Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सात वर्षदेखि अलपत्र युएनआइ शान्ति मार्ग

काठमाडौं । मुलुकको प्रमुख प्रशासन केन्द्र सिंहदरबारअघिको सडकमा वर्षौँदेखि खाल्डाखुल्डी हुँदा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । एक दर्जन सरकारी संस्थाको केन्द्रीय कार्यालय रहेको भद्रकाली–सिंहदरबार जोडिने ४६५ मिटर लामो सो सडकको दुरवस्थाले यहाँ कार्यरत कर्मचारी मात्र होइन सेवा लिन आउने सेवाग्राही पनि प्रभावित हुने गरेका छन् । यूएनआई शान्ति मार्ग नाम दिइएको सो सडक निर्माण, दायाँबायाँ हरियाली र दुई कुनामा उद्यान बनाइने योजना बनेको पनि सात वर्ष भयो तर कार्यान्वयन हुन सकेको छैन । नेपाल टेलिकम, नेपाल खाद्य संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन व्यापार शाखा, नेपाल स्टक एक्सचेञ्ज, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्थान, कृषि विकास बैंकलगायत सरकारी कार्यालयको केन्द्रीय कार्यालय यही सडकको किनारमा छ । हजारौँ कर्मचारी र लाखौँ सेवाग्राहीले दैनिक सो सडक प्रयोग गर्छन् । खाल्डाखुल्डीमा पानी जमेर हिँड्न नसक्ने अवस्था हुँदा पनि कसैको ध्यान जान सकेको छैन । सात वर्षअघि सो सडक निर्माणका लागि अभियान शुरु गर्नुभएका यूएनआइका अध्यक्ष शंकर लामिछाने काठमाडौँ महानगरपालिका नगरसभाले सडक किनारमा हरियाली र दायाँबायाँ कुनामा उद्यान बनाउन बजेट छुट्याइएको बताउँछन् । “सात वर्षअघि महानगरपालिकाले सडक किनारमा हरियाली तथा वाणिज्य बैंक र टेलिकमअघिको कुनामा उद्यान निर्माण गर्न रु ७२ लाख छुटयाएको थियो, आधा रकम यहाँका कार्यालयले व्यवस्था गर्नुपर्ने शर्त थियो, महानगरले लगातार तीन वर्षसम्म रु ७२ लाख छुट्यायो, कुनै पनि कार्यालयबाट त्यस बेला बजेट छुट्याइएन”, उनले भने । दुई वर्षअघि टेलिकमले रु ४० लाख, वाणिज्य बैंकले रु २० लाख, नार्कले रु आठ लाख, नेपाल टेलिभिजन र स्टक एक्सचेञ्जले रु पाँच पाँच लाख बजेट छुट्याएका थिए । सात वर्षअघिको लागत अनुमानअनुसार सडक किनारमा हरियाली र दुई कुनामा उद्यान निर्माण गर्न रु एक करोड ४२ लाख बजेट लाग्छ । हाल सबै सामग्रीको भाउ बढेकाले लागत बढ्न सक्ने उहाँको अनुमान छ । महानगरपालिकाले बजेट छुट्याउँदा यहाँका कार्यालयले नदिएको र यहाँका कार्यालयले दिँदा महानगरपालिकाको बजेट फ्रिज भएका कारण सडकको बेहाल भएको अध्यक्ष लामिछानेले सुनाए । महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्रमुख विद्यासुन्दर शाक्यलाई भेट्न नसकिए पनि उपप्रमुख हरिप्रभा खड्गीले सहयोग गर्ने वचन दिएका थिए । महानगरपालिका ११ नं वडाध्यक्ष हीरालाल तण्डुकारले पनि सो सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की लगातार तीन वर्ष बजेट छुट्याउँदा पनि काम नभई बजेट फ्रिज भएको बताउछन् । “सडक निर्माण गर्न तयार भई फेरि बजेट माग गरी पत्र पठाएमा महानगरपालिकाले बजेट छुट्याउँछ”, उनले भने । वाणिज्य बैंकबाट नेपाली सेनाको मुख्यालय र भद्रकाली मन्दिर एवम् शहीदढोकातिर जाने पैदल यात्रुले पनि सो मार्गको प्रयोग गर्छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending