Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

स्पेन भर्सेस पोर्चुगलः ३५ खेलमध्ये कसले कति पटक जित्यो ?

सोची । स्पेन पछिल्लो २० खेलमा अपराजित छ भने पोर्चुगलले सन् २०१४ सेप्टेम्बरयता प्रतियोगितात्मक खेलमा जम्मा एक हार बेहोरेको छ । शुक्रबार यी दुई बलिया टोलीबीचको बहुप्रतीक्षित खेलमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा थियो । तर बुधबारको घटनापछि उक्त खेलले नयाँ आयाम लिँदै छ । स्पेनले सनसनीपूर्ण निर्णय गर्दै विश्वकप उद्घाटनको पूर्वसन्ध्यामा प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्‍यो । उनको स्थानमा फर्नान्डो हिएरोको नियुक्ति गर्न पनि लामो समय लगाएन । हिएरोले यसअघि सिनियर स्तरमा स्पेनी दोस्रो श्रेणी क्लब ओभिएडोको जिम्मेवारीमात्र सम्हालेका छन् । गत महिनामात्र स्पेनको राष्ट्रिय टोलीसँग नयाँ सम्झौता गरेका लोपेटेगुईले मंगलबार रियल म्याड्रिडसँग सम्झौता गरेका थिए । उनले अर्को सिजन रियल म्याड्रिडको प्रशिक्षक बन्ने स्विकारेपछि स्पेनिस फुटबल महासंघले उनको नियुक्ति घोषणाभन्दा ५ मिनेटअघि मात्र पत्तो पायो । महासंघलाई यो पक्कै सह्य थिएन । यसै सन्दर्भमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले सन् २०१६ को युरोपेली च्याम्पियनसिपपछि नयाँ सम्झौता गरेको प्रसंग भने फरक छ । ‘हामी छलफलका लागि बस्यौं, एक कप कफी पियौं र त्यसबेलासम्म दुवै पक्ष समझदारीमा आइसकेको अवस्था थियो,’ त्यति बेला सान्तोसले भनेका थिए । छिमेकी राष्ट्रबीचको प्रतिस्पर्धा त छँदै छ । रियल म्याड्रिडमा सँगै खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको प्रतिस्पर्धा पनि हेर्नलायक हुनेछ । सुरुआती चरणमा हुने मुख्य खेलमध्ये एक हो स्पेनविरुद्ध पोर्चुगल । स्पेनको स्थितिले खेलमा अझै रोमाञ्च थप्नेछ । महासंघको यस निर्णयले खेलमा कतिको असर पुग्ने हो हेर्न बाँकी छ । केही मिडियाले लोपेटेगुईबारे निर्णयलाई लिएर स्पेनिस टोलीभित्र विवाद रहेका पनि जनाइरहेका छन् । यस्तो अवस्थामा सामान्यतया टोलीमा केही समस्या उत्पन्न हुने भए पनि कप्तान रामोसले सामाजिक सन्जालमार्फत सन्देश दिइसकेका छन् । ‘हामी राष्ट्रिय टोली हौं । हामीले राष्ट्रको झण्डा, समर्थक र सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गरिरहेका छौं,’ उनले टीटरमा लेखेका छन्, ‘हाम्रो जिम्मेवारी देशको साथ र देशकै लागि हो । हिजो, आज र भोलि पनि । ’ सन् २०१६ मा लोपेटेगुईले जिम्मेवारी सम्हालेसँगै गुमाएको अस्तित्व स्पेनले फिर्ता पाएको अनुभूति गरेको थियो । उनले लगातार पोसेसन राख्दै विपक्षीलाई हायलकायल बनाएका थिए । उनको आगमनपछिको नतिजाले पनि प्रदर्शन सिद्ध पारेको छ । युरोपेली च्याम्पियन पोर्चुगलले सान्तोसको आगमनपछि खेलेका २४ औपचारिक खेलमा एकपल्टमात्र हार बेहोरेको छ । रोनाल्डो र बर्नार्डो सिल्भाको उपस्थिति रहे पनि बेलाबखत पोर्चुगलको प्रदर्शन खराब रहन्छ । स्पेनले पछिल्ला केही खेलमा पोर्चुगलमाथि वर्चस्व कायम गरेको छ । हालसम्म खेलेका ३५ खेलमा स्पेनले १६ खेल जितेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ । स्पेनले सन् २०१० को विश्वकप र सन् २०१२ को युरोमा पोर्चुगललाई पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । इरान र मोरक्कोसम्मिलित यस समूहमा दुवै टोली खेल बराबरीमा टुंगिए खुसी हुनेछन् । यद्यपि पोर्चुगलका प्रशिक्षक अर्कै सोचमा छन् । ‘म जितबाहेक अन्य नतिजाबारे सोचिरहेको छैन,’ उनले भने, ’हामी यहाँ प्रत्येक खेल जित्ने लक्ष्य लिएर आएका हौं ।’ एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending