Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

प्रधानमन्त्री ओलीले संसदमा भने-राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर चीनसँग सहमति

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर चीनसँग सहमति र समझदारी हुने स्पष्ट पारेका छन् । पाँच दिने चीन भ्रमणमा जाने अघिल्लो दिन सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणमा नेपालको हित र स्वार्थका पक्षमा आफ्नो दृष्टिकोणा राख्ने पनि बताए । ओलीले छिमेकीसँगको सम्बन्ध अझै प्रगाढ, सुदृढ, मजबुत र पारस्परिक सहयोगमा आधारित रहने बताए । भ्रमणका क्रममा गरिने कुनै पनि सम्झौता र समझदारी राष्ट्रको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानमा आँच नपुग्ने गरी गरिने बताएका हुन् । छिमेकी मुलुकसँग राम्रो सम्बन्ध विकास गरेर देशलाई आर्थिक विकासको बाटोमा मोड्ने र अतिकम विकसित मुलुकबाट माथि उक्लने प्रयासमा जुट्न सांसदहरुलाई आग्रह गरे । दीगो विकास लक्ष्य हासिल गर्न उपलबध स्रोतसंसाधनलाई परिचालन गर्नुपर्नेमा जोड दिए । समाजमा रहेका विकृति, विसंगति, वेथितिलाई अन्त्य गर्दै सुशासन र विकासमा अघि बढ्न सबैलाई आग्रह गरे । संसदलाई सम्बोधन गर्ने क्रममा आफ्नो भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भएका केहि घटनाहरुलाई पनि खोतल्न भ्याए । आफू भारत भ्रमणमा गएपछि भारतसँगको सम्बन्ध दिनप्रतिदिन झनै सुमधुर हुँदै गएको जानकारी गराए । तराईमा हुने डुवानका विषयमा दुबै राष्ट्रका प्रतिनिधीबीच छलफल मार्फत् विस्तारै वर्षेनि न्यूनिकरण गर्दै लैजाने विषयमा समझदारी हुने बताए । साथै भारतले विरगञ्जमा राखेको अस्थायी कार्यालय हटेको, चारवटा नयाँ हवाईमार्गमा सम्झौता भएको, रेलवे, जलमार्ग, पूर्वाधार निर्माणमा समझदारी बनेको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण पछि ‘अफसिजन’मा पनि पोखरा र जोमसोमका होटल भरिभराउ भएको प्रसंग कोट्याए । साथै प्रधानमन्त्री मोदीले सुरक्षाकर्मी लिएर आएकोमा नेपालमा अनावश्यक टिकाटिप्पणी भएको बताए । प्रधानमन्त्री ओलीले चीन पुरानो मित्रशक्ति, समस्यारहित मित्रशक्ति भएकाले उसँगको सम्बन्ध अझै विस्तार, कस्सिलो हुने बताए । गत वर्ष प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा गएको समयमा बनेका समझदारीका आधारहरुमा छलफल हुने बताए । प्रधानमन्त्रीले सहकार्य, सहयोग र संयुक्त लगानीको माध्यमबाट विश्व अर्थतन्त्रमा शक्तिशाली चीनसँग फाइदा लिनु नेपालको आवश्यकता रहेको बताए । प्रधानमन्त्रीले उर्जा सहयोग, लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, वेल्ट एण्ड रोड इनिसिएटिभ, विभिन्न नाका, र नयाँ नाकाहरुका विषयमा हस्ताक्षर हुने संसदलाई विश्वास दिलाए । चीनका प्रधानमन्त्री लि खछ्याङ, राष्ट्रपति सि जिनफिङसँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली असार ५ देखि १० गतेसम्म चीनको औपचारिक भ्रमणमा निस्कने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending