Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

नेकपालाई भ्रातृ संस्था मिलाउन सकस किन ? कारण यस्तो छ

२२ संगठन मिलाउन २२ कार्यदल २२ भ्रातृ संस्थाहरू मिलाउन नेकपाले २२ वटा कार्यदल बनाएको छ । कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा गर्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरूको नामावली प्रस्ताव गर्न कार्यादेश दिइएको छ । कमिटी बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने म्यान्डेट कार्यदललाई छ । माओवादी संगठन ८ गुणासम्म ठूला तत्कालीन माओवादीको जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार एमालेको तुलनामा आठ गुणासम्म ठूला छन् । एमालेको पेसागत महासंघको केन्द्रीय कमिटी ८६ सदस्यीय छ भने माओवादी पेसागत संगठनमा ८५० केन्द्रीय सदस्य छन् । अधिकांश अरू संगठनको केन्द्रीय समिति पनि ठूलो छ । एकीकरण गर्दा संख्यात्मक बाँडफाँडमा जटिलता देखिने सम्भावना छ । विवाद नमिले पार्टी नेतृत्वले टुंग्याउने भ्रातृ संगठनसँग सम्बन्धित सबै कार्यदललाई नाम, नेतृत्व, संख्यालगायत विषय टुंगो लगाउने कार्यादेश दिइएको छ । कार्यदलले विवाद मिलाउन नसके पार्टीको केन्द्रीय सचिवालयले नै अन्तिम निर्णय गर्नेछ । रस्साकस्सी धेरै देखिएकाले जनसंगठनको नेतृत्वको विषय पनि अध्यक्षद्वयले नै अन्तिम टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने नेकपाका एक केन्द्रीय सचिवालय सदस्यले बताए । ‘सबै तलै टुंगो लगाउन भनिएको छ, नेतृत्वमा बढी प्रतिस्पर्धा देखिँदा कार्यदलमा सर्वसम्मत हुन सकेन भने अध्यक्षद्वयले नै छलफलबाट अन्तिम टुंगो लगाउनुहुन्छ,’ ती सदस्यले भने । २२ संगठनको यसरी हुँदै छ एकीकरण १.मजदुर कार्यदल : विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी तयारी : तत्कालीन एमालेको नेपाल ट्रेड्र युनियन महासंघ (जिफन्ट)को ५१ सदस्यीय र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)को १६९ सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलले एकीकरणको छलफल सुरु गरेको छैन । नाम : जिफन्टले श्रममा दर्ता नम्बर १ तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि स्थापित नाम भएकाले आफ्नै नाम राख्दा उपयुक्त हुने प्रस्ताव राख्दै आएको छ । जटिलता : जिफन्टभन्दा अन्टुकको संगठन ठूलो भएकाले केन्द्रीय कमिटी मिलाउँदा दुवैको सम्मानजनक हैसियत हुने स्थिति छैन । घटक संगठनहरूको महासंघ भएकाले तल प्रतिष्ठानमा कहाँ कसको कस्तो ‘पोजिसन’ छ, त्यस आधारमा नेतृत्व राख्ने भनिएको छ । २.  युवा कार्यदल : मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र  रामप्रसाद सापकोटा तयारी : तत्कालीन एमालेको युवा संघ नेपालमा २५१ र माओवादीको वाइसिएल नेपालमा २१३ सदस्यीय केन्द्रीय समिति छ । गत २४ जेठमा पेरिसडाँडास्थित कार्यालयमा बसेको बैठकमा वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले दुई साना संगठनबीच एकीकरण बाँकी रहेकाले संख्या थोरै बढ्न सक्ने बताएका थिए । कार्यदल बैठकले केन्द्रीय कमिटी संख्या र संरचना टुंगो लगाउन दुवैतर्फका महासचिवसहितको ५ सदस्यीय छुट्टै समिति बनाएको छ । नाम, झन्डा, नारा, शपथको व्यहोरालगायत विषयमा कार्यदलस्तरमा छलफल सुरु भइसकेको युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले बताए । नाम : युवा संघ नेपालले आफ्नै नाममा जोड गरिरहेको छ । वाइसिएलले लिग या कम्युनिस्ट शब्द पर्ने गरी कुनै नयाँ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । जटिलता : दुवैको जम्बो केन्द्रीय कमिटी रहेकाले छरितो कमिटी बनाउनुपर्ने चुनौती छ । ३. महिला कार्यदल :राधा ज्ञवाली, उर्मिला अर्याल, गोमा देवकोटा, र अमृता थापामगर तयारी :गोमा देवकोटा अध्यक्ष रहेको तत्कालीन एमालेको अखिल नेपाल महिला संघको १९६ सदस्यीय केन्द्रीय कमिटी छ भने अमृता थापामगर अध्यक्ष रहेको माओवादीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ५७५ सदस्यीय छ । दुई संगठन मिलाउन कार्यदलले छलफल नै सुरु गरेको छैन । नाम : खासै छलफल नभए पनि अनेमसंघ क्रान्तिकारीले अनेमसंघको पछाडि महासंघ राख्दा राम्रो हुने सुझाब दिएको छ । ‘नामको खासै समस्या छैन, नेतृत्व पनि छलफलबाटै टुंगो लाग्छ,’ कार्यदलकी सदस्य अमृता थापामगरले भनिन् । चुनौती :अनेमसंघ (क्रान्तिकारी)को कमिटी एमालेको भन्दा झन्डै तीन गुणा ठूलो छ । यसलाई मिलाउन कार्यदललाई सकस हुनेछ । ४ .  विद्यार्थी कार्यदल : रवीन्द्र अधिकारी, हितमान शाक्य, नवीना लामा र रञ्जित तामाङ तयारी : तत्कालीन एमालेको अनेरास्ववियुमा नवीना लामा अध्यक्ष रहेको दुई सय सदस्यीय केन्द्रीय कमिटी छ । यसमा ४५ जना आयोग सदस्य छन् । माओवादीको अखिल क्रान्तिकारीमा रञ्जित तामाङ अध्यक्ष रहेको २४३ सदस्यीय केन्द्रीय कमिटी छ । संगठन एकीकरणका लागि गठित कार्यदलले अझै औपचारिक छलफल सुरु गरेको छैन । नाम : अब एकैपटक विधानमाथिको छलफलसँगै नाम, संख्या, संरचनालगायतका विषयमा सहमति खोजिने अखिलका उपाध्यक्ष रश्मि आचार्यले बताए । चुनौती :एउटा संगठनको केन्द्रीय कमिटी ठूलो र अर्कोको सानो आकार रहेकाले कार्यदललाई एकीकृत संगठनमा सदस्य बाँडफाँडको चुनौती छ । ५. किसान कार्यदल :वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ तयारी :तत्कालीन एमालेको अखिल नेपाल किसान महासंघमा वामदेव गौतम अध्यक्ष रहेको १ सय ७५ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीतर्फको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीमा चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको ३ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । केही दिनअघि गौतमनिवास भैँसेपाटीमा सम्पन्न कार्यदलको बैठकले एकीकरणबाट बढीमा ३ सय ५० जनासम्मको कमिटी बनाउने गरी छलफल गरेको श्रेष्ठले बताए । २९ जेठमा कार्यदलको अर्को बैठक बस्दै छ । नाम : दुवैको नाम एउटै रहेकाले पुच्छर हटाउनेबित्तिकै एउटै नाम हुने कार्यदल सदस्य श्रेष्ठले बताए । जटिलता : तत्कालीन एमालेको भन्दा माओवादी केन्द्रको संगठन दोब्बर रहेकाले धेरै काँटछाँट गरेर एकीकरण गर्नुपर्नेछ । घटक संगठनहरू पनि मिलाउनुपर्ने भएकाले कहाँ–कसको नेतृत्व अर्को चुनौती छ । ६. कलाकार कार्यदल : मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री तयारी : तत्कालीन एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघमा खगेन्द्र राई अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी तथा माओवादीको नेपाल जनसांस्कृतिक महासंघ सरल सहयात्री अध्यक्ष रहेको १ सय ६५ सदस्यीय छ । एकीकरणका लागि गत २३ जेठमा पेरिसडाँडामा बसेको पहिलो बैठकले तत्काल विधानको मस्यौदा बनाएर दोस्रो बैठक बस्ने निर्णय गरेको छ । नाम : नाम करिब–करिब मिल्दोजुल्दो भएकाले समस्या नभएको कार्यदलका सदस्य खगेन्द्र राईले बताए । जटिलता : एउटाको ठूलो र अर्कोको सानो आकारको कमिटी रहेको र घटक संगठन पनि रहेकाले कहाँ कसरी नेतृत्व बाँडफाँड गर्ने चुनौती छ । ७. जनजाति कार्यदल : पृथ्वी सुब्बा गुरुङ, देवप्रसाद गुरुङ, सुरेश आलेमगर र गोकुल घर्ती तयारी : तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अध्यक्ष रहेको १ सय ७ सदस्यीय केन्द्रीय कमिटी र ५९ घटक संगठन छन् । माओवादीको राष्ट्रिय मुक्तिमोर्चामा सुरेश आलेमगर अध्यक्ष रहेको केन्द्रीय कमिटी छ । मुख्यमन्त्री गुरुङ व्यस्त रहेकाले कार्यदलको बैठक बसेको छैन । नाम : तत्कालीन माओवादीले जातीय मुक्तिसँग जोडिने नाम राखेका कारण दुवैको नाम भिन्नभिन्न छ । नामबारे औपचारिक छलफल भएको छैन । जटिलता : दुवैको जातीय घटकहरूको समेत एकीकरण सम्पन्न गर्नुपर्नेछ । ८. मधेसी कार्यदल : मातृका यादव, रघुवीर महासेठ, जगदीश कुसियत र रामकुमार शर्मा तयारी : तत्कालीन एमालेको लोकतान्त्रिक मधेसी संगठनमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ अध्यक्ष रहेको ८ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ र माओवादीको मधेसी राष्ट्रिय मुक्तिमोर्चामा रामकुमार शर्मा अध्यक्ष छन् । नाम : नाम मिल्दोजुल्दो छैन । कार्यदलमा पनि छलफल भइसकेको छैन । ९. मुस्लिम कार्यदल : सराज अहमद फारुखी, हकिकुल्ला खाँ, जुनैद अन्सारी र अतहर हुसेन तयारी : तत्कालीन एमालेको नेपाल मुस्लिम इत्तेहाद संगठनमा सराज अहमद फारुखी अध्यक्ष रहेको १ सय ३१ सदस्यीय केन्द्रीय कमिटी छ त्यस्तै, माओवादीको मुस्लिम मुक्तिमोर्चा नेपालमा हकिकुल्ला खाँ अध्यक्ष रहेको १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलको औपचारिक बैठक इदपछि मात्र बस्ने फारुखीले बताए । नाम :इत्तेहाद शब्द नहट्ने गरी एकीकृत संगठन बनाउने तयारी छ । १०. दलित कार्यदल :बोमबहादुर विश्वकर्मा, तिलक परियार, जितु गौतम र दलजित श्रीपाइली तयारी :एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाजमा जितु गौतम अध्यक्ष रहेको १ सय २५ सदस्यीय केन्द्रीय कमिटी छ । त्यस्तै माओवादीको दलित मुक्ति मोर्चामा दलजित श्रीपाइली अध्यक्ष रहेको ४ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । २७ जेठमा बसेको कार्यदल बैठकले जिल्लासम्मको संख्यात्मक तथ्यांक तयार पार्ने तथा विधानका लागि उपसमिति बनाउने निर्णय गरेको छ । नाम : दुवैको भावनात्मक सम्बोधन गर्ने गरी नाम छोटो राख्न छलफल चलिरहेको कार्यदल सदस्य तिलक परियारले बताए । जटिलता : एउटाको ठूलो र अर्कोको सानो कमिटी रहेकाले मिलाउन समस्या छ । ११. बुद्धिजीवी कार्यदल : दीनानाथ शर्मा, टंक कार्की, दिनेशचन्द्र देवकोटा र नरेश भण्डारी तयारी :तत्कालीन एमालेको नेपाल बुद्धिजीवी परिषद्मा डा. दिनेशचन्द्र देवकोटा अध्यक्ष रहेको ८२ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीनिकट अखिल नेपाल बुद्धिजीवी संगठनमा नरेश भण्डारी अध्यक्ष रहेको ३३३ सदस्यीय कमिटी छ । केही दिनअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले विधानलगायतको काम गर्न ९ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलले लगातार काम गरिरहेको सदस्य दीनानाथ शर्माले बताए । नाम :बुद्धिजीवी शब्द नहटाउने गरी सकभर छरितो नाम बनाउने तयारी छ । १२. पेसागत कार्यदल : जनार्दन शर्मा, विश्वनाथ प्याकुरेल, प्रेमल खनाल र दयाराम बस्याल तयारी : तत्कालीन एमालेको पेसागत महासंघ नेपालमा विश्वनाथ प्याकुरेल अध्यक्ष रहेको ८६ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको नेपाल राष्ट्रिय कर्मचारी महासंघमा दयाराम बस्याल अध्यक्ष रहेको ८ सय ५० सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलको बैठक अझै बसेको छैन । नाम : पेसागत महासंघ नेपालले पुरानो संगठन भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि स्थापित रहेकाले त्यही नाम राख्नुपर्नेमा जोड दिएको छ । १३. भूतपूर्व सेना-प्रहरी कार्यदल : चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई र जीवनबहादुर बुढा तयारी :तत्कालीन एमालेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा धनबहादुर चन्द अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको भूतपूर्व सैनिक संगठन र पूर्वजनमुक्ति सेना संघमा जीवनबहादुर बुढा अध्यक्ष रहेको केन्द्रीय कमिटी छ । कार्यदलको औपचारिक बैठक बसेको छैन । नाम :पार्टी नेतृत्वले तत्कालीन माओवादीको पूर्वजनमुक्ति सेना संघलाई समेत मिलाएर एकीकरण गर्न निर्देशन गरेकाले भूतपूर्व सैनिक–प्रहरी शब्द नहट्ने गरी उपयुक्त नाम राख्ने तयारी भइरहेको छ । जटिलता :संख्या मिलाउनुपर्ने, तत्कालीन माओवादीका लडाकुलाई समेत समेटेर संगठन बनाउनुपर्नेछ । १४. पत्रकार कार्यदल :योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल तयारी :तत्कालीन एमालेको प्रेस चौतारी नेपालमा गणेश बस्नेत अध्यक्ष रहेको ९९ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको प्रेस सेन्टर नेपालमा महेश्वर दाहाल अध्यक्ष रहेको १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । पेरिसडाँडा कार्यालयमा आइतबार बसेको बैठकले विधान तयारीका लागि चौतारीका महासचिव राजेश राई र सेन्टरका महासचिव विष्णु सापकोटालाई जिम्मा दिएको छ । नाम : प्रेस चौतारी नेपालले जिल्ला प्रशासनमा दर्ता रहेको र स्थापना कालदेखिकै एउटै नाम रहेकाले निरन्तरता दिनुपर्ने बताएको छ भने सेन्टरले प्रेस समेट्ने गरी साझा नाम बनाएर जानुपर्नेमा जोड दिएको छ । जटिलता :एउटाको ठूलो र अर्कोको सानो आकार रहेकाले मिलाउनुपर्नेछ । १५. मानव अधिकार कार्यदल :विजय सुब्बा, मीनबहादुर शाही, विष्णुपुकार श्रष्ेठ र दीनमणि पाखरेल तयारी : तत्कालीन एमालेको मानवअधिकार एलाइन्समा मीनबहादुर शाही अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको अखिल नेपाल मानवअधिकार संगठनमा दीनमणि पोखरेल अध्यक्ष छन् । कार्यदलको औपचारिक बैठक बसेको छैन । नाम : प्रारम्भिक चरणमै भएकाले खास छलफल नभएको कार्यदल सदस्य शाहीले बताए । १६.अपांग कार्यदल : विजय सुब्बा, दीपेन्द्र पुनमगर, मित्रलाल शर्मा र टेकनाथ न्यौपाने तयारी : तत्कालीन एमालेको लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपालमा मित्रलाल शर्मा अध्यक्ष छन् भने माओवादी केन्द्रको अखिल नेपाल क्रान्तिकारी अपांग संघमा दीपेन्द्र पुन अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलमा छलफल भएको छैन । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघलाई पनि मिलाएर एउटै जनसंगठन बनाउन नेतृत्वले निर्देशन दिएको छ । १७. खेलकुद कार्यदल : टोपबहादुर रायमाझी, कर्ण थापा, पुरुषोत्तम पौडेल र शिव कोइराला तयारी : तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक खेलकुद महासंघमा पुरुषोत्तम पौडेल अध्यक्ष रहेको १ सय ३० सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको अखिल नेपाल खेलकुद महासंघमा शिव कोइराला अध्यक्ष रहेको २ सयमाथिको केन्द्रीय कमिटी छ । कार्यदलको औपचारिक बैठक बसेर विधान तयारीलगायतको काम अघि बढाएको छ । नाम :दुवैको महासंघ भएकाले संक्षिप्त नाम राख्ने तयारी छ । १८. कानुन कार्यदल :वर्षमान पुन, रघुजी पन्त, रमण श्रेष्ठ र रुद्र नेपाल तयारी : तत्कालीन एमालेको प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनमा रुद्र नेपाल अध्यक्ष रहेको ७२ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपालमा रमण श्रेष्ठ अध्यक्ष रहेको सयमाथिको केन्द्रीय कमिटी छ । नाम : एमालेको संगठनले संक्षिप्तमा पिपिएलए भन्न सहज हुने भएकाले नामको निरन्तरतामा जोड दिएको छ । १९. भुमिहीन कार्यदल :हरिबोल गजुरेल, रामप्रीत पासवान, शत्रुघ्न महतो र दीपक थापा तयारी : तत्कालीन एमालेको नेपाल भूमिहीन सुकुम्बासी संगठनमा रामप्रीत पासवान अध्यक्ष रहेको ३३ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको अखिल नेपाल सुकुम्बासी संगठनमा दीपक थापा अध्यक्ष रहेको सयमाथिको कमिटी छ । कार्यदलको औपचारिक बैठक बसेको छैन । नाम : नाममा खासै समस्या नरहेको कार्यदल सदस्य पासवानले बताए । २०. उद्योगी कार्यदल :मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ र श्याम पाठक तयारी :तत्कालीन नेपाल उद्योग तथा व्यवसायी महासंघ भरत श्रेष्ठ अध्यक्ष र माओवादीको राष्ट्रिय उद्योग व्यापार महासंघमा श्याम पाठक अध्यक्ष रहेको केन्द्रीय कमिटी छ । कार्यदल सदस्य मुुकुन्द न्यौपानेका अनुसार ३१ जेठभित्र विधान तयार गरेर ७ असारभित्र सबै सदस्यको रेकर्ड अपडेट गरी एकीकरणको खाका बनाइनेछ । नाम : नामबारे छलफल नभए पनि खासै समस्या नरहेको कार्यदल सदस्य न्यौपानेले बताए । २१. इन्जिनियर कार्यदल : गोकर्ण विष्ट, पम्फा भुसाल, डा. हरिराम पराजुली र शम्भुबहादुर श्रेष्ठ तयारी : तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपालमा डा. हरिराम पराजुली तथा माओवादीको नेपाल राष्ट्रिय प्रगतिशील इन्जिनियरमा शम्भुबहादुर श्रेष्ठ अध्यक्ष रहेको ३५–३५ सदस्यीय केन्द्रीय कमिटी छ । नाम : कार्यदलको बैठक नबसेकाले काम अघि बढेको छैन । २२. प्रवासी कार्यदल : तिल विश्वकर्मा, लोकनाथ भण्डारी, लक्ष्मण पन्त र ईश्वरी भण्डारी तयारी : तत्कालीन एमालेनिकट प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्चबीच एकता गर्ने भनिए पनि कार्यदलको बैठक बसेर छलफल भएको छैन ।  नयाँ पत्रिकामा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending