीनको फाइदाका लागि लगानी गर्न आग्रह गरे । ‘हामी व्यवसायीलाई नीतिमार्फत सुरक्षा दिन तयार छौँ । ढुक्क भएर लगानी गर्न नेपाल आउनुहोस्,’ प्रधानमन्त्रीले भने । ओली र सीबीच वार्ता ओली र सीबीच छुट्टै २० मिनेट वार्तासमेत भयो । यो वार्तामा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । चीनका तर्फबाट विदेशमन्त्री वाङ यी तथा यातायात र वाणिज्यमन्त्री पनि भेटवार्तामा सहभागी थिए । त्यसलगत्तै नेपाली टोली र चिनियाँ टोलीबीच वार्ता भएको थियो । सञ्चारकर्मीलाई जम्मा २ मिनेट बैठक हलमा प्रवेश दिइएको थियो । सम्बन्ध नयाँ उचाइमाः ओली प्रधानमन्त्री ओलीले साढे दुई वर्षको अवधिमा नेपालमा भएका परिवर्तनले नेपाल–चीनबीचको प्राचीन सम्बन्धलाई नया“ उचाइमा पु¥याउन सहज वातावरण बनाएको बताए । ओलीको भनाइ उद्धृत गर्दै सीस“गको भेटपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘अहिले हामी स्थायित्व भएको सरकारको नेतृत्व गरेर आएका छौँ । यसले सम्झौता हुने मात्र होइन, कार्यान्वयन गर्ने वातावरण पनि बनेको छ ।’ बहुप्रतीक्षित पारवहन प्रोटोकल स्थगित पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै पारवहन तथा यातायात सन्धिको प्रोटोकल सम्झौता सरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले प्रोटोकल नै तयार हुन नसकेको बताएका छन् । कुन बन्दरगाह प्रयोग गर्ने, प्राविधिक पक्ष, बिमा, भेहिकल मुभमेन्टलगायत विषय टुंग्याउनुपर्ने भएकाले ढिला भएको बताए । ‘जुलाईमा बैठक बस्दै छ । यो छिटो टुंगिन्छ,’ उनले भने, ‘चीनको यातायात साधन प्रयोग गरेर ढुवानी गर्न केही बाधा छैन, तर नेपालको यातायात प्रयोग गर्न प्रक्रियागत समय लाग्छ ।’ ऐतिहासिक ती भ्रमण सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध गाँसिएपछि दुई देशबीच सम्बन्ध प्रगाढ बनाउन उच्च तहका भ्रमण भएका छन् । यी भ्रमणले सम्बन्धलाई आकार दिन ठूलो भूमिका खेलेका छन् । चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री टंकप्रसाद पिपुल्स रिपब्लिक अफ चाइनाको स्थापनापछि चीनको भ्रमणमा जाने पहिलो प्रधानमन्त्री टंकप्रसाद आचार्य हुन् । सेप्टेम्बर १९५६ को भ्रमणमा चीन र नेपालबीच पहिलोपटक आर्थिक सहकार्यको विषयमा सम्झौता भएको थियो । त्यसलगत्तै केही वर्षभित्र भएका नेपाली र चिनियाँ उच्च तहको भ्रमणले नेपाल–चीन सम्बन्धका तिक्तता मेट्न र नयाँ सम्बन्ध कायम गर्न सघाएको थियो । चीनको महŒवमा पर्थे चीन आफैँ संयुक्त राष्ट्रसंघमा प्रवेशका लागि लडिरहेको समय तिब्बतमा खेल्न बाहिरी शक्तिले नेपाललाई प्रयोग गर्ने प्रयास हुँदा नेपालका शासकलाई चीनले निकै महŒव दिन्थ्यो । पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला मार्च १९६० मा चीन भ्रमणमा आएका थिए । ११ मार्चमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई, उपप्रधानमन्त्री छन यी र सरकारी अधिकारीसहित हजारौँले पेकिङ एयरपोर्ट पुगेर उनलाई स्वागत गरेका थिए । बिपीले ११ देखि २२ मार्चसम्म चीन भ्रमण गरेका थिए । बिपीको त्यो भ्रमण बिपीको भ्रमणमा दुई देशबीचको सीमा समस्या सुल्झाउन महŒवपूर्ण सम्झौता भएको थियो । तत्कालीन समयमा सगरमाथालाई लिएर दुई देशबीच विवाद थियो । बिपीको भ्रमण विवाद समाधानमा महŒवपूर्ण रह्यो । २१ मार्च १९६० मा सीमा र आर्थिक सहायतासम्बन्धी महŒवपूर्ण सम्झौता भएको थियो । सम्झौता हस्ताक्षर समारोहमा चीनका अध्यक्ष लिउ सावो छी नै उपस्थित थिए । सोही सम्झौताका आधारमा गठन भएको द्विपक्षीय आयोगले नेपाल–चीनबीचको सम्पूर्ण सीमा विवाद टुंग्याएको थियो । चीनले कोदारी राजमार्गको प्रस्ताव गरेको थियो । तर, बिपीले आर्थिक रूपमा उपयुक्त नभएको भन्दै अस्वीकार गरेका थिए । टोलीमा सञ्चारमन्त्री गणेशमान सिंह, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय र परराष्ट्रसचिव नरप्रताप थापा थिए । विमानस्थलमा चाउ एनलाईले स्वागत भाषण गरेका थिए । त्यतिवेलाका मुख्य चिनियाँ पत्रिकाहरूले सम्पादकीयमै बिपीको भ्रमणको चर्चा गरेका थिए । राजा महेन्द्रको भ्रमणलाई उच्च महŒव नेपालबाट चीनमा सन् १९९० सम्ममा दर्जनभन्दा बढी उच्च तहका भ्रमण भए । राजा महेन्द्रको भ्रमणलाई चीनले अति महŒव दिएको देखिन्छ । ६ अक्टोबर १९६१ मा पेकिङ रिभ्युले राजा महेन्द्रको भ्रमणको विषयमा प्रकाशित समाचारमा लेखिएको छ, ‘नेपालप्रतिको ऐतिहासिक भावना अनि आफ्नो दक्षिण मित्रराष्ट्रको सम्मानमा पेकिङका लगभग पाँच लाख जनता २९ सेप्टेम्बरका दिन नेपालबाट चीन भ्रमणमा आएका आफ्ना विशिष्ट अतिथिलाई स्वागत गर्न सडकमा निस्किए । बाजागाजासँगै पुष्पगुच्छा लहराउँदै, मित्रताको नारा गाउँदै, भव्य नृत्यका साथ गरिएको स्वागतले तिनीहरूको नेपालप्रतिको भावनाको केही अंश मात्र दर्साएको थियो । वास्तवमा नेपाल उनीहरूको मनभित्र छ, पेकिङको त्यो प्रसिद्ध सेतो पगोडा एक नेपाली कलाकारले निर्माण गरेका हुन् ।’ स्वागतमा पिएलएका एयरफोर्सका आठ फाइटर विमानले राजा महेन्द्रको विमानलाई एयरपोर्टमा गार्ड अफ अनर दिएको थियो । एयरपार्टमै नेपाल र चीनको राष्ट्रिय गीत बजाइएको थियो । अध्यक्ष लिउ सावो छी, उपाध्यक्ष थुङ फी उ, चीन कम्युनिस्ट पार्टी, स्थायी समितिका अध्यक्ष छु थअ, प्रधानमन्त्री चाउ एनलाई एयरपोर्ट पुगेका थिए । उनको सम्मानमा एयरपोर्टमै २१ राउन्ड तोप पड्काइएको थियो । राजा र रानी खुला कारमा बसेर हात हल्लाउँदै बेइजिङवासीलाई अभिवादन गरेका थिए । सहर परिक्रमा गर्दा बेइजिङवासीले सडकमा लाइन लागेर स्लोगनसहित स्वागत गरेका थिए । राजा १५ दिन चीनमा बसेका थिए । भ्रमणकै समयमा ५ अक्टोबरका दिन चीन–नेपाल सीमा सन्धिमा हस्ताक्षर भएको थियो । भ्रमणको अन्तिम दिन १५ अक्टोबरमा अरनिको राजमार्ग निर्माणसम्बन्धी सम्झौता भएको थियो, जसले नेपालको भारतमाथिको पूर्ण निर्भरतालाई कम गर्न सघायो । प्रधानमन्त्री ओलीको पहिलो भ्रणले गरेको प्रगति पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१५ मा चीनको भ्रमणमा आएका केपी ओलीको भ्रमणले पनि नेपाल–चीन सम्बन्धमा ऐतिहासिक प्रगति भयो । नेपालले भारतबाट पाउँदै आएको समुद्रसँगको पहँुचलाई विकल्प हुने गरी चीनसँग पारवहन तथा यातायात र इन्धनसम्बन्धी सम्झौता ग¥यो । यद्यपि, भ्रमणको दुई वर्ष बितिसक्दा पनि त्यसको प्रोटोकल तयार हुन सकेको छैन । एक–दुई महिनामै सल्टाउने गरी काम गर्न दुई देश तयार भने भएका छन् । राजा वीरेन्द्रको तिब्बत भ्रमण २ देखि ९ जुन १९७६ मा राजा वीरेन्द्रले सिचुवान र तिब्बतको भ्रमणमा गएका थिए । प्रधानमन्त्री हुवा खुव फङ राजाको स्वागतका लागि बेइजिङबाट छन्दु पुगका थिए । वीरेन्द्रको स्वागतका लागि सकडमा जनता उभाइएको थियो । चीनले लिएपछि तिब्बतको भ्रमण गर्ने वीरेन्द्र पहिलो विदेशी राष्ट्रप्रमुख थिए । उनीमार्फत चीन तिब्बतमा टुरिजमको प्रोमोसन गर्न चाहन्थ्यो । राजा वीरेन्द्रले आफ्नो जीवनकालमा नौपटक चीनको भ्रमण गरेका थिए । त्यसमध्ये राजाका रूपमा तीनवटा राजकीय, दुई सद्भाव र एक औपचारिक भ्रमण थियो । प्रधानमन्त्री बनेपछि प्रचण्डको पहिलो विदेश भ्रमण पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै ओलम्पिक समारोहमा सहभागी हुन चीन आएका थिए । सोही समयमा उनले त्रिदेशीय साझेदारीको विषय उठाएका थिए । प्रधानमन्त्री भएपछि उनले पहिलो विदेश भ्रमण नै चीनको गरेका थिए । नेपालबाट भएका अन्य भ्रमण उपराष्ट्रपति परमानन्द झा – ४–९ जुन २०१३ औपचारिक (चीन–दक्षिण एसिया एक्स्पो उद्घाटन समारोह, खुन्मिङ) राष्ट्रपति रामवरण यादव – २६ अक्टोबरदेखि १ नोभेम्बर २०१० (सद्भावना संघाई वल्र्ड एक्स्पो समापन समारोह) ज्ञानेन्द्र शाह र कोमल शाह – २३–२६ अप्रिल २००५ (औपचारिक बोआओ फोरम सम्मेलन) ज्ञानेन्द्र शाह र कोमल शाह – ९–१८ जुलाई २००२ (राजकीय) वीरेन्द्र शाह र ऐश्वर्य शाह – २६ फेब्रुअरी ४ मार्च २००१ (राजकीय) वीरेन्द्र शाह र ऐश्वर्य शाह – २३–३० अगस्ट १९९६ (निजी) वीरेन्द्र शाह र ऐश्वर्य शाह – २०–२७ सेप्टेम्बर १९९३ (राजकीय) वीरेन्द्र शाह र ऐश्वर्य शाह – १४–१७ सेप्टेम्बर १९८७ (औपचारिक) वीरेन्द्र शाह र ऐश्वर्य शाह – २७ जुलाइदेखि ३ अगस्ट १९८२ (मैत्रीपूर्ण) वीरेन्द्र शाह र ऐश्वर्य शाह – २–९ जुन १९७६ (सद्भावना) वीरेन्द्र शाह र ऐश्वर्य शाह – ७–१३ डिसेम्बर १९७३ (राजकीय) महेन्द्र शाह – २८ सेप्टेम्बरदेखि १५ ओक्टोबर १९६१ (राजकीय) सुशील कोइराला – १४–१९ सेप्टेम्बर २०१४ (औपचारिक खुनमिङ एक्स्पो) माधवकुमार नेपाल – २६–३१ डिसेम्बर २००९ (औपचारिक) शेरबहादुर देउवा – ५–१२ सेप्टेम्बर १९९८ (औपचारिक) शेरबहादुर देउवा – २१–२८ अप्रिल १९९६ (औपचारिक) मनमोहन अधिकारी – १७–२१ अप्रिल १९९५ (औपचारिक) गिरिजाप्रसाद कोइराला – १९९३ (औपचारिक) गिरिजाप्रसाद कोइराला – १६–२२ मार्च १९९२ (औपचारिक) कीर्तिनिधि विष्ट – ५–१५ सेप्टेम्बर १९८९ (औपचारिक) कीर्तिनिधि विष्ट – २७ सेप्टेम्बरदेखि ४ ओक्टोबर १९७८ (औपचारिक) कीर्तिनिधि विष्ट – १४–२५ नोभेम्बर १९७२ औपचारिक तुलसी गिरी – १९६३ औपचारिक विश्वेश्वरप्रसाद कोइराला – ११–२१ मार्च १९६० औपचारिक टंकप्रसाद आचार्य – २५ सेप्टेम्बरदेखि ७ ओक्टोबर १९५६ औपचारिक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending