Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पश्चिम सेती परियोेजनाः सरकारले बजेट छुट्टयाएपनि थ्री गर्जेजलार्इ दिने तयारी

काठमाडाैं । चीनको विदेश मन्त्रालयले पश्चिम सेती परियोेजना सम्पन्न गर्न चिनियाँ कम्पनी थ्री गर्जेजसँग भएको सम्झौता रद्द नभएको जनाएको छ । सरकारले ल्याएको नयाँ बजेटमा ७५० मेघावाटको पश्चिम सेती आयोजना नेपाल आफैंले निर्माण गर्ने गरी केही बजेट छुट्टयाइएपछि यो परियोजना फेरि चर्चामा आएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वासँग उर्जामन्त्री वर्षमान पुनले परियोजना अगाडि बढाउन थ्री गर्जेज कम्पनी उत्सुक भए त्यसलाई निरन्तरता दिन सकिने बताएका थिए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणअघि यो परियोजनाबारे विभिन्न प्रश्न उठेपछि चीनको विदेश मन्त्रालयले चिनियाँ कम्पनीले नेपालसँग गरेको सम्झौता खारेज नभएको जनाएको हो । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले आफुले सुनेसम्म यो परियोजना थ्री गर्जेजले बनाउने सम्झौता खारेज नभएको बताइन । ‘यो व्यापारिक परियोजना हो’, हुवाले भनिन्, ‘यो परियोजनाको आर्थिक संभाव्यता र अन्य पक्षबारे चिनियाँ कम्पनीले नेपाली पक्षसँग छलफल गरिरहेको छ ।’ बुधबार नै लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जारी गरेको विज्ञप्तीमा पश्चिम सेती परियोजनाको आर्थिक संभाव्यताका विषयमा थ्री गर्जेजले गरेको पत्राचार बोर्डमा विचारधिन अवस्थामा रहेको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending