काठमाडौं । प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । उहाँले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिए । सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरे । सांसद दुर्गा पौडेलले रोजगारीका सिलसिलामा विदेशिएका मजदूरका समस्याका बारेमा ध्यानाकर्षण गराउनुभयो ।सांसदद्वय एकलाल मियाँ र रुही नाजले मुसलानकोे प्रसिद्ध पर्व इदको दिन राष्ट्रिय रुपमा सार्वजनिक बिदा दिन माग गरे । सांसद प्रेम सुवालले मोही किसानका समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि माग गरे । सांसद यशोदा गुरुङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् परियोजनाका लागि फरक फरक प्रसारण लाइन निर्माण गर्दा धेरै जमीन खेर जाने भएकाले एउटै प्रसारण लाइन हुनुपर्ने माग गरे । सांसद गणेश पहाडीले सिन्धुलीका भूकम्पपीडित र मध्यपहाडी राजमार्ग विस्तारमा जग्गा परेका किसानका माग सम्बोधन गर्न आग्रह गर्दै बिपी राजमार्गमा सेल्फी र सुटिङस्थलका रुपमा होइन यातायात व्यवस्था सहज तुल्याउने तर्फ ध्यान जाओस् उनले भने । सांसद लक्ष्मीकुमारी चौधरीले धनगढी–अत्तरिया निर्माणाधीन ६ लेनको सडक निर्माणको ढिलाइले वर्षायाममा जनतालाई हिँडडुल गर्न कठिनाई भएकाले समयमै बन्नुपर्ने बताए । बैठकमा सांसद आशाकुमारी विक, घनश्याम खतिवडा, राजेन्द्रप्रसाद गौतम, तेजुलाल चौधरी, रेखाकुमारी झा, भूमिप्रसाद त्रिपाठी, नवराज रावत, लीलानाथ श्रेष्ठ र वीना बुढाथोकीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: