Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सहपाठी गुमाउँदाको पीडाः थामिएन् बाबुराम भट्टरार्इको अाँशु

काठमाडाैं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । भट्टराईका सहपाठीसमेत रहेका देवकोटाको उपचारको क्रममा सोमबार साँझ ५ बजर ३५ मिनेट जाँदा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको ६१ वर्षको उमेरमा निधन भएको हो । देवकोटालाई अन्तिम श्रद्धाञ्जली दिँदै डा. भट्टराईले भावुक हुँदै सामाजिक सञ्जालमार्फत देवकोटा सफल व्यक्ति भएको भन्दै उनको मुक्त कण्ठले प्रशंशासमेत गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अन्तिम विदाइ, प्रिय उपेन्द्र ! आज अन्तिम पटक तिम्रो भौतिक शरीरसंग विदा लिंदा मेरा मनमष्तिष्कमा हामी दुवै जना १० देखि १८ वर्षको किशोरावस्थामा सहपाठी हुँदाका अत्यन्त भावमय अनुभूतिहरूको स्मरण गरिरहेछु ! तिमी जस्तो मेधावी र बहुप्रतिभासम्पन्न सहपाठीसंगको प्रतिस्पर्धापूर्ण सहकार्य र सहयात्राले आफ्नो जीवनमा ठुलो योगदान पुर्याएकोमा गर्वको अनुभूति गर्दैछु ! तिमीप्रति अन्तरहृदयैदेखि कृतज्ञता व्यक्त गर्दछु ! हाम्रो सम्बन्धवारे थुप्रै सार्वजनिक जिज्ञासा र चासो (केही भ्रम पनि !) रहे पनि त्यसले हामी दुवैको विकासमा र अन्ततः देश र समाजको उन्नतिमा सकारात्मक योगदान पुर्याएको मान्दछु । हाम्रो स्वस्थ प्रतिस्पर्धा एक अर्कालाई तल तान्ने भन्दा पनि एक अर्का भन्दा अघि बढ्ने वा माथि उठ्ने प्रकृतिको थियो र त्यसैले सबैलाई लाभ पुर्याएको थियो भन्ने ठान्दछु ! यसवारे कसैले थप अनुमानको खेती नगरून् भन्ने पनि आग्रह गर्दछु ! तिम्रो जीवन अत्यन्त सफल छ ! तिमी अमर भएका छौ ! एउटा मान्छेको छोटो जीवन कालखण्डमा समाज, देश र मानवजातिलाई गर्नुपर्ने र गर्नसक्ने काम तिमीले गरेकाछौ ! तिम्रो सहपाठी र समकालीन सहयात्रीहरू सबै तिमी प्रति गौरवान्वित छौं,आभारी छौं, ऋणी छौं ! तिम्रो जय होस् !!’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending