Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कोस्टारिका र सर्वियाबीच प्रतिस्पर्धा हुँदै

मस्को । २०१८ फिफा विश्वकपको समूह ‘इ’ को पहिलो खेलमा कोस्टारिका र सर्वियाबीच आइतबार साँझ ५ः४५ बजे प्रतिस्पर्धा हुँदैछ। कोस्टारिकाले सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा इंग्ल्यान्ड, इटाली र उरुग्वेजस्ता बलिया टिमसँग परेपनि कोस्टारिकाले अन्तिम आठसम्मको यात्रा गरेको थियो। यता २०१८ को विश्वकप छनोटमा अमेरिकालाई ४–० गोलले पराजित गर्दै कोस्टारिकाले आफू बलियो टिम भएको सावित गरेको थियो। पछिल्ला मैत्रीपूर्ण खेलमा राम्रो खेल प्रदर्शन गर्न नसक्नु भने उसका लागि टाउको दुखाईको विषय बनेको छ। सर्विया सन् २०१० पछि विश्वकपमा फर्किएको हो। त्यतिबेला सर्विया समूह चरणबाटै बाहिरिएको थियो। तर समूह चरणमा सर्वियाले जर्मनीलाई १–० गोलले पराजित गरेको थियो। यसपटक भने विश्वकपका लागि भएको युरोपियन छनोटमा समूह विजेता बनेको सर्वियाले आयरल्यान्ड गणतन्त्र, वेल्स र अस्ट्रियालाई पछि पारेको थियो। पछिल्ला मैत्रीपूर्ण खेलहरुमा दबावमा रहेको कोस्टारिकाको परिक्षा सर्वियाविरुद्धको खेलमा हुनेछ। जसले उसलाई गत संस्करणको जस्तै नतिजा निकाल्नका लागि आत्मविश्वास बढ्नेछ। सर्विया उच्च मनोबलका साथ रसिया पुगेको छ। बोलिभिया विरुद्धको मैत्रीपूर्ण खेल ५–१ ले जितेको सर्वियन टिममा रहेका खेलाडी विश्वकै उत्कृष्ट खेलाडीमा पर्छन्। सर्वियाले विश्वकपमा उत्तर अमेरिकी टिम विरुद्ध खेलिएका पछिल्ला ३ खेलमा जित हात पारेको छ। सर्वियाले मेक्सिकोलाई सन् १९५० मा ४–१, होन्डुरसलाई सन् १९८२ मा १–० र सन् १९९८ मा अमेरिकालाई १–० गोलले हराएको थियो। सम्भावित टिम कोस्टारिकास् केलर नाभास, गिएनकार्लो गोन्जालेज, ‌ओस्कार डुआर्टे, जोनी अकोस्टा, क्रिस्टियन गाम्बोआ, ब्रायन ओलभिइडो, डेभिड गुजम्यान, सेल्सो बोर्गेस, ब्रयान रुइज, क्रिस्टियन बोलानोस, मार्को उरेना सर्वियास् भ्लादिमिर स्टोजकोभिक, ब्रनिस्लाभ इभानोभिक, निकोला मिलेनकोभा, डुस्को टोसिक, अलेक्जेन्डर कोलारोभ, नेमान्जा माटिक, सर्जेज मिलिन्कोभिक साभिक, डुसान टाडिक, अदेम एलजाजिक, फिलिप कोस्टिक, अलेकसन्दर मिट्रोभिक । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending