Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

भूकम्प लगत्तै फैलन्छन् यी रोग : थाहा पाउनाेस् बच्ने उपाय

देश भूकम्पले छिन्नभिन्न बनेको छ । आफ्नो श्रीसम्पत्ती गुमाएका धेरै मानिसहरुलाई अहिले खानको लागि गाँस, बस्नको लागि बाँस र लगाउनको लागि कपास अभाव भइरहेको छ । भूकम्पले निकै अस्तव्यस्त बनाएको मानिसहरु आफ्नो स्वास्थ्यको विषयमा भने त्यति सजग हुन सकेका छैनन् । पराकम्पनको डरले मानिसहरु आफूलाई जे सजिलो हुन्छ त्यहि खाइरहेका छन् भने जता सुरक्षित महसुस हुन्छ त्यतै बसिरहेका छन् । भूकम्पले असर नपार्ने क्षेत्र सायद बिरलै होला । यसले मानिसहरुको स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने गर्दछ । जसमध्ये कुनै प्रभाव तात्कालिक हुने गर्दछ भने कुनै  केहि समय पछि देखिने गर्दछ । आउनुहोस्, भूकम्प पछि लाग्ने रोग र यसबाट बच्ने केहि उपायः भूकम्पले स्वास्थ्यमा पार्ने सबैभन्दा पहिला असर टाउको दुखाई हो । धेरै मानिसहरुमा भूकम्पको अनुभवपश्चात् टाउको दुखाई अथवा माइग्रेनको समस्या हुने गर्दछ । यद्यपी, यसको अहिलेसम्मको कुनै स्पष्ट कारण भने पत्ता लाग्न सकिएको छैन । कोही मानिसहरुलाई टाउको दुख्ने समस्या क्षणिक हुने गर्दछ भने कसैलाई माइग्रेनको रुपमा धेरै लामो समयसम्म रहिरहन्छ । भूकम्पको क्रममा हाम्रो शरिरमा इलेक्ट्रोम्याग्नेटिक फोर्सवेब्जको अनुभव हुने गर्दछ । जब शरिरले यी वेभ्ससँग सद्भाव जोड्न सक्दैनन् तब यसले हाम्रो सेन्ट्रल नर्भस सिस्टम यसलाई टाउको दुखाई अथवा माइग्रेनको रुपमा अभिव्यक्त गर्ने डाक्टरहरु बताउँछन् । फोबियाः फोबिया पनि भूकम्पको प्रभावमध्येको एक हो । धेरैजसो मानिसहरु भूकम्पको क्रममा आफ्ना परिवार गुमाउने र आफ्नै मृत्युको आशंकामा त्रसित हुने गर्दछन् । यस्तो अवस्थामा केहि मानिसहरुलाई लामो समयसम्म असर पर्ने गर्दछ र कालान्तरमा यो फोबियाको रुपमा बिकसित हुने गर्दछ । यसलाई ‘अर्थक्वेक फोबिया’ अथवा ‘अर्थक्वेक एन्जाइटी’ भनिन्छ । यस्तो अवस्थामा मानिसहरु भूकम्पको नामले नै डराउने गर्दछन् । हृदयघातः हृदयघात पनि एउटा यस्तो रोग हो जुन भूकम्प तथा अन्य प्राकृतिक आपतको बेला अत्यधिक देखिने गर्दछ । मानिसहरु भूकम्पको डरले हृदयघात तथा ब्लडप्रेसरको शिकार हुने गर्दछन् । यसका कारण थुप्रैले आफ्नो ज्यान पनि गुमाउने गर्दछन् । यसबाट बच्ने एकमात्र उपाय भनेको आफ्नो मानसिक अवस्थालाई नियन्त्रणमा राख्ने र धैर्यपूर्वक काम गर्ने नै हो । भूकम्प आउँदा भाग दौड गर्दा मानिसहरुलाई चोट लाग्ने गर्दछ । यसमा बालबालिका, महिला र वृद्धवृद्धालाई सबैभन्दा बढि चोट लाग्ने गर्दछ किनभने उनीहरु आफ्नो स्थानबाट तत्काल भाग्न सक्दैनन् । महामारीः महामारी भूकम्प पछिको सबैभन्दा भयावह प्रभाव हो । यद्यपी, आधुनिक चिकित्सा सुविधाका कारण महामारीले त्यति धेरै असर देखाउन सक्दैन तर पनि भूकम्पपछि पशु–पंक्षी तथा मानिसहरुको बेवारिसे लासको अन्तिम संस्कार हुन नपाउँदा महामारीको खतरा फैलिने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies