Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

जताततै नयाँ शहरको योजना, भएन कतै काम

\"\"काठमाडौँ । सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि प्रगतिका हिसाबले ती परियोजना प्रभावकारीरुपमा अगाडि बढ्न सकेका छैनन् । आर्थिक वर्ष २०६७/७८ देखि मध्यपहाडी राजमार्गमा पर्ने १० वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने सरकारले लक्ष्य राखेको थियो । तत्कालीन पाँच विकास क्षेत्रका दुई–दुईवटा बस्ती छनोट गरी काम शुरु भएको थियो । ती आयोजनाका काम कछुवा गतिमा बढेको पाइएको छ । सो परियोजनाका लागि १० आयोजना कार्यालय स्थापना गरिएको छ । भौतिक तथा वित्तीय प्रगतिको मात्रा भने प्रभावकारी, भरपर्दो र अपेक्षित देखिएको छैन । यस्तै सरकारले आव २०७३÷७४ मा सुर्खेतको भेरी गंगा उपत्यका र प्यूठानको भिंग्रीलाई नयाँ शहरको रुपमा विकास गर्ने योजना अगाडि सा¥यो । सो परियोजनाको काम अगाडि बढ्न सकेको छैन । सोही आवमा नै तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा बस्ती र तराई मधेशका पाँच बस्तीलाई नयाँ शहरका रुपमा विकास गर्ने कार्यक्रमलाई बजेटमा समावेश गरियो । सरकारले सघन शहरी विकास कार्यक्रमअन्तर्गत तराईका १८ नगरपालिकामा रु ५० करोडको शहरी सडक निर्माण, ढल, बसपार्क, हाटबजार, पोखरी र मनोरञ्जन पार्कका लागि छुट्याएको रकमसमेत खर्च हुन सकेको छैन । महालेखाको प्रतिवेदनमा समेत २१ वटा प्याकेज ठेक्का रु पाँच अर्ब ३६ करोडको सम्झौता भएको र ३० प्याकेजको रु २५ अर्ब ९७ करोडको ठेक्का हुन नसकेको औँल्याएको छ । यस्तै सोही प्रतिवेदनअनुसार हुलाकी राजमार्गमा १० नयाँ शहरको स्थान पहिचान, विस्तृत परियोजना प्रतिवेदनको तयारी र पूर्वाधार निर्माण गर्ने भनिए पनि पहिचान भएका शहरको कुनै पनि प्राविधिक तयारी हुन सकेको छैन । पूर्वाधार निर्माणको काम हुन सकेको छैन । गोरखाको पालुङ्टारलाई स्मार्ट सिटी बनाउने योजना गुरुयोजनाको अभावमा अगाडि बढ्न सकेको छैन । अघिल्ला कार्यक्रमहरुको यस्तो अवस्था रहेकै बेला सरकारले पुनः २०७४ असार २८ गते थप १० वटा शहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने निर्णय ग¥यो । पछिल्लो निर्णयको समेत हालसम्म देखिने गरी कुनै पनि काम हुन सकेको छैन । शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर आयोजना समन्वय कार्यालयका कार्यक्रम निर्देशक पराग कायस्थकाअनुसार योजनाबद्ध शहरीकरण गरी केन्द्रको रुपमा विकास गर्ने तथा प्रत्येक नयाँ शहरमा एक लाखसम्मको जनसंख्या पु¥याउनका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको हो । ठूला शहरी क्षेत्र तराई तथा कृषि योग्य उपत्यकामा हुन सक्ने बसाइँ सराइलाई नियन्त्रण गर्ने, त्यस क्षेत्रबाट अन्यत्र बसाइँ सराइ गरेका परिवारलाई आकर्षित गर्ने, कृषि पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास एवं प्रवद्र्धन गरी आर्थिक क्रियाकलाप गर्ने सरकारको लक्ष्य रहेको कायस्थ बताछन् । सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तिबाङ, अछामको साँफेबगर, तनहुँको डुमे्र, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन, प्यूठानको भिंग्री र सुर्खेतको भेरीगंगालाई मध्य पहाडी राजमार्गअन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने लक्ष्य राखेको हो । यस्तै हुलाकी राजमार्गमध्ये झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रह्मपुरी, रौतहटको भोलापुर र कटहरिया, बाराको महागढीमाई, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलौरीलाई स्मार्ट शहर बनाउने लक्ष्य राखेको छ । त्यस्तै तराई मधेशका पाँच शहरमा सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर, नवलपरासीको बर्दघाट र दाङको गढवा रहेका छन् भने स्मार्ट सिटीका रुपमा लुम्बिनी, पालुङ, निजगढ, धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे उपत्यका, भरतपुर, वालिङ, दुल्लु, अमरगढी, तुल्सीपुर र टीकापुरलाई छनोट गरिएको थियो । नयाँ शहर आयोजना समन्वय कार्यालय भने बजेट अभावमा काम हुन नसकेको स्वीकार गर्छ । वर्षेनी थपिएका नयाँ शहर आयोजना कार्यान्यन हुन सकेको छैन । अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा, स्वास्थ्य, सिर्जनशीलता, सुरक्षा र समावेशीकरण, सूचना प्रविधि, पूर्वाधार, अनलाइन सेवा, पारदर्शी र खुला सरकार, पहिचान, नवीन उद्यमशीलता, उत्पादनशीलता र हरित व्यवसाय भौतिक पूर्वाधार, शहरी सेवा सुविधा तथा सामाजिक पूर्वाधार उपलब्ध भएको क्षेत्रलाई स्मार्ट शहरका रुपमा लिइन्छ । निर्वाचनको समयमा र पछिल्ला वर्षमा घोषणा गरिएका स्मार्ट शहरको प्रक्रिया नै अगाडि बढ्न नसक्दा घोषणा केवल घोषणमा नै सीमित हुन पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending