Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विश्वकप फुटबलः आजको खेलमा यी तीन खेलाडी चम्किन सक्छन्

मस्को । रसियामा जारी विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा दक्षिण कोरिया र स्वीडेनबिच प्रतिस्पर्धा हुने छ । यस्तै, दोस्रो खेलमा बलियो टिम बेल्जियम र पानामा भीड्ने छन्, भने सोमबारको अन्तिम खेलमा ट्युनिसियाले इंग्ल्याण्डको सामना गर्नेछ । यी तीन खेलबाट आज को चम्किन सक्छन् यसबारे अनुमान गर्न थालिएको छ । विशेष गरी आजको खेलमा इर्डन हजार्ड, ह्यारी केन र होङ चोलमा सबैको नजर जाने छ । किनकी उनीहरु अन्य खेलाडीभन्दा उत्कृष्ट मानिन्छन् । इर्डन हजार्ड बेल्जियम गत सिजनमा चेल्सीले प्रिमियर लिग उपाधि रक्षा गर्न नसके पनि व्यक्तिगत प्रदर्शनमा बेल्जियमका स्ट्राइकर इर्डन हजार्डको फर्ममा कमी आएन । उनले सक्दो चेल्सीका लागि गोल गरे । हजार्डको अवको चुनौती विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हो । हजार्डले अहिलेसम्म ८६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले २२ गोल गरे । २७ वर्षीय हजार्डले गत संस्करणको विश्वकपमा ५ खेल खेल्दा एक गोल पनि गर्न सकेनन् । तर, विश्वकप छनोटमा भने उनले ८ खेलमा ६ गोल गर्नुका साथै ५ पटक गोलका लागि एसिस्ट गरे । यसैकारण हेजार्ड बेल्जियमका प्रभावकारी खेलाडी बन्न सक्छन् । ह्यारी केन स्ट्राइकर, इंग्ल्यान्ड स्पेनिस क्लब रियल म्याड्रिडको नजर इंग्लिस स्ट्राइकर ह्यारी केनमाथि छ । टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्ने केनले गत सिजनमा ३७ खेलमा ३० गोल गरेका थिए । उनले दुईपटक गोलका लागि एसिस्ट पनि गरे । उत्कृष्ट फर्ममा रहेका केनको काँधमा इंग्लिस टोली छ । सन् १९६६ पछि विश्व च्याम्पियन बन्ने सपना बोकेको इंग्ल्यान्डको भाग्य केनको प्रदर्शनमा पनि टिकेको छ । केनले प्रिमियर लिगमा जस्तै प्रदर्शन दोहो¥याएमा इंग्ल्यान्ड अगाडि बढ्न सक्छ । केनले २४ अन्तर्राष्ट्रिय खेलमा १३ गोल गरेका छन् । डिबक्सभित्र र बाहिर सबै कुनाबाट उनी गोल गर्न सक्छन् । होङ चोल दक्षिण कोरिया, डिफेन्डर होङ चोलसँग त्यति धेरै अन्तर्राष्ट्रिय खेलको अनुभव छैन । तर, उनले पाएको जिम्मेवारी राम्ररी निर्वाह गर्न सक्छन् । यद्यपि, खास भूमिका डिफेन्डर भए पनि होङ लेफ्ट विंगरबाट प्रतिस्पर्धा गर्न सक्छन् । दक्षिण कोरियाको अनिवार्य सैनिक सेवा अवधि नसकिएकाले होङ राष्ट्रिय टोलीले बोलाउँदा मात्र व्यस्त हुने गर्छन् । सन् २०११ देखि राष्ट्रिय टोलीमा प्रवेश गरेका उनले अहिलेसम्म १४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यु–२३ का लागि एकपटक उनले गोल गरेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending